एस.पी. खरेल सिनेमाघरमा


आर.सि.एन.बाट
वीरगञ्ज २५ गते चैत्र । राष्ट्र, राष्ट्रियता र जनता प्रति समर्पित भई सरकारले निर्माण गरेको प्रहरी संगठनमा रहेका एस.पी.हरुले सत्यम सेवम सुरक्षणम प्रति उतरदायी भई खेल्नु पर्ने भुमिकालाई कसरी जिम्मेवारी पुर्वक निर्वाह गर्ने कथा बस्तुमा अधारित एवम मनोरजनात्मकपुर्ण भोजपुरी फिल्म एस. पी. खरेल निर्माण गरिएको कुरा रिपोर्टस क्लब नेपाल पर्साको बिशेष साक्षात्कार कार्यक्रममा फिल्म निर्देशक सुरेन्द्र लाल प्रधानले बताउनु भयो ।
सो फिल्मको कलकारमा प्रदेशी साह, डलि सरकार, शिवजी बिश्वकर्मा, कलिम खान, राजेश यादव, खैरुद्दिन अंसारी, आनन्द चर्तुवेदी, पुष्पा पंडित, लगायत रहनु भएको छ ।
फिल्मको कथा सरोज कुमार पंडितले लेख्नु भएको छ । भने गितकारमा सुरेश कुशवाहा र फुल कुमार रहेका छन । उक्त फिल्म लगभाग रु. ४० लाख रुपैयाको लागतमा निर्माण गरिएको र फिल्म यहि चैत्र २६ गते देखि बीरगञ्ज, जितपुर , कलैया लगायतका क्षेत्रहरुको सिनेमा हलमा प्रर्दशन हुने कुरा सह निर्माता श्रीमति कमला प्रधानले सञ्चारकर्मी मालती कुशवाहालाई बताएकी छिन ।
कार्यक्रमको अतिथीमा फिल्मका नायक प्रदेशी साह, खलनायक शिवजी बिश्वकर्मा र नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष ध्रुव साह रहनु भएको थियो । भने उक्त बिशेष साक्षात्कार कार्यक्रमको सभापति रिपोर्टस क्लब नेपालका मधेश क्षेत्रिय संयोजक कन्हैया गुप्ताको सभापतित्वमा सम्पन्न भयो ।

SHARE THIS

Author:

Facebook Comment