"नागरिकता वितरण गरेर देशलार्इ सिक्कीम बनाइँदैछ"

काठमाडौं, जेष्ठ ६ । विदेशी नागरिकलाई अवैध रुपमा नागरिकता वितरण गरेर नेपालको राष्ट्रियता संकटमा पारिएको भन्दै नागरिक समाजका अगुवाहरुले चिन्ता ब्यक्त गरेका छन् ।

आज राजधानीमा आयोजित कार्यक्रममा प्रा. डा.सुरेन्द्र केसी, प्रा. लालबाबु यादव, सीमाविद् बुद्धिनारायण श्रेष्ठ र राष्ट्रिय जनमोर्चा नेपालका महासचिव साध्यबहादुर भण्डारीले विदेशी नागरिकलाई अवैध रुपमा धमाधम नागरिकता वितरण गरेर देशलाई फिजिकरण गर्दै सिक्किम बनाउने खेल भईरहेको जिकिर गरे । 
 
भौगोलिक हिसाबले पनि राष्ट्रियता धरापमा परेको भन्दै उनीहरुले उत्तर र दक्षिणका छिमेकीले नेपालको सीमा मिच्दा पनि सरकारले आफ्नो कुरा राख्न नसकेको भन्दै चिन्ता ब्यक्त गरे ।

SHARE THIS

Author:

Facebook Comment