बिम्मी शर्मा....
“वीरगञ्ज गहवाटोल बस्ने कुर्बान हवारी तथा उनका साथीहरु ।” केहीवर्ष अघिसम्म नेपालमा एफएफ रेडियोको जन्म हुनुभन्दा पहिले विभिन्न देशीविदेशी रेडियो स्टेशनको फमाईशी गीत कार्यक्रममा सबैभन्दा बढी बज्ने यो एक सुपरिचित नाम हो । वीरगञ्जलाई अझ यसको गहवा टोललाई दक्षिण एशियामा परिचित गराउने श्रेय कुर्बान हवारीलाई नै जान्छ । हवारीले यसरी फर्माईशी गीतमा पठाउने पोष्टकार्डमा वीरगजको गहवाटोलको नाम नलेखेको भए शायद यो टोललाई कसैले चिन्थेनन् होला ? वीरगञ्जलाई देशविदेशमा धेरैले चिन्दछन तर त्यो ११ नं. वडामा रहेको गहवाटोलको नाम अन्तराष्ट्रिय स्तरमा चम्किनुमा हवारी कै योगदान छ ।
लगातार ४० वर्षसम्म नेपाल, भारत, पाकिस्तान तथा श्रीलँकाका रेडियो स्टेशनहरुमा फमाईशी गीत पठाएर हवारीले एउटा इृतिहास रचेकाछन् । अहिले वीरगञ्जको ठाकुरराम क्याम्पसमा सहायक क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालिरहेका ५३ वर्षीय हवारी आफ्नो विगत सम्झिदैं मुस्काउंछन् । अनेकौ रमाईलो घटनाले भरिएको उनको विगत र बाल्यकाल सुन्नेकालागि अत्यन्त चाख लाग्दो छ । १२ वर्षको उमेरमा ७ कक्षामा पढ्दैगर्दा दाजु सुलेमान हवारीले फरमाईशी गीत कार्यक्रममा आफ्नो नाम पठाउने गरेको देख्दा उनलाई पनि लोभ जाग्यो । हुन त दाजुले फर्माईशी गीत पठाउने पोष्टकार्डमा हवारीको नामपनि आफु अन्तर्गत हाल्ने गरेका थिए । तर उनलाई दाजुको देखासिकी फर्माईशी गीतकोलागि आफ्नो नाममा छुट्टै पोष्टकार्ड पठाउन मन लाग्यो । त्यसपछि उनी खाजाको पैसा बचाएर पोष्टकार्ड र हवाईपत्र किन्नथाले । लगातार २० वर्षसम्म एकदिन नबिराई आँधीबेहरी नभनी, सन्चो बिसन्चोको ख्याल लगरी हवारीले रेडियो नेपाल, रेडियो खस्र्यागँ, आकाशवाणी पटना, आकाशवाणी गोरखपुर, आकाशवाणी लखनउ, विविध भारती, अलईण्डियाको चारवटा गीती कार्यक्रम, रेडियो पाकिस्तान तथा रेडियो सिलोन (श्रीलँका) मा उनले दैनिक ५० भन्दा बढी गीतहरुकोलागि फर्माईश गर्दै पोष्टकार्ड पठाउंथे ।
उनी फमाईशी गीतमा सोधिने कठीन फिल्मी गीत सम्बन्धी प्रश्नहरुलाई सजिलैसंग हल गर्थे । हवारीको नशा, नशामा अहिलेसम्म गीतसंगीत बसेको छ । उनी नेपाली, हिन्दी गीतका जीवित बिश्वकोश नै हुनभन्दा फरक नपर्ला । उनले २० वर्षसम्म नबिराएर र त्यसपछि घर ब्यवहार र क्याम्पसमा पढाउन लागेपछि कहिलेकाँही बिराएर फमाईशी गीतमा सहभागिता जनाउंथे । उनले अहिलेसम्म