वीरगंज, २२ वैशाख/ बढ्दो गर्मीसँगै वीरगंज नगरमा फैलिएको लामखुट्टेको प्रकोप र त्यसबाट विभिन्न किसिमका रोगहरू बढ्दै गएपनि वीरगंज उप–महानगरपालिकाले ध्यान नदिई लामखुट्टे विरुद्धको औषधि छर्ने काम शुरु नगरेपछि औषधि छर्न दबाव दिने उद्देश्यले नेपाली काँग्रेस नगर कार्यसमिति वीरगंजले उप–महानगरपालिका कार्यालयमा आज १ घण्टा धर्ना दिएको छ ।
नेपाली काँग्रेस नगर कार्यसमिति वीरगंजका सभापति महम्मद शहाबुद्दिनको नेतृत्वमा बसेको सो धर्ना पश्चात वीरगंज उप–महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत ताराबहादुर कार्कीले तीन दिन भित्र वीरगंज नगरमा औषधि छर्ने प्रतिवद्धता जनाएका छन् ।
नेपाली काँग्रेस वीरगंज नगर कार्यसमितिका अध्यक्ष महम्मद शहाबुद्दिन लगायतका सदस्यहरूले नगरपालिका क्षेत्रमा नियमित सरसफाई, बिजुली बत्ती जडान, लामखुट्टेको औषधि छर्ने काम, छाडा गाई वस्तु नियन्त्रण गर्न दबाव दिन आइतवार नगरपालिका कार्यालयमा धनाए दिएको हो ।
क्राइम चेक