सारा बिश्वलाई नै तहसनहस पार्ने गरि भएको पहिलो बिश्वयुद्धले सयवर्ष पूरा गरेको छ । सन १९१४ जुलाई २८ का दिन शुरुभएको युद्ध १९१८ नवम्बर ११ का दिन सकिएको थियो । ५ वर्ष लामो यो युद्धमा ९० लाख भन्दा बढी मान्छे मारिएका थिए भने त्योबेला कति बिध्वँश मच्चिएको थियो ईतिहास पढ्दा थाहा हुन्छ । विभिन्न देशहरु बीचको आपसी होडबाजी र पूंजीवादको बिस्तारले प्रथम बिश्व युद्धलाई निम्त्याएको थियो । जब कुनै देश पूंजीवादमा प्रवेश गर्छ तब उसको आँखा नया नया बजार खोज्नु र त्यसलाई बिस्तार गर्दै लैजानुमा नै केन्द्रित हुन्छ । त्योबेलाका समुन्नत राष्ट्र जर्मनी र ईटालीको यही बजारिया औपनिवेशिक नीतिले गर्दा प्रथम बिश्वयुद्धलाई अपरिहार्य बनाएको थियो ।मनिस संगठित भएर बस्न लागेदेखि नै युद्ध कुनै न कुनै रुपमा हुदैं आएको छ । पहिला कहिलाई युद्ध जगँल हतियारबाट गरिन्थ्यो भने शिक्षित र सभ्य भएपछि मानिसले रकेट र मिसाईलबाट गर्न थाल्यो । कतिपयले युद्धले मान्छे र उसंग जोडिएको समाज र देशलाई विकसित गर्दै लैजान्छपनि भन्छन् । तर त्यसो होईन सानो सानो कुरामा निहुं खोज्दै गरिने बर्बरतापूर्ण लडांईले मानव सभ्यतालाई कलकिँत बनाएको छ । युद्धमा भएको जनधनको नोक्सानीले मानव सभ्यता अझ कति पछाडिन धकेलिन पुग्छ भन्ने कुरा बुझ्न त्योबेलाको ईतिहास पढे पुग्छ । पहिलो बिश्वयुद्ध जर्मनीले गर्दा भएको भनिन्छ । जसलेगर्दा युद्धपछि भएको सन्धिमा युद्धको सबै जिम्मेवारी जर्मनी र उसका मित्र राष्ट्र अष्ट्रिया, ईटाली, बुल्गारिया र टर्कीलाई लगाइएको थियो ।
जर्मनीका तत्कालिन शासक कैशर विलियमको अति महत्वाकाँक्षा र बिश्मार्कको सीमित महत्वाकाँक्षाले कारगर काम गरेको थियो । विलियम कैशर बिश्वभरि आफ्नो औपनिवेशिकता फैलाउन चाहन्थे भने बिश्मार्क यूरोप मै सीमित राख्न चाहन्थे । जसले गर्दा जर्मनीको एकिकरण गर्ने प्रमुख व्यक्ति बिश्मार्क र कैसरबीच दन्तबझान शुरु भयो । त्योबेला जर्मनी फलाम र कोईलाको प्रमुख उत्पादक देश थियो । बिश्मार्कको नेतृत्वमा जर्मनीको प्रगतिको बाटोमा असाधारण तरिकाले अघि बढ्दै थियो । बिश्मार्कले जर्मनीको एकिकरण मात्र गरेनन् कि जनवाद र समाजवादमा अंकुश लगाउंदै जर्मनीलाई बिश्वको एक शक्तिशाली देशको रुपमा बिस्तार गरेकाथिए ।बिश्मार्कले जर्मनीलाई ‘जमीनको राजा हात्ती र ब्रिटेनलाई जलको राजा व्हेल’ मान्दै दुबैको हित एक अर्कासंग नटकराउने भएकोले दुबैले आआफ्नो क्षेत्रमा राज्य गरुन भन्ने चाहन्थे । तर जर्मनीका सम्राट विलियम बिश्व बजारमै आफ्नो पकड बनाउन चाहन्थे । जसलेगर्दा ब्रिटेन र जर्मनीको स्वार्थ आपसमा टकराउनु स्वाभाविक थियो । पहिलो बिश्वयुद्ध हुनुभन्दा पहिले नै पश्चिम यूरोपमा शितयुद्ध शुरु भईस केको थियो । यूरोपका शक्ति राष्ट्रहरु विभाजित हुदैं गईरहेकाथिए । जर्मनी बलियो भएपनि, ब्रिटेन, फ्रा न्स र रशिया आनन्तरिक प्रतिष्पर्धालाई बिर्सेर एउटै गुटको रुपमा झनै नजिक भईसकेका थिए । यी दुई टै गुटको बीचमा त्योबेला प्रकाशित हुने दैनिक पत्रिकामा एकअर्काको विरुद्धमा लेखेर वार गरिदैंथियो ।