आफ्नो फमाईशी गीतप्रतिको नशामा १ लाख भन्दा बढी पोष्टकार्ड र २ दर्जनभन्दा बढी कलमहरुलाई सहिद गरिसकेका छन् । पोष्टकार्ड धेरै लेख्नुपर्ने भएपछि हात दुख्न थाल्यो जसलेगर्दा हवारीले आफ्नो नामको पोष्टकार्ड नै प्रेसबाट छपाउन लगाए । जसमा मिति र गीतको नाम बाहेक अरु केही अपडेट गर्नुपर्थेन । उनी गीत सुन्थेनन् मात्र साथसाथै गाउंथे पनि जसलेगदाई उनको घाँटीमा र कानमा समस्या देखिसकेको छ । तर यसबाटपनि हवारी विचलित भएका छैनन् । अहिलेपनि नेपालका विभिन्न एफएम मा फोनबाट उनी गीत फर्माईश गरिरहेका हुन्छन् । राति १२ बजेसम्म उनको कानमा रेडियो झुण्डिएको हुन्छ । उनले अहिलेसम्म २० वटा भन्दा बढी रेडियो किनिसकेका छन् । हवारीको गहवास्थित घरमा एकैपल्ट ३ वटा रेडियो बज्दथ्यो जसमा विभिन्न स्टेशनबाट गीतहरु बजाएर उनी सुन्ने गर्दथे ।
आफ्नो गीतसंगीतप्रतिको लगावका कारण नेपाली तथा हिन्दी गीतका प्रख्यात गायक गायिकालाई भेट्ने मौका पाईसकेका छन् । हवारीले नयाँ नेपाली गीतहरुलाई थुप्रैपटक रेडिो नेपालमा फर्माईश गरेर हिटपनि बनाईदिएका छन् । जसलेगर्दा नेपाली गायक गायिकाहरु उनलाई असाध्यै माया गर्दथे । विशेषगरि वीरगञ्जमै जन्मिएका प्रकाश श्रेष्ठ र मधु क्षेत्रीका गीतहरु उनी बढी फमाईश गर्दथे । जसलेगर्दा अरु गायक गायिकालाई ईष्र्या हुने गरेको हवारी बताउंछन् । रेडियो नेपालका सबै कर्मचारीलाई उनको नाम कण्ठस्थ थियो र त्यहाँ जानआउन उनलाई छुट थियो । त्यस्तै रेडियो जगतका एउटा कहलिएका श्रोता भएका कारणले उनलाई विभिन्न श्रोता सम्मेलनमा बोलाईन्थ्यो । यस्तै एउटा श्रोता सम्मेलनमा भारतको कानपुर गएका बेला हवारीले स्वरसम्राज्ञी लता मँगेशकरलाई भेटेकाथिए । उनको नाम रेडियोमा धेरैपटक बज्दा बज्दा कसैलाई उनीसंग प्रेम भएको घटना अधँबैसे उमेरका हवारी लजाउंदै सुनाउंछन् । नवलपरासी बस्ने एक युवतीले आफ्नो रगतले चिठ्ठी लेखेर हवारीसंग बिबाहको प्रस्ताव राखेकि थिईन ।
३० वर्षअघि दशैंको बेला घुम्न र सिनेमा हेनै सीमावर्ती सहर मोतीहारी गएकोबेला उनी खानपिन गर्न एउटा होटलमा गएका थिए । त्यहाँ चिया पिउंदैगर्दा होटल मालिकले उनको नाम सोधे । उनले “मेरो नाम कुर्बान हवारी हो” भन्ने बित्तिकै त्यहाँ उनलाई हेर्न भीड लागेको थियो । त्यसैगरि बिहापछि आफ्नी श्रीमतीसंग वीरगञ्जको त्रिमूर्ति हलमा सिनेमा हेर्न गएकाथिए । सिनेमामा गीत आउने बित्तिकै उनी श्रीमतीलाई त्यो