आर. कुशवाहा/
वीरगंज/केहीसमय यता बारा पर्सा क्षेत्रमा विभिन्न आपराधिक समुहहरूको गतिविधि बढ्दै गएको पछिल्ला विभिन्न घघटनाक्रमले प्रमाणित गर्न थालेको छ । यसैबीच बारा जिल्ला निवासी एकजना युवक वीरगंजबाट अपहरणमा परेका छन् ।
बाराको बेनौली निवासी लालबाबु मखिया बिनका २५ वर्षीय छोरा सुवोध मुखिया बिन चितवनबाट उपचार गराएर फर्किन लागेको समयमा वीरगंजबाटै अपहरणमा परेको कुरा निजका बुवा लालबाबु मुखियाले बताए ।
अपहरितका बुवा लालबाबुका अनुसार सुवोध चितवनबाट उपचार गराएर फर्किन लाग्दा पथलैयामा दुई जना अपरिचित व्यक्ति गाडी चढी संगै आएको र वीरगंज पुगेपछि घर हिंड् भन्दै सँग लिएर गएका थिए । अपहरणकारीहरूले अपहरितका छिमेकी दिनानाथ सहनीको मोबाइलमा फोन गरी दुई लाख फिरौती माग गरेको भनि अपहरीतका बुवाले जानकारी गराएका छन् ।
अपहरणकारीहरूले अपहरीत सुबोधकै मोबाइलफोन प्रयोग गरी फिरौती रकम माग गरिरहेको भनि बाराको पिपरपातीस्थित प्रहरी चौकीमा जानकारी गराएका छन् ।
बिनले आÇना छोराको सकुशल रिहाइकालागि पहल गरिदिनुहुन विभिन्न मानवअधिकारवादी, संघसंगठन, संचारकर्मी, प्रहरी प्रशासनलगायतसंग अनुरोध गरेका छन् ।
अपहरित बिनका बुवा सामान्य किसान हुन् ।
प्रकाशित मितिः २०७१ पुस ३ गते विहीवार