केडिया आँखा अस्पताल तथा नेपाल नेत्र ज्योती संघद्वारा प्रमुख जिल्ला अधिकारी वजिमयको विदाई

वीरगंज ११ गते श्रावण । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार वजिमयको नेपाल सरकारबाट सेवा अवकाश प्राप्त भए पश्चात केडिया आँखा अस्पताल परवानीपुर र नेपाल नेत्र ज्योती संघ पर्साको सयोजकत्वमा आँखा अस्पतालको सभाहलमा एक बिशेष कार्यक्रमको आयोजना गर्‍यो ।
सो बिशेष कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी वजिमयलाई संघका केन्द्रिय महासचिव श्याम पोख्ेरल, संघ पर्साका अध्यक्ष चिरंजिवी लाल सराबगी र अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष एवम बरिष्ठ समाजसेवी हिरालाल केडियाले फुलको माला तथा अबिर लगाउनुको साथै मायाको चिन्हो प्रदान गरी प्रमुख जिल्ला अधिकारी बजिमयलाई बिदाई गरेको छ ।
उक्त बिशेष कार्यक्रमको अतिथीमा संघ पर्साका मदन गुप्ता, मधु राणा, गणेश साह, अस्पताल प्रशासन प्रमुख प्रकाश बर्मा लगायत रहनु भएको थियो । भने सो कार्यक्रममा स्थानिय भद्रभलादमी तथा अस्पतालका कर्मचारहरुको समेत उपस्थिति रहेको थियो ।

SHARE THIS

Author:

Facebook Comment