म “मूर्खाधिराज”


अंग्रेजीको को अप्रिल भन्ने महिना पैला दिन १ तारिख रे ! अनी त्यो दिन चैँ अर्कालाई फूल फुलबनाउने रे औरेजको भाखा ! नेपाल र हिन्दुस्तानी को भाखा भन्ने हो भने मूर्खबनाउने दिन रे त्यो दिना । नेपाल भन्ने देश नै जन्म्या देखि उल्ले उल्लाई अनि उल्लाई उसले फूलफूलबनाछ नि !  द्रव्य शाह महाराजले घलेहरलाई, राष्ट्र निर्माता पृथ्वी नारायण शाहले मल्ल देखि अनेकौ राजा रजौटालाई, तीन थान श्री को पद पाका जंगे महाराजले पाँच श्री महाराजलाई यी भए उहिले कुरा अहिले खुइले । छयालीस देखि हिसाप गर्दा स्वर्गे गिर्जाउले पहिला आइरनम्यान गणेशमान देखि पान प्रसादलाई फूल”  बनाथे तर परान जाने बेला ३ थान पति प्रकाशेका पिताश्री ले हिस्स बुढी खिस्स दांत बनाइ दिए । पापी पर्कास्या बा ले त्यतिखेर गिर्जा बाउ तपाइँ राष्ट्रपति आजबाट”  भन्द्या भे बुढा आज सम्म बाँच्थे कि ?
                अस्ति न पञ्चेत भा बेला मुगाली काजी घाम बहादुरले चन्द्रबहादुर देखि आजको मितिसम्म को हिसाब गर्ने हो भने नेपालको इतिहासमा फुल फुलबनाको हिसाब कम्प्युटरमा समेत धान्न नसक्ने भै सक्यो । ठूला पार्टीका नेता सीता पति प्रचण्डले आफ्नै गुरुबा लाइ फूलबनाइ दिए । २ नम्बरका नेता डाक्टर कामरेडलाई उनैका पियारिले फूलबनाका छन् । क्यासबाट ड्यास मा डिमोसन भाका बैद्यबाले कार्यकर्तालाइ फुलबनाका छन् भने क्यास बाट झ्यास बनेका मातृका काउरेड आफैले आफैंलाई फुल बनाए । काउरेसका सुशीलदालाई बालुवाटारको सपना देखाएर अप्रिल फूल देखाई दिए । उखाने कामरेड वलीलाई दिल्लीले फूलबनाइ दिए । आपे मन्त्री जय प्रकाशलाई उनैका चेला राज किशोरले फूलबनाइ दिए । थारु महाराजले पुलिसका हाकिमहरूलाई फुलबनाइ दिए । छयालीस देखि आजका मिति सम्म नेताहरुले जनतालाई फूलका फूलबनाका छन् । फेहरिस्त लामो भाकोले सप्पै फुल माराजहरूको नाउँ उल्लेख गर्न सकिन त्यसैले ह्याप्पी ह्याप्पी सरि भने । अप्रिल फूल अर्थात् मूर्ख दिवश हाम्रो चाड हैन ता पनि यसपालिको मूर्खाधिराज मैले चैँ आफै लाइ घोषणा गर्या छु । किनभने पार्टीका नेताहरुको मालदह जस्तो गुलियो आँप जस्तै भाषण तथा आस्वासनमा भुल्ने हामी वीर नेपालीहरु संसारका नम्बर एक मुर्ख हौ कि हैन ? एक पटक खप्परा हात राखेर सोचौं त !
प्रकाशित मितिः २०६९ चैत्र २२ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment