रामचन्द्र झा |
क्राइमचेक प्रतिनिधि÷
वीरगंज÷२०६९ चैत्र ८ गते एमाले पार्टी
मुख्यालयमा फ्याक्स मार्फत राजिनामा पठाएर नेकपा एमालेका नेता रामचन्द्र झाले
पार्टी परित्याग गरेका घोषणा गरे । झाले बिहीबार बिहान अध्यक्ष झलनाथ खनाललाई
सम्बोधन गरिएको फ्याक्स मुख्यालय बल्खुमा पठाएर पार्टी परित्याग गरेको घोषणा गरेका
रैछन र निजले पार्टी परित्याग गरेको घोषणा गर्ना साथ सोहि दिन बिहीबार काठमाण्डौ
पेरिसडाँडामा बसेको एमाओवादी बैठकले एमाले पार्टी छाडेका भारती नागरिक रामचन्द्र
झालाई आफ्नो पार्टीमा स्वागत गर्ने निर्णय गरेको रे छ ।
धनुषा जिल्लाको सिंगीयाही गा.बिस.
बस्ने देवेन्द्र यादवले एमालेका नेता रामचन्द्र झा भारतीय नागरिक हो र निजको
सक्कली वतन भारतस्थित मधुवनी जिल्लाको हरखाली करुणा पञ्चायत भएकोले निजले के कसरी
वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाए ? त्यसैले निजको
नागरिकता बदर गरि नागरिकता ऐन बमोजिम कारबाही होस भनेर सर्वोच्च अदालतमा दिएको “झुट्ठा
नागरिकता” सम्बन्धी मुद्दाको फैसला हाल सम्म भएको छैन । बाबु भारतीय भए पछि
छोरा कसरी नेपाली भए ? झा को सम्पूर्ण परिवारको बसोबास नै भारतमा छ
भने निजलाई २०४५ सालमा कसरी वंशजको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र दिईयो ?
रामचन्द्र
झा एमालेका सिपाही हुन् । तल्लो तहबाट बढुवा हुँदै पार्टीको केन्द्रिय सदस्य हुँदै
स्थानिय मन्त्री समेत बन्न सफल भै सकेका निज रामचन्द्र झा भारतीय नागरिक हुन भन्ने
कुरा के एमाले पार्टीलाई थाहा थिएन र ? थाहा हुँदाहुँदै पनि एमालेले किन राज्य
र जनता प्रति यस्तो जनघाती काम गर्यो ? पार्टीमा प्रवेश गरे देखि अन्त्य सम्म “माक्र्सवाद
तथा लेनिनवाद” को मूल मन्त्र अंगाल्ने पार्टीमा यस्तो जघन्य
अपराध को कसले गरे ? सो को हाल सम्म किन छानबिन भएन ? यो
कुरा एमाले पार्टीका सम्पूर्ण तह र तप्काका नेता देखि कार्यकर्ता तप्का सम्मकाले
बुझ्नु अत्यन्त जरुरी छ ।
रामचन्द्र
झा मात्र हैन अन्य पार्टी अझ धेरै संख्यामा खासगरी मधेशवादी दलमा समेत भारतीयलाई
नेपाली नागरिक बनाएर पार्टीका उच्च पद दिईने गरेको छ । चाहे सद्भावना पार्टीका
सरिता कुमारी गिरी होस या अन्य पार्टीका । भारतीय हो भनेर थाहा हुँदाहुँदै पनि किन
यस्तो घृणित काम कार्य गर्छन् हाम्रा पार्टीका नेताहरु ? “चोर भन्दा चोर्न
लगाउने अथवा उक्साउने व्यक्ति ठूला अपराधी हैनन् र ? अनि त्यस्ता
मुख्य अपराधी लाइ चैं किन कारबाही हुँदैन ? के त्यस्ता
व्यक्तिलाई कारवाही गर्ने कुनै ऐन कानुन नै मुलुकमा नभएको हो कि ? के
नेपालमा “ठुलालाई चैन र सानालाई मात्र ऐन” हो कि ?
प्रकाशित मितिः २०६९ चैत्र २२ गते बिहीवार