पाँचथर, वैशाख २२ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतले पूर्वमा संघीय गणतान्त्रिक मोर्चाले गरेको बन्दको कुनै अर्थ नभएको भन्दै मतदाता नामावली संकलनमा अवरोध नगर्न बन्दकर्तालाई आग्रह गरेका छन् । आज पाँचथरको फिदिममा संचारकर्मीसँग कुरा गर्दै उनले नेकपा–माओवादीलगायत आन्दोलनमा रहेका दलसँगपनि निर्वाचनमा सहभागी हुनुको विकल्प नभएको दाबी गरे ।
सरकारले चाँडै चुनावको मिति तोक्नुपर्ने उहाँको भनाई थियो ।