युद्ध र टकरावको एउटा प्रमुख कारण असुरक्षा पनि हो शक्तिशाली राष्ट्रले आफुलाई आक्रमण गर्ला भन्ने भयले कमजोर राष्ट्रहरु गुट बनाएर आफ्नो शक्ति संगठित गर्दै गईरहेकाथिए । जसको परिणाम स्वरुप शितयुद्ध र शस्त्रअस्त्रको होडबाजी हुने गर्दछ । जसको भुक्तान निर्दोष जनताले आफ्नो ज्यान र सेनाले जीउज्यानले लडेर गर्दछन् । एउटा सानो आगोको झिल्कोे कसरी दावानल बन्दछ भन्ने हेर्नकालागि पहिलो बिश्वयुद्ध हुने कारणलाई सम्झिए पुग्दछ ।
अष्ट्रियाका राजकुमारको सर्वियाको रायोवा नगरमा हत्या गरियो, अष्ट्रियाले २४ भण्टाभित्र राजकुमारको हत्यारालाई पक्राउ नगरिए सर्विया माथि हमला गर्ने चेतावनी दियो । २४ घण्टामा हत्यारा पक्राउ नपरेकोले अष्ट्रियाले सर्वियामाथि हमला गरिदियो । रुस र सर्वियामा एउटै स्लाव जातिका मानिस बसोबास गर्ने भएकोहुदां रुसले सर्वियामाथिको आक्रमणलाई आफ्नो जातिमाथिको आक्रमण ठानेर सर्वियाको सहायताकालागि युद्धमा कुद्यो । अष्ट्रिया ले जर्मनीसंग रक्षात्मक सन्धि गरेकोथियो र उनीहरु मध्ये कसैमाथिपनि आक्रमण भएमा त्यसलाई आफ्नै ठानेर लड्नु वा सहयोग गर्नुपर्दथ्यो ।
परिणामस्वरुप रुसको विरुद्ध जर्मनीले युद्धको घोषणा गर्यो । रुसको मद्धतकालागि ब्रिटेन र फ्रान्सपनि युद्धमा होमिए । यसपछि पूरा यूरोपलाई युद्धको विभिषिकाले आफ्नो चपेटामा लियो । त्योबेलाको शक्तिशाली राष्ट्र जर्मनीका पनडुब्बीले टमढाटाढासम्म वार गर्न थालेपछि युद्धमा होमिएका राष्ट्रका औपनिवेशिक देशहरुपनि सहयोग गर्नकालागि युद्धमा होमिए । जर्मनीको पनडुब्बीले एउटा अमेरिकन जहाजलाई डुबाई दिएपछि नचाहंदा चाहंदैपनि अमेरिका युद्धमा सामेल भएपछि यो युद्ध एउटै महादेश बाट फैलिएर अरु महादेशमा पनि प्रवेश गर्यो ।
पहिलो बिश्वयुद्ध लडाकु ट्याकँबाट शुरु भएको थियो भने अन्तचाँही हवाई हमलाबाट भएको थियो । जर्मनीले उक्त युद्धमा आफ्नो कट्टर शत्रु फ्रान्सको विरुद्ध पहिलोपल्ट रासायनिक वार गरेको थियो । जर्मन सेनाले पहेंलो र हरियो रगँको क्लोरिनको हजारौं ग्यास सिलिण्डर फ्याँकेर फ्रान्समाथि हमला गरेको थियो । यो रासायनिक हमलाबाट फ्रान्सका हजारौं सैनिकहरुको मृत्यु भयो कैयौं सैनिक हरुको फोक्सोमा संक्रमण भएको थियो ।
