भारतको राजधानी नयाँदिल्लीमा घरेलु कामदार हाउस मेडका रूपमा काम गर्दै आएकी एक नेपाली युवतीमाथि 'सामूहिक यौन दुर्व्यवहार' भएको छ ।सिन्धुपाल्चोककी २० वर्षीया ती विवाहित युवतीलाई बिहीबार बिहान यहाँस्थित मोतीबागको नानकपुरामा अर्धनग्न र अर्धचेत अवस्थामा भेटिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लगत्तै नजिकैको प्रहरी चौकी पुर्याएकी उनलाई त्यहाँबाट स्थानीय सफ्दरजंग अस्पताल लगिएको थियो । अहिले ती युवतीको स्वास्थ्य अवस्था सामान्य छ । यसैबीच घटनाबारे अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरूले उनीमाथि बलात्कार भएको पुष्टि हुन नसकेको दाबी गरेका छन् ।
'यौन दुव्र्यहार भएको प्रस्ट भए पनि बलात्कार भएको भन्ने मेडिकल रिपोर्टबाट स्थापित हुन सकेन,' दक्षिण दिल्लीकी डेपुटी कमिस्नर अफ पुलिस डीसीपी छाया शर्माले कान्तिपुरसँग भनिन्
। शर्माले ती युवतीको मेडिकल रिपोर्टअनुसार कुनै किसिमको आन्तरिक वा बाह्य चोटपटक नरहेको पनि बताइन् । यद्यपि प्रहरीले सामूहिक बलात्कारसम्बन्धीे कानुनी धाराअन्तर्गत पनि मामिला दर्ता गरेको छ । 'तथापि हामीले भारतीय दण्डसंहिताको धारा ३२८ र हालै नयाँ थपिएको ३७६ डीअन्तर्गत मामिला दर्ता गरेका छौं,' शर्माले भनिन् । इच्छाविपरीतको कार्य गराउन झुक्याएर लागू औषध खुवाउने अपराध सम्बन्धमा धारा ३२८ ले व्याख्या गरेको छ भने ३७६ डीले सामूहिक बलात्कारबारे प्रस्ट्याएको छ । यो पछिल्लो व्यवस्था गत डिसेम्बरमा दिल्लीमा भएको सामूहिक बलात्कारको घटनापछि ल्याइएको हो । घटना यसरी भयो प्रहरीका अनुसार उनलाई बुधवार राति ओखला भन्ने स्थानबाट एक युवकले आफ्नो कारमा लिफ्ट दिएका थिए । गुंडगाउँ जाने क्रममा ती युवकले बीचमा आफ्ना दुई पुरुष साथीलाई गाडीमा चढाएका थिए । ती युवतीले उनीहरूसँगै पेय पदार्थ खाएको र त्यसपछि के भयो भन्न्नेबारे उनलाई थाहा नभएको प्रहरीले बताएको छ । गुडगाउँबाट उनलाई अटोरिक्साले ल्याएर नानकपुरामा छाडिदिएको बताइएको छ । यद्यपि लिफ्ट दिने युवक, उनको कार तथा अटोचालकबारे हालसम्म केही पनि पत्ता लाग्न सकेको छैन । घटनाबारे हामी अनुसन्धान गरिरहेका छौं तर केही ठोस पत्ता लाग्न सकेको छैन । 'भोलि अदालतमा पनि मामिला दर्ता गर्ने तयारी छ,' शर्माले भनिन् । पीडितको अवस्था सामान्य रहे पनि उनले बुधबार राति के के भयो भन्नेबारे प्रस्ट बताउन नसकेको प्रहरीले दाबी गरेको छ । 'पीडितको बयान पटक-पटक बदलिरहेको छ । त्यो राति के घटना भयो, कसरी भयो भन्न्नेबारे उनी अझै अन्योलमा रहेको देखिन्छ,' शर्माले भनिन् । यद्यपि पीडित युवती तथा उनका पति तथा अन्य नातेदारसँग भेट्ने कान्तिपुरको प्रयास भने सफल हुन सकेन । पीडितका परिवारलाई भेट्न प्रहरीले समेत नदिएको यहाँ सक्रिय नेपाली संघसंगठनले बताएका छन् ।
'प्रहरीले एकतर्फी कुरा गरिरहेको छ । पीडितका पतिलाई भेट्न पनि अनुमति दिइएको छैन,' हेल्प नेपाली मिसनका अध्यक्ष कवि कार्कीले भने । नेपाली भाषी भारतीयहरूले पनि घटनाबारे चासो लिँदै दोषीमाथि कारबाहीको माग गरेका छन् । 'दिल्ली बलात्कारका घटनाको राजधानीजस्तो भएको छ । यस्ता घटना रोक्नका लागि दोषीमाथि कडाभन्दा कडा र छिटोछरितो कारबाही हुनुपर्छ,' सत्तारूढ कंग्रेस आईको युवा मोर्चामा आबद्ध दार्जिलिंगका श्यामसेन तामाङले भने । यसैगरी गोर्खा सहिद समाजलगायतका संगठनका प्रतिनिधिले पनि प्रहरीसँग भेटी दोषीमाथि कारबाहीका लागि पहल गरेका छन्