चुनावी वातावरण बनाउने अभियानमा एमाओवादी


सुनसरी, बैशाख ९ - एकीकृत नेकपा माओवादीले दोस्रो संबिधान सभाको निर्वाचनका लागि बाताबरण बनाउन पुर्वाञ्चलमा अभियान थालेको छ ।

संबिधान साभाको निर्वाचन प्रति सर्वसाधारण आश्वस्त हुन नसकेको भन्दै नागरिकलाई आश्वस्त पार्नका लागि प्रचारात्मक अभियान थालिएको एकिकृत नेकपा माओवादी पूर्वी कमाण्डले जनाएको छ ।

सुनसरीको इटहरीमा सोमवार भएको पत्रकार सम्मेलनमा एकीकृत नेकपा माओवादी पूर्वी व्यूरो इन्चार्ज गिरिराजमणी पोख्रेलले जनदबाव स्वरुप दोस्रो संबिधान सभाको निर्वाचनको तयारी थालिएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा उहाँले तयारी र दबाबका लागि बैशाख १८ गते आम सभा गर्ने तयारी गरेको जानकारी दिनु भयो । आम सभामा पूर्वी व्यूरो अन्तर्गत कोचिला, लिम्वुवान, किराँत प्रदेशका नेता तथा कार्यकर्ता सहभागि गराउने पोख्रेलले जनकारी दिनुभयो ।

आमसभा मार्फत एकीकृत नेकपा माओवादीले दोस्रो संबिधान सभाको तयारी थालेको जानकारी दिने पोख्रेलले बताउनुभयो । १८ गतेको आम सभामा अध्यक्ष प्रचण्डलगायतले संबोधन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

SHARE THIS

Author:

Facebook Comment