१९ जनामा सर्वस्व सुम्पिने दरबार र १७ हजारमा चित्त नबुझाउने दलहरु, को असल ?

१९ जनामा सर्वस्व सुम्पिने दरबार र १७ हजारमा चित्त नबुझाउने दलहरु, को असल ?

– सोम बिक्रम सिंह
विदेशबाट बाकस आयो की नेपाली जनता स्तब्ध हुन्छन्, परिवारमा कोलाहाल मच्चिन्छ, श्रीमती, आमा, बाबु तथा बच्चाहरु डाको छोडेर घ्वा घ्वा रुन्छन्, वरपर खैलाबैला मच्चिन्छ, दृष्य हृदय बिदारक हुन्छ । किनभयो होला यस्तो, बाकसमा के आउँछ यस्तो जसले वरपरको वातावरणमा खैलाबैला मच्चाईदिन्छ ।

देशका कर्णधार मानिने युवाहरु आफ्नो बाल बच्चा, श्रीमती, बाबु आमाको पेट पाल्न र परिवार संचालन गर्न मुस्लिमको देशमा रगत पसिना चुहाउन मरिहत्ते गर्दै जान्छन् । बिडम्बना धेरै कारणले गर्दा आफनो प्राण भन्दा प्यारो मुलुक, परिवार र समाजलाई संसारबाट छोडी विदेशी भूमीमा ज्यान गुमाउँछन् र क्रिश्चियनको लाश बोक्ने कफीनमा कोही सग्लो त कोही टुक्रा टुक्राको अवस्थामा, कोही सडेर त कोही चिन्नै नसक्ने अवस्थामा मात्रृ भूमीमा आइपुग्छन् ।

जति यस्ता घटना विदेशी भूमिमा घट्न पुग्छन्, तब तब नेपाली जनताले नेपालका राजनैतिक पार्टी र नेताहरुलाई स्मरण गर्छन, एक प्रेमीले आफ्नो प्रेमीकालाई मीस गरे झैं । नगरुन पनि कसरी उनीहरुका प्रत्येक चुनावी घोषणा पत्र र भाषणमा स्वदेशमा उद्योग धन्दा संचालन गर्ने, युवाहरुलाई स्वदेशमै रोजगारी दिने जो हुन्छन् । त्यती मात्रै कहाँ हो र उनिहरुकै रगत पसिनाको कमाईबाट आएको रेमिट्यान्सको पैंसाले चिल्ला एसी युक्त गाडि चढेर आलिशान बंगलामा मस्ती गरीरहेका हुन्छन् ।

जनताको यस्तो दु:ख र आँसुमा केहि नेताहरुले देखावटी नै भला संबेदना सम्म दिन पुग्छन् तर कुनै गुण्डा ईन्काउन्टरमा मारिदा कुर्लने, पार्टिको झण्डा ओढाउन सम्म पुग्ने नेता तथा राजनैतिक दलहरु यतिबेला कहाँ जान्छन् ? आजसम्म मैले त देखेको छैन, कुनै नेपाली मजदुर बिदेशी भूमिमा जाँदा भलै उसको गल्ती नहोस् तैपनी मारिन्छ उसको अन्त्यस्टीमा गएर उनिहरुको परिवारको दु:खमा सामेल भएको ।

म कसरी बिस्वास गरु उनीहरुका पार्टिका चुनावी घोषणा पत्र र भाषणहरु, जबकी हाम्रा देशका प्रथम मजदुर नेता स्व. गिरीजाप्रसाद कोईरालाले उदारवाद र निजीकरणको नाममा चीन र रुसले बनाई दिएका उद्योगहरु कौडीको रुपमा बेचिदिएर मजदुरको पेटमा लात हानेको ? यदि मेरो बुझाई गलत छैन भने चीन र रुसका जनताबाट संकलित करबाट बचेको रकमले बनेका हाम्रा ठूला ठूला उद्योगहरु, जापान लगायत अन्य राष्ट्रका जनताबाट आएको सहयोगबाट बनेका संस्थाहरु आफना कार्यकर्ता भर्तीकेन्द्र बनाईए तथा तहस नहस गरी देशको आर्थिक अवस्था जर्जर बनाईए ।

