– स्वयम्भुनाथ कार्की
भारतिय राजनैतिक अखाडामा महत्वपूर्णस्थान भएकाहरु मध्ये निकैको वीपीलाई वीपी बनाउन योगदान छ । गान्धीजी जस्ता नामहरु वीपीको व्यक्तित्व निर्माणमा महत्वपूर्ण स्थान राख्ने भए पनि प्रत्यक्ष भेटघाट, कुराकानी भएको नाम हैन । तर तात्कालिन भारतको स्वतन्त्रता आन्दोलनको एक सिपाही पनि भएको नाताले स्वतन्त्रता सेनानीहरुसंग कुनै न कुनै किसिमको पहुँच भने थियो । जेलमा संगै भएको वेला होस वा बाहिर संघर्षको वेला वीपीले हमेशा कान्तिनायकहरुबाट अतिरिक्त स्नेह पाउने गरेका थिए । विदशीले साथ दिेएकोमा कृतज्ञता हो वा अय कुनै कारण थियो त्यो खोतल्ने काम अनुसंधाताहरुको हो । यो आलेख कितापमा आएका एक अर्का भारतिय स्वतन्त्रता आन्दोलन , सोसलिष्ट आन्दोलन अनि स्वतन्त्र भारतमा पनि असरदार स्थान भएका पात्र राममनोहर लोहियाको बारेमा हो ।
जर्मनबाट फर्केका राममनोहर लोहियालाई नेहरुले कांग्रेस पार्टीको विदेश विभाग जिम्मा दिए । तर गान्धीजीको रामराज्यको कल्पना र कम्यूनिष्टहरुको वर्गविहिन साम्यवादको कल्पनाको विचमा कुनै अर्को धारको आवश्यकता महशुस भई रहेको थियो । यसलाई पुरा गर्न जयप्रकाश नारायणले कांग्रेस सोसलिस्ट पार्टी गठन गरे । लोहिया कांग्रेसको विदेश विभाग छोडेर यसै पार्टीमा केन्द्रिय जिम्मेवारीमा आए । वीपी पनि यसैमा आवद्ध भए शायद जयप्रकाशजीको पार्टी भएकोले । लेखनको महत्वपूर्ण जिम्मेवारी पनि पाए । राममनोहर लोहियासंग उनको दौतेरी जस्तो सम्वन्ध हुन गएको छ । यस कितापमा एक स्थानमा बाहेक लोहियाको उल्लेख आत्मिय सहयोगी दौतेरीको रुपमा नै गरेका छन । सही सल्लाह, उचित मौका अनि आत्मिय सहयोग वीपीले लोहियाबाट पाई नै रहे । जयप्रकास नारायणको स्नेह र लोहियाकोआत्मिय व्यवहार नै हुनुपर्छ वीपीले भारतको आम निर्वाचनमा सोसलिष्ट पार्टीको निमित्त एकलाख पठाए, यतिमात्र हैन सिमा क्षेत्रबाट कांग्रेस कार्यकर्ताहरुले पनि मनग्ये आर्थिक सहयोग गरे ।
परिच्छेद १० अनुसार भारतमा स्वतन्त्रताको आन्दोलन टुङ्गिसकेको थियो । केवल स्वतन्त्रता पछिको स्वरुप , संरचना आदिको बारेमा इष्ट इन्डिया कम्पनी सरकार र स्वतन्त्रता आन्दोनका नेतृत्व विचको छलफल जारी थियो । परोक्षरुपमा वीपीजस्ता नेपालीहरुको भारतिय आन्दोलनमा काम सकिइ सकेका अवस्था थियो । तर लोहियाले वीपीको उपयोग सोसलिस्ट इन्टरनेशनलमा देखेका थिए । त्यसैले दोश्रो विश्वयूद्ध पछिको परिस्थ्तििको लाभ नेपालीले पनि उठाउनुपर्छ भन्ने भावनालाई मुर्तरुप दिन ‘सर्चलाईट’ र अन्य पत्रिकामा पनि वीपीको वक्तव्य छापियो । यो लोहियाको सल्लाहमा भएको काम थियो । त्यहि परिच्छेदमा वीपी भन्छन ‘...राममनोहरलोहिया आदि । यिनीहरसंग एक–दुईओटा कुरामा mैले छलप्mल पनि गरेको थिएँ । ’ सोसलिष्टहरुको आफुलाइृ सहयोग हुने कुरामा वीपी ढुक्क जस्तै थिए । वीपीको यो भरोसा कायम पनि रह्यो । प्रचारको निमित्त राममनोहर लोहियाले मद्दत गरे । सम्मेलनमा पनि परोक्षरुपले उनको उल्लेख्य भूमिका रह्यो ।
वीपी भन्छन ‘लोहियाको एकदम सहयोगी व्यवहार हुन्थ्रयो ।’ कहिले राति ९ वजेसम्म कफी पिउने भनेर वीपलिाई साथ लिएर बाहिर हिंड्थे । पसलहरु बन्द हुन लाग्दासम्म अनेक किसिमका गफ गरेर दुवै रल्लिई रहन्थे । सुत्न मारवाडीको जस्तो गद्धि भए पुग्ने, किताप भन्दा पत्रपत्रिका धेरै पढ्ने तर कर्मठ मानिस थिए लोहिया भनेर परिच्छेद १०मा वीपीले उनको शव्दचित्र पेश गरेका छन । लोहियालाइ वीपीले साथी नै भनेर सम्वोधन गरेका छन । सोसलिष्ट पार्टीका शीर्षस्थ नेता भए पनि वीपीसंग उनको मित्रवत व्यवहार थियो । नेपालमा केहि गर्ने संगठन खोल्न वीपीलाई उत्प्रेरित गर्ने मात्र हैन त्यसको निमित्त भारतिय पक्षबाट सहयोग समर्थन जुटाई दिने काम पनि लोहियाले गरेको छनक वीपीले परोक्षरुपमा दिएका छन ।
