माओवादीले राष्ट्रियता र सार्वभौमिकता समाप्त पार्न उद्दत रहेको आरोप

काठमाडौं, जेष्ठ ६ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष
चित्रबहादुर केसीले एकीकृत माओवादी नेपालको राष्ट्रियता र सार्वभौमिकता समाप्त पार्न उद्दत रहेको आरोप लगाएका छन् । आज राजधानीमा भएको अपर कर्णाली विषयक अन्र्तक्रियामा अध्यक्ष केसीले सत्ता प्राप्तिका लागि एकीकृत माओवादीका नेताहरु भारतको इशारामा चल्ने गरेको आरोप समेत लगाए ।
 
अपर कर्णाली र जीएमआर कम्पनीबीचको सम्झौता राष्ट्रको हीतमा नभएको भन्दै केसीले त्यसलाई खारेज गर्नुपर्ने बताए । 

सोही कार्यक्रममा नेकपा–माओवादीका सचिव देव गुरुङले पनि स्वदेशी लगानीमै अपर कर्णालीको निर्माण हुनसक्ने भन्दै विदेशी कम्पनीसँगको सम्झौता खारेज गर्नुपर्ने बताए ।

कार्यक्रममा अन्य बक्ताहरुले पनि नेताहरुले राष्ट्रियता कमजोर बनेको भन्दै चिन्ता ब्यक्त गरेका थिए ।

SHARE THIS

Author:

Facebook Comment