वीरगंज बजारमा भारतीय रुपैयाको हाहाकार हुण्डी कारोबारी मालामाल


स्थानीय प्रहरी प्रशासन एवं सम्बद्ध निकायको निष्कृयताका कारण वीरगंजमा भारतीय नोटको कालाबजारीमा व्यापक वृद्धि भएको बुझिन आएको छ । औद्योगिक एवं आयातकर्तालाई आयात गरेको मालसामानको मुल्य बराबरको भारतीय रुपैया बैंकहरुले प्रज्ञापनको आधारमा उपलब्ध गराउदै आएका छन् भने सिमावर्ती बजारमा सर सामान खरिद गर्नका लागि सर्वसाधारणलाई राष्ट्र बैंकले आफ्नै काउन्टर र निजी क्षेत्रबाट संचालित सटही काउन्टर मार्फत रु. १ हजार देखि ३ हजार सम्म जनही उपलब्ध गराउदै आएको भए पनि वीरगंज बजारमा भारतीय रुपैयाको हाहाकार मच्चिएको छ । सटही काउन्टरहरुलाई सर्वसाधारणका लागि दैनिक रुपले आलोपालो भारु राष्ट्र बैंकले उपलब्ध गराउदै आएको भए पनि सर्वसाधारणले भने सटही काउन्टरमा चर्को कमिशन नै तिर्नुपर्ने बाध्यता देखिए पछि राष्ट्र बैंकले आज देखि सटही काउन्टरहरुलाई भारु दिन बन्द गरेका छन् । भारतीय रुपैयाका लागि सर्वसाधारणले सैकडा ७ देखि १० प्रतिशत सम्म कमिशन तिर्न बाध्य भए पनि सम्बद्ध निकाय मौन रहेका छन् । सिमावर्ती क्षेत्रमा हुने सुन, चाँदी, कपडा, किराना सामाग्री, मोटरपार्टस लगायत विभिन्न सामानको भारतबाट अवैध पैठारीका कारण तस्करहरुले

सर्वसाधारणको नाममा राष्ट्र बैंकबाट आफ्ना मानिस लाईनमा लगाएर भारु लिने, सटही काउन्टरबाट चर्को कमिशन दिएर भए भरको भारु लिनुको साथ–साथै नेपाली बैंकहरुमा खाता खोलेर एटिएम कार्ड मार्फत समेत भारतीय बैंकहरुबाट भारु झिकेर दुरुपयोग गरेकै कारण सर्वसाधारण समेत भारुका निम्ति चर्को कमिशन दिन बाध्य देखिएका छन् । भारतीय रुपैयाको अभावकै कारण भारतबाट अवैध कारोबार गर्नेहरुकै कारण वीरगंजबाट अहिले हुण्डीको कारोबार समेत फस्टाएको एक व्यवसायीले बताएका छन् । कानुनत: कारोबार गर्नेलाई सामान्य कागजपत्रमा त्रुटि भए बैंकले समेत नपत्याउने र गैर कानुनी कारोबार गर्नेलाई जस्तो सुकै त्रुटि भए पनि बैंकले सहज रुपमै ड्राफ्ट बनाई दिने गरेको एक भुक्तभोगी व्यवसायी बताउछन् । बैंकको दु:ख दिने नियत र स्थानीय प्रहरी प्रशासनको निष्कृयताका कारण आफुहरु नचाहँदा–नचाहँदै पनि बाध्य भएर हुण्डी मार्फत चर्को र दोहोरो कमिशन दिएर कारोबार गर्न बाध्य भएको एक आयातकर्ता व्यापारीले आफ्नो नाम नछाप्ने शर्तमा यस दैनिकलाई बताएका छन् ।अहिले वीरगंजमा रहेका दर्जनौ सटही काउन्टरहरुले निर्विवाद रुपले हाकाहाकी भारुका निम्ति सैकडा ७ देखि १० प्रतिशत सम्म कमिशन लिने गरेको भए पनि सम्बन्धित निकायले कुनै किसिमको निगरानी गरेका छैनन् । रुपैया दोहोरो कमिशनमा हुण्डीको लागि संकलन गर्ने गरेका छन् । पुस्तैनी द्वध नागरिक रहेका पर्सा जिल्ला प्रसौनी भट्टा गाविस र सिमावर्ती भारतीय शहर रक्सौल घर भएका पवन गुप्ताले आफ्नै नामले सटही काउन्टर वीरगंज भन्सार कार्यालयको उत्तरपट्टि गल्लीमा संचालन गरि भारतीय रुपैयाको अवैध कारोबारमा हुण्डी कारोबारलाई निरन्तरता दिदै आएका छन् । पवन गुप्ताको भारुको अवैध कारोबार र हुण्डीको कारोबार बारे नजिकै रहेको सशस्त्र प्रहरी बलका भन्सार बेस क्याम्प र इनर्वा प्रहरी चौकी समेतलाई जानकारी हुदा हुदै पनि यस्ता मुद्रा तस्कर माथि भने कारवाही नहुनुले के प्रस्टयाउछ भने छर्ल· छ । श्रोतका अनुसार भन्सार क्षेत्रमा रहेका रक्सी पसल, पान पसल, किराना पसल, होटल, लगायतको पसलहरुमा समेत दैनिक लाखौं भारतीय रुपैयाको हुने गरेको छ ।

SHARE THIS

Author:

Facebook Comment