चितवन, जेठ १५ – धेरै ब्याज दिने लोभ देखाएर डेढ करोड रुपैयाँ ठगी गरेको अभियोग लागेकी चितवनकी उमा रिमाललाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ ।
श्रीमान् चिरञ्जीवीसहित उमा रिमाललाई चितवन प्रहरीको आग्रहमा कैलालीमा पक्राउ गरिएको प्रहरी निरिक्षक केदार पन्तले जानकारी दिनुभयो ।
रिमालले चार बर्षमा चितवनको रत्ननगरका महिलासंग धेरै ब्याज दिने भन्दै ५ सयदेखि ४३ लाख रुपैयाँसम्म ठगी गरेको पीडितले बताएका छन् ।
रिमाललाई १४ लाख रुपैयाँ बुझाएकी रत्ननगर ९ सालघारीकी ५६ वर्षकी साबित्री नेपालले भने वुधवार बिहान आत्महत्या गरेकी छिन् । नेपालले आत्महत्या गरेपछि प्रहरीले रिमाललाई नियन्त्रणमा लिन चासो देखाएको हो । रिमाल जेठ ५ गतेदेखि फरार थिइन् ।