पूर्व युवराज्ञी बारामाःस्वागतमा जनसागर


बाराको गंजभवानीपुरमा शुरु भएको लक्ष्मी नारायण महायज्ञको समुदघाटनकालागि पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी शाह  बिहीवार बारा आउँदा उनको स्वागतमा आएका सर्वसाधारण साथै पूजा आजा गर्दै गरेको दृश्य । फोटोहरु–राम कुशवाहा



विश्व शान्तिको कामना गर्दै बाराको गन्जभवानीपुरमा बिहीबारदेखि लक्ष्मीनारायण महायज्ञ शुरु भएको छ । पूर्व यूवराज्ञी हिमानी शाहले गन्जभवानीपुरमा आयोजित विशेष समारोहका बीच महायज्ञको उद्घाटन गरेकी हुन् ।
महायज्ञ उद्घाटनका अवसरमा पूर्व यूवराज्ञी हिमानीले एक लाख एक रुपैयाँ नगद चन्दा सहयोग समेत गरेकी छिन् । विश्व शान्तिको कामना गर्दै आयोजना गरिएको नौ दिने महायज्ञको आयोजनाका लागी १३ लाख रुपैयाँ खर्च हुने आयोजक समितीले जानकारी दिएको छ ।
महायज्ञ उद्घाटनका लागी बुधबार राजधानीबाट हवाई मार्ग हुँदै सीमरामा विश्राम लिएकी पूर्व यूवराज्ञी हिमानी बिहीबार स्थलमार्ग हुँदै गन्जभवानीपुर पुगेकी थिइन् । महायज्ञको उद्घाटनपछि उनी राजधानी फर्कि सकेकी नेपाल साधु महासंघका संरक्षक बाबा शौरभनाथले  जानकारी दिएका छन् । उद्घाटन समारोहमा विद्यालयका छात्रछात्राले नृत्य प्रस्तुत गरेका थिए ।



SHARE THIS

Author:

Facebook Comment