गीतको रचनाकार, संगीतकार र गायमगायिकाको नाम अथ्र्याउंथे । हलमा उनको पछाडि बसेको एउटा मान्छेलाई उत्सुकता लाग्यो र उनको सिनेमाई ज्ञानको बारेमा ईण्टरवलमा हवारीसंग आएर उनको नाम र काम सोध्यो । हवारीले आफुलाई गीतसंगीतमा उकदम रुची भैको भन्दै आफ्नो नाम बताईदिए । त्यसपछि त्यो मान्छेले आश्चर्य मान्दै “तपाई कुर्बान हवारी हो” भनेर सोधेको र हलमा सिनेमा हेर्न छोडेर उनलाई हेर्नलागेको भीड हवारीको सम्झनामा अहिलेपनि ताजै छ । उनी सिनेमा हलमा पनि गीत र गायकगायिका, संगीतकार र रचनाकारको नाम टिप्नकोलागि कापी, कलम लिएर जान्थे ।
हवारीलाई गीतसंगीतको चश्का कतिसम्म छ भने यदि लागुपदार्थ प्रयोग गर्नेलाई दुब्र्यवसनी भनिन्छ भने उनलाई पनि केही न केही नाम पदवी दिन सकिन्छ । हवारीले अहिलेसम्म आफ्नो जीवनको दुखको समयमा गरेको बदमाशीलाई लजाउंदै बताउंछन् । ३२ वर्षअघि उनी जुनबेला युवा थिए, गर्न हुने नहुने केही थाहा थिएन । त्यस्तोबेला क्यान्सर रोगले थलिएर उनको आमा बितिन । घरमा दुखको माहौल थियो, सब्र रोईरहेका थिए । घरमा संवेदना ब्यक्त गर्नेहरुको ताँती थियो । त्यस्तो दुखपूर्ण समयमा पनि हवारीले आफ्नो गीतप्रतिको आसक्तिलाइ छाड्न सकेनन् । कोठाको कुनामा बसेर, रेडिायो कानमा लगाएर र आवाज सानो पारेर गीत सुनेको क्षणलाई उनी बिर्सन पनि सक्दैनन् न कसैलाई बताउन नै सक्छन् । किनिकि त्यो कुनै ठूलो पुरुषार्थको काम गर्या थिएनन् उनले ।
हवारीले आफ्नो फमाईशी गीतको रहरका कारण श्रीलँका रेडियोमा जागिर पाउने भईसकेका थिए । २०३९ सालमा उनले आवेदन दिएकाथिए त्यसकालागि । तर उनको स्नातक तह पूरा नभए कोले उनको उदघोषक बन्ने सपना अधुरै रहयो । यसबाहेक हवारीले थुपै्र प्रशसंक पाएकाछन् । उन लाई देशीविदेशीसबै रेडियो स्टेशनका उदघोषकले चिनेकाछन र ती सबैलाई भेठ्नै मौका पाएकाछन् । ४० वर्षको आफ्नो फर्माईशी गीतमा भागेदारीको माध्यमबाट थुप्रैपटक सम्मान पाईसकेका छन् । उनलाई विभिन्न रेडियो स्टेशनले उपहारको रुपमा गीतको सिडी, रेडियो तथा किताब दिएकाछन् । अहिलेसम्म बिभिन्न एफएम र रेडियोलाइृ हवारीले एकदर्जन भन्दा बढी अन्तवार्ता दिसकेकाछन् । हवारीलाई पछाडिका लिनहरुलाइृ फर्केर हेर्दा एउटा सन्तोष के मा लाग्छ भने उनको लोकप्रियताको साथसाथै वीरगञ्ज शहर र यसभित्र रहेको गहवाटोलको पहिचान अन्तराष्ट्रिय रुपमा गराउन सकेकोमा ।
प्रकाशित मितिः२०७१ भदौ ५ गते बिहीवार