उध्रेको चोलीमा नचाइन् मन्दीराले


छुनलाई होइन हेर्न चाहिं पाइन्छ
उध्रेको चोली छ है तै पनि लाइन्छ

गायीका इन्दिरा जोशीले आफ्नो यो चर्चित गीतमा रसुवाको धुन्चेका बासिन्दालाई  छमछमी नचाएकी छिन् ।

लाङटाङ पर्यटन तथा संरक्षण उत्सवको अवसरमा आयोजित ग्रिन कन्सर्ट नाम दिइएको सांगितिक कार्यक्रममा उनले आधा दर्जन जति गीत गाउन्जेल समय वितेको पत्तो नै भएन् ।

दिन भरिको झरीले चिसो वनाएको आइतवार साँधको सदरमुकाम धुन्चे जोशीको गीत र दर्शकहरुको नृत्यले तातेको थियो ।

कार्यक्रममा उनले लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र पाइने दुर्लभ वन्यजन्तुहरु रेडपण्डा, कस्तुरी मृग र हिँउ चितुवा लगायत जैविक विविधताको संरक्षणमा गर्न मञ्चबाटै दर्शकहरुलाई हौस्याएकी थिइन् ।

सांगितिक कार्यक्रममा अर्का चर्चित गायक रोज मोक्तानको कलकते काईँयो केश मेरो बाङ्गो टेबुलमा ऐना छ, हिँउ प¥यो फुरुरु मैच्याङ माथि माथि खुम्बु लेकमा भन्ने गीतले सदरमुकाम धुन्चेलाई बेलुकी अबेरसम्म गुञ्जायमान बनाएको थियो ।

रामसारमा सुचिकृत पवित्र धार्मिक तथा पर्यटकीय तिर्थस्थल गोसाइकुण्डको संरक्षण गर्न रोज मोक्तानले दर्शकहरुलाई आग्रह गरेका थिए ।  रोज मोक्तानले गायका आधा दर्जन भन्दा बढि गितमा दर्शकहरु कम्मर मर्काइ मर्काइ नाचेका थिए ।

त्यस्तै अर्का गायक सन्तोष लामाका साथै ओम बज्र ब्याण्डले पनि सांगितिक प्रस्तुति गरेका थिए ।
-श्रोत उज्यालो

SHARE THIS

Author:

Facebook Comment