–
सन्तोष कुमार मिश्र
एकातिर जल, जमिन र जंगलमाथि स्थानीय आदिवासीको हक अधिकारको करा चर्को रुपमा उठेको छ । अर्कोतर्फ तराईका जिल्लामा बचेखुचेका जंगल सखाप पार्ने अभियानले तीव्रता पाएको छ । आपूर्ति कम, माग बढी भएकोले सरकारी वन जंगलको लकडी चोर्ने र निजी आवादीको बन फाँड्ने क्रम चलेको छ । तराईका जिल्लाहरूमा बढ्दो आपराधिक गतिविधि, वन नस्कर र माफिया संगठित हुनु, संक्रमणकाल लम्बिंदै जानु, कहिं कतै सरकार र प्रशासन छ भन्ने अनुभूति जनाताले नपाउनु, बन रक्षक र वन कर्मचारीको तस्करसँग मिलोमतो र काम, कर्तव्यप्रति उदासिनता, विभिन्न स्थानमा तैनाथ जनपथ प्रहरी र सशस्त्र प्रहरी बलले कडा निगरानी नराख्नु, वन उपभोक्ता समितिका पदाधिकारीहरू नै बनमारा बन्नुले वन जंगल सखाप पार्ने अभियानले प्रश्रय पाएको हो ।
वनजंगलको चोरी, फँडानी अनियन्त्रित छ । जंगलको लकडी काटेर बेच्दा बढी फाइदा हुँदै आएकोले धेरै मानिसहरू जंगलको लकडी काट्ने र बेच्ने धन्दामा लागेका छन् । तराईका जनताहरूले वनजंगल मासियो भने जलको मुहान सुक्छ, वर्षामा बाढी अनियन्त्रित हुनन्छ, जमीन मरुभूमिकरण हुन्छ भन्ने कुरा बुझेर हाम्रो वन साझा धन साझा संरक्षणको भावनाले वन माफियाका विरुद्ध कडा कारवाहीमा जबसम्म उत्रदैनन् तबसम्म तराईको जंगलको संरक्षण हुन सक्दैन । सरकारी वन कर्मचारीहरूको प्रयासले मात्र वनजंगलको रुख कटानी र बेचविखन रोक्न सकिंदैन । स–मिल अर्थात चिरान मिलहरू काठको अभावमा बन्द हुँदै गइरहेका छन् । वन क्षेत्रमा आरकसिया (काठ चिरान गर्ने व्यक्ति) सक्रिय छन् । प्रहरी र वन कर्मचारीले कहिलेकाहिं चोरीको लकडी बरामद गरेको पाइन्छ तर त्यति वन जंगलको सुरक्षा हुन सक्दैन । वन तस्कर विरुद्ध ‘सर्च एण्ड किल अप्रेशन नै शुरु गरिनु पर्दछ । सेनाको जिम्मा दिएको आरक्ष क्षेत्रबाट समेत लकडी कटान र चोरी हुन थालेपछ वन विनाशको यो भन्दा भयावह अवस्था के होला ?
कतिपय स्थानहरूमा वनगस्ती र संगठित वन तस्करबीच गोली हानाहान समेत हुने गरेका छन् तर अवैध लकडी कटान, चिरान र बेचबिखन धन्दामा भने केही कमि आएको छैन । तराईका वनजंगलको विग्रंदो अवस्थाका बारेमा कोही संवेदनशील र जवाफदेही छैनन् । वन माफियाहरूले तराईको वन आÇनो धन बनाईरहेका छन् । वन क्षेत्रमा निर्वाध रुपमा साल लगायतका रुखहरू कटान हुनु, स्थानीय प्रहरी प्रशासन र वन कर्मचारीहरूले पहिलो त नियन्त्रण गर्नै नखोज्नु, कतैबाट दबाव आएमा नियन्त्रणकालागि नगन्य प्रयास गर्नुले तराईको जंगल लगभग सखाप हुने अवस्थामा पुगेको छ । तराईको जंगल सखाप भएमा तराईवासी पनि सखाप हुन्छन् ।
तराईवासीलाई ‘विनाशकाले विपरित वुद्धि’ले नढाकेको भए तराईको जंगल संरक्षण र वृक्षरोपण अभियानमा जुट्नु पर्दछ । संरक्षण कार्यमा व्यापक जन सहभागिता भएमा वन विनाशकारी तत्व समाप्त हुन्छन् । वन विनाशमा लागेका व्यक्तिहरूलाई माफी गर्नु हुँदैन । वनको संरक्षणमा लागेका व्यक्तिलाई सम्मान गरिनुपर्दछ । वनजंगलको संरक्षण गरी कार्बन व्यापारमा सरिक भएर राष्ट्रिय आय बढाउन जरुरी देखिन्छ ।
प्रकाशित मितिः२०७१ पुस ०३ गते बिहीवार