हास्यकलाकार माइला बा को पिडा

भैरहवा, ।
जीवनमा के भोग्न लेखेको छ कसलाई नै पो थाहा छर ? टेलिभिजनको पर्दामा सधैं अरुलाई हँसाउने विष्णुजी पाण्डे उर्फ ‘माइलाबा’लाई आज दैवले रुवाएको छ । दुई छोराका पिता माइलाबा दुई दिनभित्रै सन्तानविहीन बनेका छन् । रुपन्देही जिल्लाका चर्चित हास्यकालाकार एवं मिडियाकर्मी माइला बाका दुवै बालक छोराहरुको २४ घन्टाको अन्तरालमा निधन भएको हो ।
 चैत २० गते शनिवार उनका २ वर्ष ९ महिनाको जेठो छोरा स्वविशन पाण्डेको तातो दूधमा डुबेर उपचारको क्रममा मृत्यु भयो । त्यसको भोलिपल्ट चैत २१ गते आइतबार ६ महिनाको कान्छो छोरा किरण पाण्डेलाई पनि उनले गुमाए ।
छिमेकीको घरमा खेल्न गएका स्वविशन तातो दूधमा डुबेर घाइते भएपछि औषधि उपचारका लागि स्थानीय अस्पताल, कान्ति बाल अस्पताल काठमाडौं हुदै कीर्तिपुर अस्पतालमा पुर्‍याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको परिवार स्रोतले बतायो । स्वविशनको पशुपति अर्याघाटमा अन्तिम संस्कार गरी घर फर्किने क्रममा कान्छो छोरा किरणसमेत उनीबाट सँधैका लागि टाढा हुन पुगे । उनी दुई दिनदेखि ज्वरो र पखालाबाट पीडित थिए । -

SHARE THIS

Author:

Facebook Comment