" इजरायल भन्छ इतिहास भन्ने कुरा त बिजयहरूद्वारा लेखिन्छ"

निशा खनाल अर्याल
मानिस जीवनको लागी हरेक संघर्ष अपनाउदछ, कति उसको रहरको हुन्छ त कति बाघ्यता। संघर्षलाई जीवनको अर्को पाटोको अर्थमा पनि लिने गरिन्छ। मानिसको आवश्यकता ईच्छा र चाहनाले मानिसलाई स्थिर, स्थायी रहिरहन दिदैन। नेपालका बिबिध स्थान र तहमा काम गर्दा पनि मलाई बिदेशिनु पर्नाले किन मानिस बिदेशिन्छ भन्ने मेरो पुरानो प्रश्नको उत्तर आफै पाईरहेकी छु। महत्वकांशी नभै मानिसले बिकास गर्दैन, आवश्यकता... नभै आबिष्कार हुदैन भने झै मेरो केहि महत्वाकांशीले मलाई धर्म, संकार र सस्कृती नमिल्ने यहुदीहरूको एक्लो देशमा पुर्यायो। एक कामको अनुभव एक ईतिहास मेरो बेग्लै काममा हुम्मिए मानौ पूर्व  ज्ञान बिना नै म सागरमा पौडिन खोजिरहेकी छु। एक वृढ नारीको सेवाको लामो अनुभव मलाई धेरै मिल्न सकेन तर ईजरायलमा कसरी उपचार गरिन्छ भन्ने अनुभव भने रह्यो। मानिस भित्रको मानवियताको एक जिऊदो उदाहरण भने देख्न पाए।
 व्दितिय बिश्व युद्ध पछि लखेटिएका यहुदीमा आफ्नत छुटिनु पछिको पिडा बोधको राम्रो नमुनाको अनुभूती गर्ने मौका पाए। समयले मलाई फेरी अर्को घरमा पुर्यायो जहा एक नारी जो छोरा छोरी हुदाँ पनि आफूलाई एक्लो महसुस गर्छे वा नभएको अनुभवमा रहन्छे।

 इजरायलको बालककाल्य जीवनहरूलाई मैले काम गर्न आउने प्रशंगमा आज 93  बर्षको उमेर बिताइसकेको, र सानो उमेरमा अनेकौ कष्ट भोगेको सबै आफ्नै आँखाले झल्झली देखेको अनि आफ्नो कानले सुनेको छ उसले जुन आज पनि त्यो पललाई सम्झेर बलिन्द्र धारा आँसु झार्दै मैले इजरायलको बारेमा केही जान्न इच्छाले प्रश्न गर्दा त्यो बेलाको संगठित इजरायल भूमिको इतिहास बताउन थाल्छ ।

 जन्मदै पलिष्टयन भूमि इजरायलमा अंग्रेजहरूको शाशनमा रहेर उनीहरूसित मिलेर जीवन बिताउने क्रममा उसले आफ्नो जीवनका तिता मिठा पलहरू यसरी ब्यक्त गर्छ । धेरै दाजुभाइ दिदी बहिनीहरू मध्यको चौथो सन्तानको रुपमा जन्म भएको इजरायल भन्छ हेर निशा शरीरलाई ओत हाल्ने घर भएर मात्र के गर्नु । एउटा बाबाको कमाई (मेर्कवा ) टाँगा चलाएको भरमा हाम्रो जीवन चल्ने र घरमा अहिले झैँ सबैको लागि पलंग, खाट नभएकोले भुइँमा नै एउटा सकुन दरि बिछ्याएर सबै लहरै सुत्ने गर्दथ्यौ । आफ्नो सन्तानको पेट भराउन काम गर्न दिन रात नभनी बाबा बाहिरबाट टाँगा लिएर घरमा फर्कदा पसिनाले निथ्रुक्क भिजेको र थकित अवस्थामा कुर्सीमा थचक्क बस्नु हुदा खुई खुई गरेर निधारको पसिना पुछेको मलाई आज झैँ लाग्छ ।

 त्यस्तो कष्टमय जीवन देखेर इजरायल भन्छ म उमेरको मात्र ११ बर्षको थिए त्यही बेला स्कुल जादा पढ्न बस्दा पनि आँखामा बाबाको त्यो अनुहार झल्कने गर्दथ्यो र मलाई पनि काम गरेर आफूले पनि हात बढाउँन मन लाग्यो ।

