ब्रेनटयुमर, नोजटयुमर र इनामिया रोगको जडिबुट्टिबाट सफल उपचार

बारा १९ गते जेष्ठ । एसियामा नै अहिले सबै भन्दा खतरानाक रोगको रुपमा देखिएको ब्रेन टयुमर, इनामिया र नोजटयुमर रहेको हकिम म. ईसा अंसारीले आज पत्रकार भेटघाट कार्यक्रममा बताउनु भएको छ ।
उक्त रोगलाई समेत जडिबुटिको सेवनबाट ठिक पार्न सकिने कुराको अध्यन समेत अंसारीले गरी सकेको कुरा भन्नु भयो ।
नेपालमा रहेको मुल्यवान जडीबुटि नेपाली जनताले जडीबुटिहरु चिन्न नसकेर बर्षेनी करोडौ रुपैयाको जडीबुटी काम नलाग्ने घॉस सम्झेर उखालरे फाल्ने जुन काम गरि रहेका छन ।
त्यसलाई मात्र नेपाल सरकारले केही रकम लगानी गरी फाल्ने जडीबुटिलाई मात्र संकलन गरेर मेशिनद्वारा पावडर बनाएर भारतीय बजारमा रहेको औषधालयमा मात्र बिक्री बितरण गर्न सकियो भने  सरकारलाई करोडौ रुपैया बर्षेनि आउन सकिने कुराको प्रस्ताव बारम्बार मन्त्रालयमा समेत उठाउदा कसैले ध्यान नपुर्‍याएको र प्राईबेट लगानि गरेर काम गर्न चाहने ब्यक्तिलाई पनि सरल प्रकारबाट अनुमति पत्र समेत उपलब्ध गराउन नमानेको कुरा हकिम अंसारीले बताउनु भयो ।
साथै हकिम अंसारीले हाम्रै घर वरिपरी करेसाबारी, पोखरी र खोलाको छेउछाउमा पाउने जडीबुटीबाट नै मानिसमा लाग्ने ७५ प्रतिशत रोगको निवारण गर्न औषधिहरु पर्यप्त मात्रमा पाउने गरेको र उक्त जडिबुटीलाई पहिचान गरेर औषधिको रुपमा मात्र सेवन गरेमा नेपाली जनताको बर्षेनी करोडौ रुपैया बिदेशिने बाट जेगिन संभावना पर्यप्त मात्र भएको कुरा जानकारी गराउनु भएको थियो ।
निज पर्सा जिल्ला बीरगंज उपमहानगरपालिका वडा नं २ छपकैया निवासी स्व. म.सुजायत मियॉ अंसारीको जेठो छोरा म.ईसा अंसारी भारत उतर प्रदेश मुस्लिम युनिभर्सिटी अलिगढमा हिकमत बिषयमा ८३ प्रतिशत मार्क ल्याएर पास गर्नु भयो ।
त्यस पश्चात अंसारी अलिगढमा नै चर्चित एवं मशहुर अलिगढका हकिम हजमल खॉ‘नको औषाधलयमा जडीबुटीबाट बिरामीहरुको बिभिन्न प्रकारको रोगको परिक्षण गरी औषधि निर्माण गरी दिने औषाधलयमा ५ बर्ष सम्म काम गरेर उहॉ २५ बर्ष अगाडी नेपल फर्कनु भएको थियो ।
साथै हकिम अंसारीले व्रेन ट्युमर, नोज टयुमर र इनामिया  लगायत रुग्ण बिरमीहरुको सफलता पुर्वक उपचार गर्न सफल भएको कुरा कार्यक्रममा बताउनु भएको थियो । 

SHARE THIS

Author:

Facebook Comment