फ्रान्सको राजधानी पेरिसबाट १ सय ७० किलोमिटर टाढा म्यूस नदीको किनारमा बसेको सानो शहर वेर्डनमा फ्रान्स र जर्मनीका सेनाको युद्ध भएको थियो । आठ महिना लामो वेर्डन शहरमा भएकोयुद्धमा ९ वटा गाउं र युद्धमा ३ लाख सैनिक सहित ५ लाख मानिस मारिएका थिए । भनिन्छ सयवर्ष अगाडि भएको युद्धमा मारिएका सैनिकहरुको रगतको टाटा अहिलेपनि त्यो क्रुर ईतिहासको सम्झनामा जस्ताको त्यस्तै छ ।
पहिलो बिश्वयुद्धको अन्त्यसंगै यूरोपका चारवटा साम्राज्य (जर्मनी, अष्ट्रिया, रुस र टर्की )को अन्त्य भयो । सम्पूर्ण यूरोपलाई नै तहसनहस पारिदिएको यो युद्धको अन्त्यसंगै सम्पूर्ण बिश्वबाट उपनिवेशिता को जरोलाईपनि बिस्तारै उखेल्दै लग्यो । युद्धको अन्तमा बिट्रेन र फ्रान्स बिजेता घोषित भएपनि उनीहरु ले आफ्नो उपनिवेश बनाएको देशहरुमा पनि स्वतन्त्रताको हावा बहन थाल्यो । लगातार ५ वर्षसम्म युद्ध भएपछि यसले ल्याएको दुश्परिणामलाई ध्यानमा राखेर विभिन्न शक्ति राष्ट्रहरुले लिग अफ नेशनको स्थाप्ना गरे । तर लिग अफ नेशनलेपनि मुक दर्शक बन्दै हिटलरको ज्यादतिमाथि रोक लगाउन नसके पछि यसकोपनि औचित्य समाप्त भयो । लिग अफ नेशनको अकर्मण्यताले गर्दा नै पहिलो बिश्वयुद्ध समाप्त भएको २१ वर्षपछि सन १९३९ मा दोस्रो बिश्वयुद्ध शुरु भएको थियो ।
पहिलो बिश्वयुद्धमा होमिएका देशका युवा जनशक्ति सबै यसैमा होमिए । सेैनिकका रुपमा युद्ध लड्न गएका मध्ये जो बाँचे ती शारीरिक र मानसिक दुबै स्तरमा घाईते भए । शान्तिकालागि त्राहीमाम त्राहीमाम गर्नेहरु रुदैं र चिच्याउंदै सखाप भए । यो युद्धको एउटा राम्रो पक्ष के हो भने महिलाको सबलीकरण यँहीबाट शुरु भएको थियो । पहिलो बिश्वयुद्धमा सैनिक, नर्स र स्वयमसेवकका रुपमा सहभागि भएका महिलाहरुले त्योबेला चर्काएको आत्मनिर्णय र स्वाधिनताको नाराले त्यसपछिका महिलालाई अगाडि आउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।
यो युद्धले जर्मनीलाई आर्थिक रुपमा खोक्रो पार्नुका साथै एक्ल्याएको पनि थियो । बिश्व महाशक्ति बन्ने जर्मनीको महत्वाकाँक्षालाई उसको पूंजीवाद र यसकालागि बजार बिस्तारले महायुद्ध शुरु भएपछि सबैभन्दा बढी क्षति जर्मनीले बेहोर्नु परेकोथियो । ९० लाख भन्दा बढी मानिसको ज्यान तथा खर्बौको सम्पति नष्ट गरेर समाप्त भएको पहिलो महायुद्ध चलेकै बेलामा केही महत्वपूर्ण आविश्कारहरु पनि भएकाथिए । वायरलेस (आकाशवाणी), स्टेनलेस स्टिल, नाडीमा बाँध्ने घडी, सन लैम्प, शाकाहारी चटनी (वेजिटेरियन सासेज), टी बैग्स, टिश्यूपेपर र सेनेटरी तौलिया (टावेल) को आविष्कार र प्रयोग पहिलो बिश्वयुद्धकै बेला भएको थियो ।
फोटो श्रोतःगुगल
(स्रोत ईन्टरनेट र विभिन्न पत्रपत्रिका)
Nepalese Rupee Exchange Rate