 स्कुलबाट जब छुट्टी हुने गर्दथ्यो फर्केर घरमा आउने बितिक्कै म आमाले पाउरोटीको स्यानबिज बनाउदै खान चियाउदै बोलाउदा पनि म आमाको हात छुट्याई पुत्त काम गर्न निस्कन्थे । सानो भएकोले मैले काम राम्रो पाइन्, अनि कसैको गाडी पुछ्ने त कसैको घोडालाई खोलामा (याम ) लगेर नुहाई दिने, दाना, पानी दिने जस्ता काम पाए त्यही कामबाट आफैले कमाएर ल्याएको पैसा आमालाई दिने गर्दथे त्यस्तै गरी, फुवाजुको आफ्नो कार्पेन्टर काठको दराज बनाउने रंग लगाउने जस्ता काममा पनि लागे, (गान आखयोत ) जनावरहरूको रेखदेख जस्ता काम पनि गरे जसबाट अलि धेरै पैसा पाउने गर्दथे ।

 केही दिनमा बुवाले थाहा पाउनु भयो र मलाई अति नै कराउनु भयो । मैले काम गरेर खान लाज मान्नु हुन्न, काम सानो ठुलो हुन्न अवस्था र उमेर हेरेर पाएको काम यो पनि राम्रो हो, भनेर बुवालाईभन्दा बुवाको आँखाबाट बर बर आँसु खस्यो । त्यस्तै गरी समयले मलाई पर्खेन समयको रफ्तारसँगै म पनि बढ्दै गए, स्कुलको पढाई सकियो जुन बेला जे काम पायो त्यही गर्न थाले, अनि बुवाले मेरो काम प्रतिको रुची देखेर गाडी बिग्रिदा मर्मतको काम सिकाउँन पठाउनु भयो ।

 मैले हरेक कामलाई लाज नमानी सिके । मैले स्कुलको पठाई सकाए पछि उमेरले पनि होला म १८ बर्षको घोर्ले बाघ झैँ निक्कै जवान र खाइ लाग्दो देखिन्थे । त्यसपछि म (चवा बिट्रीन आर्मी) आर्मीको ट्रेनिगमा गए । मैले चार बर्षसम्म निरन्तर अंग्रेजहरू (पालिस्टयानीहरूसँग बसेर गरेका संघर्ष, दुख र पाएको कष्ट तिमीलाई कसरी बर्णन गरूँ ।

25th octuber 1941 (govermnment of palestine ) trans, jordan farontier force zerka, अन्तरगत रही काम गर्दा मैले चार वटा (मेलुखामा ) लडाइमा पाएको सफलताबाट हरेक बर्ष सम्मानित मेडलहरू प्राप्त गर्न सफल भए । अनि मैले १५ बर्षसम्म आर्मीमा क्याप्टेन रहेर काम गरे, काम गार्हो तर पैसा तलब थोरै भएकोले कहिले पनि महिना दिनसम्म खान पुग्दैनथियो । मैले आर्मीमा नै हुदा एक शुशील स्वभावकी छोरी जो बाटोमा हिड्दा पनि बाबाले अति नै मन पराउनु हुन्थ्यो र यहूदित जस्तो केटी मेरो घरको बुहारी बनाउनु ठिक छ ऊ पनि आमा बिनाकी टुहुरी छोरी हो भनेर कुरा गर्दा उसलाई मैले मेरो जीवनको साथी बनाए ।

 दिन दिनै मेरो झन् कष्टमय जीवन हुन् गयो तलबले कहिले खान पुग्दैनथ्यो, साना दुई बच्चा एक छोरा र एक छोरी जन्मे, आर्मीको क्वाटरमा बसेर जीवन निर्वाह गर्दा पनि एक दिन अरबीहरूबाट कोठामा भएको सबै सामानहरू जलाई दिए पछि शरीरमा लागाएको कपडा बाहेक हाम्रो केही थिएँन साथमा त्यहाबाट झन् अति नै कष्ट हुदा हामीले (वेत्केनेसेत) यहुदीहरूले प्रार्थना गर्ने मन्दिर त्यहा गएर शरण लिन पुग्यौ । यस्ता किसिमले जीवन चलिरहेको थोयो अनि मैले आफैले गाडीको द्रभिंग ट्रेनिग सेन्टर खोल्ने प्रयासमा आफन्तको सहयोगबाट जागिरलाई राजीनामा दिएर १९६२मा खोल्न सफल भए र बिस्तारै गर्दै हाम्रो जीवनका दुखहरू कम हुदै गयो । ३५ पैतिस बर्ष मैले ट्रेनिंग सेन्टर चलाए जे भए पनि दुख शुख मानवीय जीवनका परिचय रैछन । असल जीवन त्यहीबाट शुरु हुन्छ अनि गएर अन्त हुदा जीवित रहन्छ नाम भावी सन्ततिको लागि ।

