यूवा स्पोर्टस क्लबले फुटबल प्रतियोगिता आयोजना गर्ने

वीरगन्ज, २४ माघः
यूवा स्पोर्टस क्लबको आयोजनामा वीरगन्जमा माघ २५ गते शनिबारदेखि फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ । वीरगन्जमा रहेकामध्ये विभिन्न दश वटा बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुको संलग्नतामा फुटबल टोली बनाएर प्रतिस्पर्धा गराइने क्लबका प्रतियोगिता संयोजक विनोद परियारले पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगितामा नेपाल बंगलादेश बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, महालक्ष्मी फाइनान्स लिमिटेड, नेपाल राष्ट्र बैंक, कन्ट्री डेभलपमेन्ट बैंक, एभरेष्ट बैंक, पब्लिक डेभलपमेन्ट बैंक, सनराईज बैंक, ओम्नी प्रालिको फुटबल टोलीको सहभागीता रहनेछ ।
नारायणी अञ्चल प्रहरी कार्यालयको पानीटंकीमा अवस्थित खेल मैदानमा प्रतियोगिताको आयोजना हुनेछ । प्रतियोगितामा लिग चरणका खेलहरु १५ मिनेटको समयमा र सेमीफाइनल खेल २० मिनेटको समयमा खेलाइने संयोजक परियारले बताए । प्रतियोगिताको सेमीफाइनल फागुन १० गते र फाइनल खेल फागुन १० गते आयोजना हुनेछ ।


SHARE THIS

Author:

Facebook Comment