वीपीलाई संगठनको खर्चको निमित्त पैसा दिने वचन दिएका माहवीर समसेरले आफुले दिन चाहेको पच्चीसहजार रुपैया लोहिया मार्फत दिनु पनि यस कुराको संकेत हो कि वीपीलाई बोलाईबोलाई भेटेर पैसा दिने कबोल गर्नुमा वीपीको पछाडि कांग्रेस सोसलिष्ट भएको अनुभूति पनि एक कारक हुन सक्छ । अर्थात बाहिरबाट हेर्नेले सहयोग वीपीलाई गर्नु भन्दा लोहिया या जयप्रकाशलाई गर्नु ज्यादा उपयुक्त देखेका थिए । एसियन सोसलियट कन्फरेन्सको विचार लोहियालाई आयो र त्यसको आतिथ्य गरिदिने अनुरोध गर्न उनले वीपीलाई बर्मा पठाए । नेपाली वीपीलाई बर्मा पठाउन कुनै भारतियलाई पठाउनु भन्दा गाह्रो थियो । फेरी बर्माको हालत संकटकालिन जस्तै थियो , तैपनि वीपीलाई बर्मा पठाउनुको लोहियाको तात्पर्य कन्फरेन्स होइन पछि हतियार जोहो गर्ने बाटो खोलिदिनु भएको पनि हुन सक्छ ।
लोहियाले वीपीलाई गान्धीजीसंग भेट गराइदिए । वीपीको आफुलाई मद्दत गर्ने कुरा सकिए पछि गान्धीजीले वीपीको स्वास्थ्यको बारेमा सोधे र भने ‘म त तिमीलाई कुनै मद्दत गर्न सक्दिन । जब मेरा मानिसहरु मेरा कुरा सुन्दैनन भने राणले मेरो कुरा सुन्छन ?’ । त्यसपछि वीपीलाई लिएर नेहरुकोमा लोहिया गए । नेहरुसंग त्यतिवेला भेट भएन,पी.सी जोश्ीको बारेमा इन्दिरा संग सामान्य मजाक अनि प्रधानमन्त्रीकोमा आउदा टाँगा पस्न नदिएकोमा रोष प्रकट गरेर फर्के । यो सरल व्यक्तित्व हुँदाहुदै पनि आफ्नो आत्मसम्मानको बिषयमा अडिगताको उदाहरण हो, सरल हुने कुरामा सरल र विरोध जनाउनु पर्ने कुरामा विरोधगर्न सक्ने व्यक्तित्वको परिचायक हो । परिस्थितिको तुरन्त कसरी उपयोग गर्न सकिन्छ भन्ने उनको क्षमता त्यतिखेर झल्कन्छ जव राजा त्रिभुवन भारतिय दुतावासमा शरणलिन पुग्छन । वीपीलाई लोहिया सललाह दिन्छन तिमी एक वक्तव्य तुरन्त देउ राजाको समाचार संगै तिम्रो वक्तव्य पनि एकै पटक आउछ ।
वर्मामा हतियारलिन थिरबम मल्ल र भोला चटर्जीलाई पठाउदा वीपी र जेपीको सिफारिसी चिठ्ठीकोसाथ्मा राममनोहर लोहियाको चिठ्ठी पनि आवश्यक पर्नुले राणा विरोधी क्रान्तिमा कांग्रेस सोसलिष्ट पार्टीको कति गहिरो संलग्नता त्यो जनाउछ । वीपीको सम्वन्धमा खुलेर कुरा गर्न सकिने अवस्थामा साथी स्वरुप भएका लोहियाको सामुन्ने आदर गरेर कुरा गर्नु पर्ने जेपी निश्चितरुपले नै कम सहयोगी देखिन्छन । क्रान्तिको सम्पूण अवधि भरिमा नै नेहरु भन्दा जेपी र लोहिया धेरै सहायक देखिएका छन । तर जव यिनै लोहिया वीपीको कार्यशैली संग असन्तुष्ट हुन्छन परिच्छेद ३८मा वीपी भन्छन ‘ हिन्दुस्थानमा लोहियाले मेरो विरुद्ध भयानक प्रचार गरिरहेको छ ’ । वीपीले आफुले राम्रो बुझेको र आफुलाई राम्रो बुझेका लोहियाको आलोचनालाई बेकारको र विरुद्धको प्रचार ठान्ने भुल गर्न पुग्छन । जे होस लोहिया यो कितापमा एक सकारात्मक पात्रको रुपमा देखा पर्छन ।
(नोट: आफैले बोलेको आत्मवृत्तान्तमा मात्र आधारित भएर वीपीको र त्यस बेलाको पुनर्मुल्यांकल गर्ने प्रयत्न स्वरुपका पछिल्ला २८ लेखहरु चितवन पोष्टमा प्रकाशन हुदै आएका भए पनि प्रकाशनक्रममा बारंवार लापरवाही भएकाल यी श्रृखलाको बाँकी लेखहरु क्राइमचेकमा प्रकाशित हुने छन । पुराना लेखहरु पनि हेर्ने इच्छा भएमा आत्मवृतान्ताका पुराना श्रृङ्खलाहरु मा उपलब्ध छन ।—लेखक)
प्रकाशन मितिः२०७१ मंसिर ११ गते बिहीवार