 आज म तिमीलाई भू मध्य सागरको पूर्वी किनारामा बारम्बार प्यालेसटाँइन र इजरायल भनिने यो देशको लामो इतिहास भन्छु जुन मैले हरेक क्षेत्रमा कठिन काम गर्दा भोगेको छु ।

 हेर निशा जति जति सीमाना कोरियुन आज । तर इजरायल मध्य पूर्वको एउटा शक्ति शाली केन्द्रको रुपमा स्थापित भएको सबैले बुझेको नै छन । वास्तविक पनि हामी काम गर्न आउनेले निहाल्दा देखिने कुरा पनि यही नै हो, र पनि यो सत्यलाई आज पनि अरबिहरूले अस्विकार गरेका छैनन ।

 यहाका इजरायल जस्ता युवक युवतीले कति हो कति खुन र पसिना बगाए आफ्नो पूर्वजको थलोलाई जोगाइ राख्न । उनीहरूले यो सानो तिलको एउटा दाना सरी देशलाई एक शक्ति शाली राष्ट्को रुपमा स्थापित गर्न कौयौ संधर्ष गरे, त्याग गरे दिन रात भोक तिर्खा केही नभनी । तर हरपल विकल्पमा उभी दिने अरवीहरूले पनि बाधक को रुपमा आफ्नो पुर्खाको थलो भनेर जोगाउन आफ्नो प्रयास निरन्तर गरिरहन छाडेनन र पनि हर कठिनाइलाई पन्छाउदै इजरायलमा स्वतन्त्र प्रधान मन्त्रि हुन् सफल भए ।

 यस्तो देखेर असन्तुष्टिको ज्वार भाटा उढेको, प्यालसटिनिहरूबाट उनीहरूले आफ्नो सार्बभौमिकता पहिचान र पुनस्थापन हुनु पर्छ भनेर अनेकौ किसिमका अनगन्ती आत्माघाती आक्रमण भए । कौयौ युवा युवतीहरू सहिद भए । यस्तो दैनीय अवस्थामा दिन रात रगतको होली खेल्न बाध्य भएका इजरायलीहरूले ठुलो कष्टमय संघर्षको सामना गर्नु पर्यो । त्यस पछि पनि उनीहरूले हरेक पटक आफ्नो अस्तित्वको निमित कौयौ कष्ट पूर्ण अवस्था वेतित गर्न पुगे । तर उनीहरू साना देखि बुडासम्म एकता बनेर हातेमालो गर्दै संघर्ष गरिरहे । त्यही अवस्थामा अनेकौ आतंकवादी र विभिन्न संगठनहरू जन्मन पुगे, अनि सबैले आ-आफ्नै तरिकाबाट इजरायलको इतिहासलाई ब्याख्या गर्दै द्धन्दको सम्पूर्ण कारण र परिणामको दोष विपक्षलाई दिदै गए ।

 इजरायल भन्दछ । इतिहास भन्ने कुरा त बिजयहरू द्धारा लेखिन्छ, जहाँ हार हुन्छ त्यहा सधै गलत साबित हुने गर्दछ । एउटा घटनालाई कहिले पनि दुई तरिकाले इतिहास बताउन पुगियो भने कहिले त्यो सत्य साबित हुदैन। तर पनि आजसम्म अरबीहरू र इहुदीहरू दुवै पुर्खेनी बाबु बाजेको जन्म थलोलाई साबित गर्न र आफू सत्य छन भन्न पच्ची पर्दैन्न ।

 अहिले इजरायलको पनि शारीरिक स्थिति दिनानु दिन अति नै कम्जोर हुदैछ, झनै उसकोभन्दा त श्रीमती इहुदित उमेरले ९० बर्ष भएकी उभन्दा पनि कठिन रोगले ग्रस्त, दिमागी सन्तुलन गुमाउन पुगेकी, न आँखा देख्छे न कान नै सुन्छे, न त दुई खुट्टा भएर पनि राम्रोसँग हिड्ने नै सक्छे, मात्र चिच्याइरहन्छे दिन रात । दिनानु दिन उसको शारीरिक अवस्था बिग्रिदो छ, जति नै पौष्टिक आहार खाए पनि ऊ स्वास्थ नहुने तर झाल्लक हेर्दा हट्टा कट्टा देखिन्छे । इजरायलको गरिबी जीवन भएर होला उसले हर किसिमको कामहरू गर्न जानेको छ, समय र परिस्थिति अनुरुपका कामहरू सानो ठुलो राम्रो नराम्रो नभनी गर्नाले उसले शैनिक हुदा क्याप्टेन पोष्टमा उसको आफ्नो जन्म भूमि प्रति दिएको योगदान आज पनि धेरै पुरस्कृत, मेडल, सम्मान पत्रहरू साचेर राखेको मैले आफ्नै आँखाले देखिकी छु । जवानीमा हट्टा, कट्टा सुन्दर चेहेरा भएको इजरायललाई मन नपराउने कोही थिएन्न रे ।त्यस्तैमा उसको जवानीको पलमा अंगालोमा बाधिएर खिचिएका प्रेमिका संगको तस्वीर आज पनि रमाइलो पलसँग हराउदको क्षणले ऊ मुस्कुराउँदै भन्छ यो धिप धिप गरेर रहने इतिहास हो, तर बास्तबमा उज्यालो प्रकाश दिने यी मेरी श्रीमती हुन् ।