आर्थिक क्रान्तिको नाममा देशमा बिध्वंश मच्चाएर आफु, पार्टी र परिवारको नाममा अपार सम्पत्ती थुपारी बसेका नव नवाफहरु जन्माउने कार्य यस देशको अर्को धुन्धकारीको जमात माओवादीलाई नै जान्छ । नेपाली जनताको रगतको आहालमा खेली क्रान्तिको नाममा देशको उच्च ओहोदामा बसी ब्रम्हलुट मच्चाउदै बसेका हाम्रा क्रान्तिकारी नेताहरु जुन बर्तमान अवस्था (नयाँ नेपाल) का मुख्य भागीदारहरु हुन् ।

अचम्म लाग्छ, आज यहाँ दिनहु जसो जनताको सम्बृद्धि र देश बिकासका नाममा नयाँ पार्टीहरु खोलिन्छन् । तिनै मध्ये एक हिजोका क्रान्तिबारी धारबाट पैदा भएका बाबुराम भट्राईको नेतृत्वमा नयाँ शक्तिको नाममा नयाँ पार्टी खोलिएको छ । तिनै भट्टराई लगायत अन्य टाउकेहरुको लहडमा क्रान्ति र सशष्त्र युद्धको नाममा मरेका ज्ञात अज्ञात ब्यक्तिहरुको परिवारलाई त्यो घटना बिर्सन आग्रह गरिएको छ । माओवाद र माक्र्सवादबाट मुलुक चल्दो रहेनछ, नेपाली माटो र परिवेशमा त्यो सुहाउदो प्रयोग रहेनछ, संसदवादी धार नै प्रमुख बिकास तथा सम्बृद्धकिो धार रहेछ भने किन त्यत्रो नर संहार तथा देशको खरबौं रुपियाको सम्पत्ती ध्वस्त गरीयो त ? आखिर फेरी त्यही संसदवादी धार र कुर्सिको लुछाचुडीमै ओर्लिएका  बाबुरामलाई प्रश्न छ, के राजा मात्रै यो देशको बिकास र सम्बृद्धिका बाधक थिए त ? यदि उनी बाधक थिए भने १९ जना नमर्दै खुरुक्क राजसंस्था छोड्ने ब्यक्ति हुँदा हुदै १९ हजार माथिका जनतालाई किन अनाहकमा मार्नु पर्यो ? किन १९ खरब भन्दा माथिको देशको सम्पत्ती ध्वस्त गर्न पर्यो ? उनी विकास, सम्बृद्धि, शान्ति तथा आर्थिक क्रान्तिको बाधक थिए भने किन त्यसबेला यसबारे नेपाली जनता माझ बहस चलाईएन ? किन कोही ब्यक्ति गएर तत्कालीन राजा ज्ञानेन्द्र तथा स्व. बीरेन्द्रलाई यस बारे सम्झाउने, बुझाउने प्रयास गरिएन ?

अर्का अवसरबादी र रंग फेर्न सिपालु कहलिएका नेता प्रचण्ड पहिले ठूला ठूला कुरा खोक्थे, राजालाई फाले भनेर कुम हल्लाई हल्लाई मन्द मुस्कान छोडी जनताको अगाडी खुब कुर्लन्थे । तर तिनै ब्यक्ति आज नेपाल भन्दा बाहिर जान छेर भालु छेर छन् । विदेशको नाम सुन्ने बित्तिकै जानको लागि लालायीत हुन्छन् तर जाने बेला आएपछी पुरानो पाप र अपराध कराउन थाल्छ, भ्रमण स्थगित गर्दै बस्छन् । नेपालमा नै बस्न पनि बिचरा आज मरिन्छ की भोली मरीन्छ भनी आगे पिछे जमातका जमात बन्दुकधारी राख्न पर्ने अवस्था आयो । आज यिनै प्रचण्ड र यिनको क्रान्तिका कारण देशमा असुरक्षा र बस्ने वातावरण नहुँदा जनता देशै छोड्न बाध्य भए, बिचरा कोही बन्द बाकसमा आउने क्रम जारी छ ।

