क्यासिनोमा पक्राउ परेकालाई छोडाउन दलालहरुको कसरत


प्रहरीले वीरगंज उप महानगरपालिका वडा नं. १३ स्थित रहेको होटल सुरजमा नेपाली व्यक्तिहरु जुवा खेलिरहेको सूचनाको आधारमा छापामारी गर्दा तीन जनालाई पक्राउ गरेको छ । जिल्ला पर्सा वडा नं. १५ २२ वर्षीय मेघराज प्रसाद जयसवाल, वीउमनपा वडा नं. ९ रामटोल बस्ने २३ वर्षीय निखिलकाद मिया र बाराविश्रामपुर १ बस्ने वर्ष ३४ को छठ्ठु यादवलाई प्रहरीले होटल सुरजको क्यासिनोमा जुवा खेल्दै गरेको अवस्थामा समातेको हो । प्रहरीले निजहरुलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरि रहेको छ । म्याद थप गरिएको भनिएतापनि पक्राउ परेका व्यक्तिहरुमाथि प्रहरीले कुन मुद्दा दायर गर्यो त्यो भने खुल्न सकेको छैन । अनुसन्धानको नाममा जुवा खेल्नेलाई छुटाउने तारतम्य मिलाउने प्रयास भने नरोकिएको बुझिन आएको छ ।

SHARE THIS

Author:

Facebook Comment