काठमाडौं- आधुनिक प्रविधिको प्रयोग, साक्षरता दर र चेतनास्तर बढे पनि नेपालका किशोरकिशोरीमा नयाँ स्वरुपका समस्या बढ्दै गएको पाइएको छ। जनसंख्याको करिब एकचौथाइ हिस्सा ओगट्ने किशोरकिशोरीकमा चेतना र पहुँच वृद्धिअनुसार कम उमेरमै हुने विवाह र गर्भधारणसमेत उल्लेख्य घट्न नसकेको औंल्याइएको छ।
'किशोरकिशोरीमा भएको ज्ञान र पहुँचको अनुसार उनीहरुमा जोखिम जुन रुपमा घट्नुपर्ने हो, त्यो हुनसकेको छैन,' स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक घनश्याम पोखरेलले नागरिकसँग भने। उनले सरकारले गर्भपतनलाई कानुनी मान्यता दिएपछि गर्भपतन परिवार नियोजनकै विकल्पका रुपमा अपनाउने प्रवृत्तिसमेत बढेको औंल्याए।
सरकारी सर्वेक्षणहरुका क्रममा थुपै किशोरकिशोरीले परिवार नियोजन सेवाबारे जानकारी भए पनि त्यसलाई अपनाउन नगरेको बताए। विज्ञका अनुसार पछिल्ला दिनमा प्रविधिको दुरुपयोग, पोर्नोग्राफीको प्रयोग, सामाजिक सञ्जालको समेत दुरुपयोग र नियमित पठनपाठनलाई समेत बिगार्ने गरी दुरुयोगसमेत किशोरकिशोरीका समस्याका रुपमा देखिएको छ। 'एकातिर नयाँ चुनौती सामना गर्नुपरेको छ, अर्कोतिर बालविवाह, अनिच्छित गर्भधारण, गर्भपतन कायमै छ,' पोखरेलले भने।
किशोरकिशोरीले भोगेका अधिकांश समस्या विश्वव्यापी रुपमा अधिकारका रुपमा स्थापित भइसके पनि नेपालमा कुनै नीति छैन।
केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको करिब २ करोड ६४ लाख जनसंख्यामध्ये एकचौथाइ १० वर्ष देखि १९ वर्ष उमेरका किशोरकिशोरी छन्। यस आधारमा जनसंख्याको २५ प्रतिशत हिस्सा किशोरकिशोरी उमेरका जनसंख्या भएपनि उनीहरुलाई समेट्ने छुट्टै नीति र कार्यक्रम नभएकोले समस्या संवोधन हुन नसकेको पोखरेलको भनाई छ। नेपालको कानुनअनुसार विवाहका लागि न्यूनतम् १८ वर्षको उमेर पुगेको हुनुपर्छ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार किशोरकिशोरी मध्ये २९ प्रतिशत उमेर नपुग्दै विवाह र १७ प्रतिशतले २० वर्ष नपुग्दै विवाह गर्छन्। 'उमेर नपुगी विवाह र बच्चासमेत जन्माउन हुन्न भन्ने ज्ञान बढेको छ,' पोखरेलले भने, 'तर प्रवृत्ति घटेको छैन।'
चिकित्सकका अनुसार कम उमेरमा विवाह गरेकै कारण यौन परिपक्वता नभएकाले आमा/बाबु बन्न सक्षम नभएका किशोरकिशोर सामाजिक तथा मानसिक समस्यामा पर्छन्। किशोरी अवस्थामा गर्भवती हुँदा आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा पर्छ। ती किशोरीमा अत्यधिक रक्तस्राव, पाठेघरको क्यान्सर र बच्चा कम तौलको जन्मिने, पर्याप्त विकास नहुने समस्या हुन्छ।
नेपाल जनसांज्ञिक स्वास्थ्य सर्वेक्षण– २०६८ का अनुसार ४० प्रतिशत अर्थात् १३ लाख किशोरी १९ वर्ष नपुग्दै विवाह हुने गरेको छ भने तीमध्ये करिब साढे ५ लाख किशोरी त १९ वर्ष अगावै आमा बन्ने गरेका छन ्।
त्यस्तै, २०६८ सालको तथ्यांकअनुसार कुल विवाहित जनसंख्या १ करोड ३३ लाख ३८ हजार ४ सय ९६ मध्ये ८० लाख १८ हजार ३ सय १३ अर्थात् ६० दशमलव १२ प्रतिशतले बालविवाह गरेको तथ्यांकले देखाएको छ।
सरकारका सरोकारवाला मन्त्रालय र थुप्रै दातृ निकायले समेत किशोरकिशोरीका स्वास्थ्यमा जोखिम मानिएका छिट्टै विवाह, छिट्टै गर्भधारण, आत्महत्या, अपराधजस्ता घटना थपिँदै गएको भन्दै छुट्टै नीतिका लागि पहल गर्ने प्रतिबद्धता गरेका छन्। किशोरकिशोरीमा बढ्दो स्वास्थ्य तथा विकास चुनौतीलाई सामना गर्ने बाटो पहिल्याउन नेपालमा पहिलोपटक किशोरकिशोरी सम्मेलन गरेर नीति बनाउने तयारीमा रहेको पोखरेलले जानकारी दिए।
तथ्यांकअनुसार १४ प्रतिशत किशोरकिशोरीले आफ्नो जीवनको कुनै बिन्दुमा आत्महत्याबारे सोचेका हुन्छन्। प्रत्येक पाँच किशोरकिशोरीमध्ये एक जनाभन्दा बढीले मादक पदार्थ प्रयोग गर्छन् र झन्डै चार प्रतिशतले कडा लागुपदार्थ प्रयोग गर्छन्।
सम्मेलनमा किशोरकिशोरीले भोगेका यस्ता समस्याबारे बृहत छलफल हुनेछ। विज्ञका अनुसार लैंगिक विभेद, यौनशिक्षामा सीमित सूचना तथा सेवामा पहुँच, अनिच्छित गर्भ, लागूपदार्थ सेवन र मादक पदार्थ किशोरकिशोरीका प्रमुख समस्या हुन्।
नेपालको किशोरावस्थासम्बन्धी स्वास्थ्यमा काम गरिरहेको संस्था जिआइजेडको स्वास्थ्य क्षेत्रका लागि सहयोग कार्यक्रमअन्तर्गत मातृ, किशोरकिशोरी, प्रजनन र बाल स्वास्थ्यका लागि वरिष्ठ सल्लाहकार भ्येलरी ब्रोच आल्भारेजले बालविवाह एवं अनिच्छित र किशोरावस्थामा गर्भधारण अन्त्य गर्न भएका राष्ट्रिय प्रयास र पहलमा सहयोग पुग्ने बताइन्।
- nagariknews