पंचायतकाल जति निरंकुश र तानाशाह भनिएपनि केहि विकासका दिर्घकालिन योजना तथा रेखाहरु कोरिएको हामी नर्कान सक्दैनौ । तर पंचायत भित्र पनि केहि त्यस्ता पंचहरुका कारण पंचायत शासनलाई पूर्ण रुपमा राजनैतिक दृष्टिबाट सफल मान्न नसकिएको आम बुझाई छ । जस्तो तत्कालिन अवस्थामा कहलिएका पंच सूर्यबहादुर थापाको रंग फेर्ने चरित्र, उनि लगायत अन्य पंचहरुबीच आपसमै फुट र खिचातानी आदि कारणहरुले गर्दा पंचायतकाल र तत्कालिन राजनैतिक कालखण्ड पूर्णरुपमा सफल हुन सकेन ।

त्यति मात्र होईन, पंचायतका नायक महेन्द्रको राष्ट्रवादी, अभिछिन्न र समुन्नत नेपालको सोचलाई तत्कालिन भारतीय शासकहरुले गिद्धे दृष्टिले हेरेकै हुन् । यहाँनेर एउटा प्रशंग उठाउन खोजे, तत्कालिन अवस्थामा राजा महेन्द्र र ईन्दिरा गान्धि बिच बहस हुन पुग्यो । ईन्दिरा गान्धिले नेपाललाई भारतभित्रै गासौं भन्ने प्रस्तावमा राजा महेन्द्रले हुन्छ भन्दै भने, एउटै बनाउ तर नाम चाँही नेपाल नै राखौं । यो कुरा ईन्दिरा गान्धिलाई पाच्य भएन र भारतीय सम्पन्नताको धक्कु देखाईन । महेन्द्र पनि के कम उनले भनिहाले, हाम्रो देश जति गरिब भएपनि दुई छाक हातमुख जोर्न समस्या छैन, तिमीहरुको जस्तो खानै नपाएर सडकमा भिख मागेर हाम्रा जनता बस्नु परेको छैन । महेन्द्रको यो बाक्यलाई गाली झैं सम्झिएकी ईन्दिराको मौका पर्नासाथ बहुदलबादीहरुको सहकार्यमा बहुदल सँगसँगै सडकमा मगन्तेहरु र मगन्ते संस्कृति बोक्ने संस्कारलाई पनि काठमाण्डौं भित्र्याउने सोच सफल भयो । पंचायत पनि ढल्यो, देशले दश बर्षिय जनयुद्धको मार पनि खेप्यो, अन्तरिम संबिधानमा देश चलेर अन्तत: संबिधान जारी गर्ने सम्ममा राजनैतिक दलहरु सफल भए ।

संबिधान बनेपछी नेपालले दुबै राष्ट्र भारत र चीनबिच राम्रो सुमुधुर सम्बन्ध राख्ने, स्थानीय चुनाव गराएर अन्तराष्ट्रिय छबि राम्रो बनाउन खोजे पनि देश भित्रको अवस्था भने असरल्ल नै छ । अविश्वासको ठूलो खाल्डो, बिकासको बाटोमा ठूला ठूला भ्वांग तथा राष्ट्रको नेतृत्वमा अझै ठूलो खडेरी छ । देशको हालका स्थायी संस्थामाथि जनताले कडके नजरले हेर्ने चलनले गर्दा राष्ट्र अग्रगामी छलांग लगाउन सकि रहेको अवस्था छैन । जहिले सरकार फेर्ने, राष्ट्रिय सहमतिको सरकारको कुरा उठि रहन्छ, जनता रणभुल्लमा छन् ।


