
एसिया, जापान, अमेरिका, अस्ट्रेलिया लगाएतका विभिन्न राष्ट्रहरुमा सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेका ढकालको युरोप भने पहिलो यात्रा हो ८ अप्रिलमा बेल्जियम आएका ढकालले २१ अप्रिलमा बेलायतमा पनि सांगीतिक प्रस्तुति दिएका थिए। त्यस्तै गरी शनिबार बेल्जियमको अन्त्रोपेंनमा पासा पुच संस्थाले आयोजना गरेको कार्यक्रम गायिका मल्लिका कार्की संगै ढकालले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गरेका थिए।
दर्शकहरुले खचाखच भरिएको हलमा उपस्थितहरुले आफ्नो मनपर्ने गीतहरु गाउन लगाउदै भरपुर मनोरञ्जन गरे बेल्जियममा आगामी १२ मे मा क्याटको आयोजनामा उनीहरुको अर्को कार्यक्रम रहेको छ। यस्तै गरी उनीहरुले युरोपका अन्य राष्ट्रहरु, फ्रान्स, जर्मनी, स्विडेन, स्पेन, स्विट्जरल्याण्ड, लगायतका विभिन्न राष्ट्रहरुमा पनि आफ्नो सांगीतिक प्रस्तुति दिने छन।
NRN बेल्जियमका संस्थापक प्रेसिडेन्ट रबिन्द्र मान श्रेष्ठ, श्रीमती रजनी प्रधानको निमन्त्रणा मा यूरोप आएका ढकाल र कार्कीको सम्पर्ण कार्यक्रमको व्यवस्थापन पनि श्रेष्ठ र प्रधानलेनै गरेका हुन् करिब २ महिना भन्दा बढी यूरोपको सांगीतिक यात्रा सकेर उनिहरु जुनको पहिलो साता नेपाल फर्किने छन।