
नवजात शिशुमा नियोनेटल सेप्टीसीमिया (नवजात शिशुको संक्रमण)कहाँबाट आउने गर्छ ?
संक्रमण खासगरी आमाबाट आउने गर्दछ । आमालाई ज्वरो, योनिको संक्रमण, पटक पटक असुरक्षित योनी परिक्षण, कुपोषण, इत्यादिले नवजात शिशुमा संक्रमण हुन्छ । जन्म पश्चात नाइटो (नाभी) को असुरक्षित औजारले काट्नु, हाथ साफा नगरी नवजात शिशुलाई छुनु, माया गर्नु आदि ।
नवजात नियोनेटल सेप्टीसीमिया (नवजात शिशुको संक्रमण): कसरी चिन्ने ?
न्यूटेलस सेप्टीसीमिया (नवजात शिशुको संक्रमण)को कुनै विशिष्ट पहचान हुदैन । मात्र अनुमानको अधारमा कार्य गर्नु पर्छ ।
साधारण चिन्ह:
शरीरको तापमान काम हुनु, दूध नखानु, चिडचिडापन, धरै रुनु, शिथिल हुनु, स्वास प्रस्वासको गति एकदम कम र धेरै हुनु र जफती, रोगको अचानक आक्रमण, फोडा र फुंसी हुनु, नाल पाक्नु इत्यादी ।
संक्रमणको पहिचानकोलागि नवजात शिशुको रगत, पेशाव, एक्स–रे एवं रीढको हड्डीबाट पानी निकाली जांच गर्नु पर्ने हुन्छ ।
उपचार:
नवजातमा साधारणत: संक्रमण तेजीले फैलिन्छ र ज्यान पनि जाने हुन्छ । त्यसैले नवजात शिशुलाई औषधि इंजेक्शनको रूपमा दिनु पर्ने हुन्छ । यसको उपचार कम्तिमा पनि १० देखि २१ दिन सम्म गर्नुपर्ने हुन्छ ।
गंभीर लक्षण:
नवजात शिशुको शिथिल, दौरा पडनु जफती, रोगको अचानक आक्रमण, बान्ता हुनु, पेट फुल्नु, शरीरमा सुन्निने, छालामा कडापन, तापक्रम कम हुनु या बढी हुनु ।
के नियोनेटल सेप्टीसीमिया (नवजात शिशुको संक्रमण):रोगको रोकथाम संभव छ ?
हो रोकथाम संभव छ र उपचारको अपेक्षा बचाव नै बढी फाइदा गर्दछ । आमाको गर्भावस्थामा उपयुक्त आहार, आरामको आवश्यकता हुन्छ ।
आमालाई टिटानसको सुई गर्भावस्थामा दुई चोटी अनिवार्य लगाउनु पर्दछ पहिलो ४–६ माहिना र दोश्रो पहिलो सुई लगाएको एक महिनापछि ।
आमालाई प्रशिक्षित परिचारिका, स्वास्थ्य कर्मी एवं डाक्टरलाई देखाउनु पर्छ ।
योनी स्वच्छ र सफा राख्नु पर्दछ ।
गर्भावस्थाको अन्तिम तीन महीन सहवास अर्थात यौन सम्पर्क गर्नुहुँदैन ।
आमाको संक्रमणको तुरन्त उपचार गर्नु पर्छ ।
नवजात शिशुको सदैव साबुनले हाथ धोएर हेरचाह गर्नु पर्दछ ।
नियमित नुहाउने गर्नु पर्दछ । सफा लुगा लगाउनु पर्दछ ।
(डा. अरुण कुमार सिंह बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा बालरोग विशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ ।)
प्रकाशन मितिः २०७३ जेठ ०६ गते विहीबार