 आज बुडो भएर पनि आफ्नो अतीतलाई सम्झेर दुख शुखमा हातेमालो गर्ने श्रीमतीको अवस्था जति नै जटिल उसको लागि भए पनि, जस्तो सुकै संकट आई परे पनि आफ्नै अंगालोमा राख्न छान्छ ऊ, जसरी आफ्नो जन्म भूमि बचाउन ऊ क्याप्टेन हुदा गरेको साहसी शैनिक भएर कहिले लेवनन त कहिले गाजाको लडाइमा ऊ निरन्तर आफू अघि हुन्थ्यो, साहसी वीर शैनिक क्याप्टेन इजरायलले पाच चोटीसम्म भएको आत्माघाती अरबीहरू संगको लडाईमा एक रत्ति भर पनि नडराई आफ्नो जन्म भूमिलाई र पुर्खाको शानलाई बचाई राख्न आफ्नो पसिना, रगत बगाइरह्यो, लडिरह्यो, ऊ कहिले आत्तिएँ, आफ्नो दृढ विश्वास, स्वाभिमान र धैर्यताका साथ हिम्मत गरेर लड्ने र शैनिकको जिम्मेवारीलाई बहन गर्ने गर्दथ्यो रे, ऊ भन्छ तिमीलाई विश्वास लाग्दैन नपत्याए मसँग भएका सबै डकुमेन्ट हेर, मैले पाएका मेडेल, शिल्ड, अनि प्रमाण पत्रहरू यी हुन् ।

 उसको असल व्यवहार र शाहासी प्रसंशा गरेको गभर्मेन्टले दिएको सम्मान पत्रमा खुलस्त छ । भलै आफ्नो देशको रक्षा गर्दा पहाड जस्तो जवानीमा आफ्नो यात्राहरू गर्दाको सुनौलो पल, पीडा, गरिबी, जीवन होश वा सानोको दुख होश, यी सबै आज मेरो इतिहास भएर रहेका छन् । कमाईले श्रीमती मेरो दुई छोरा छोरीलाई राम्रो खान लगाउन दिन नसक्नु उसले पाएका कष्ट, झन् अरबिले बस्ने सानो कुटी जलाई दिए पछि र बालक छोरा छोरी बोकेर बिरालोले बच्चा सारे झैँ कहिले कसैको घरमा कहिले आफन्तको घरमा जादाको पीडा सम्झन छ अनि भन्छ जीवन के हो त्यो बेला थाहा हुन्छ निशा जुन बेला आफूसँग केही हुन्न र अरुसँग हात पसार्दा नाना भाति कुरा बचन लागाउदै दर दर ठक्कर पाइन्छ उसले जिन्दगीलाई ब्युझने अबशर पायो रे गरिबीको महत्व अनि पैसा भन्ने चिज के बुझ्यो रे, तर कहिले ऊ पैसामा बेचिएँन अरे ।

 गरिबी जीवनमा साथ दिने आफ्नी श्रीमती आज पनि कठिन रोगले ग्रस्त छिन् र पनि ऊ संगको जीवन पहाड झैँ अटल, हिमाल झैँ शान्त, हुदै आफ्नो अंगालोमा राख्दै मुस्कुराउछ र भन्छ जीवन देऊ तर स्वास्थ देऊ भगवान । जसलाई मैले दिन रात आफ्नो हातले चाकडी गर्दै आएकी छु । हो मैले यिनीहरूलाई देखेर जीवन जीउनुको महत्व बुझे, मानव जीवनको पहिचान किन र श्रीमान श्रीमतीको अटल विश्वासको सफलतालाई नजिकबाट हेर्न र बुझ्न सफल भए ।


 हाल : इजरायल
प्रकाशन मितिः२०७२ पुस २८ गते मंगलबार

SHARE THIS

Author:

Facebook Comment