राष्ट्रीय सहमतिको सरकारको कुरा पनि उठाईन्छ, जब सम्म बिभिन्न पार्टिले उठाएको एजेण्डा नैं अलग अलग धारको हुन्छ भने कसरी राष्ट्रिय सरकार बन्ला त ? राष्ट्रिय सरकार बनिहाले पनि राष्ट्रिय ढुकुटी सिध्याउने ओम शान्ति भागबण्डाको आधारमा बन्ला । राष्ट्रिय सरकार नबनेको खण्डमा बिदेशी शक्तिले प्रचण्डलाई नयाँ प्रधानमन्त्रीको रुपमा हेरेको देखिन्छ भने देउवा नौ महिना पछि अर्को प्रधानमन्त्रीको रुपमा प्रोजेक्ट भइसकेको अवस्था छ, केपी ओलीले संबिधानसभा बिघटन गरेनन् भने मात्र । त्यसै कारणले देउवा, प्रचण्डको नेतृत्वमा लचक देखिएका छन भन्ने ठम्याई गरे हुन्छ । तर प्रचण्ड पछि देउवाको समयमा चुनावीय सरकारको पनी बहस नचल्ला भन्ने छैन ।

अहिलेको समसामयिक राजनीतिक अवस्थालाई नियाल्ने हो भने पश्चिमा तथा युरोपियन शक्तिले यस संबिधानलाई कार्यान्वयन भएको देख्न चाहन्छ । केपी ओलीको सरकार चिन तिर ढल्केको बुझाईले दक्षिण पन्थि र स्वयं भारत ओलीसँग चिढिई केपीलाई अपदस्त गर्न चाहन्छ भन्ने आम जनताको बुझाई रहेको छ ।

त्यसैकारणले होला हाल प्रचण्ड केपी सरकार ढलाउने प्रमुख गोटीको रुपमा प्रस्तुत भएका । तर नेपालको राजनीतिमा रातिको ११ बजेर ५९ मिनेटमा बिभिन्न राजनीतिक खेलहरु भई पल्ला कता भारी हुन्छ पत्तै पाईन्न् । कतिले त फेरी प्रचण्डलाई रातको १२ बजेको प्रहरमा अर्को ठूलो धक्का फेरी भारतबाट हुन्छ की भन्ने आँकलन गर्दैछन् । राजनीतिक बिश्लेषकको बुझाईमा भारतले यो संबिधान कार्यान्वयन भएको देख्न चाहँदैन । यही नै प्रचण्डको लागि ठूलो प्रहार हुन सक्छ । नेताहरुको खिचातानिमा देश र जनता भडखेलोमा जाने हो ।

ईतिहासलाई नियालेर हेर्ने हो भने यिनै नेताहरुको खिचातानीले गर्दा राजा महेन्द्रले नयाँ राजनैतिक रेखाकंन गर्नु परेको । राजा महेन्द्रले तत्कालीन प्रधानमन्त्री बिपी कोईरालालाई देश दर्शनमा लगेको समयमा नेपाली जनताले आफनो प्रतिनिधित्वता गरी देशको गरिमामय स्थानमा बस्ने ब्यक्तिलाई नचिन्नु, देशको र जनताको यावत अवस्थाबारे र आफनो समस्याबारे राजासँग गुनासो गर्नाले पनि राजनीतिक, रणनिती राजा महेन्द्रबाट तयार भै सकेको थियो । त्यस समय बाउको बिर्ता झैं हाम्रो अस्मितालाई दाउमा राखी भारतसंग राष्ट्रियता र राष्ट्र चुक्ने गरी गरेको सन्धी र सम्झौताले पनि राजा तथा जनता त्यस समयको सरकारको भारी बोक्ने नेपाली कांग्रेससँग चिढिई सकेको थिए । के २०१७ साल ल्याएर देश जोगाउन खोज्नु नराम्रो थियो त ? के प्रजातन्त्रको नाममा देशका जनतालाई राष्ट्र बिहिन बनाउनु चाँहि राम्रो हो त ? यावत कुराहरुले नेपालमा नेपाली नेताहरु फेरीपनि असफल हुदै गईरहेको देखिएका छन् ।

तर यी सबै नाटककारहरुको नाटक मञ्चनले जनताले खुशीको अनुभूति गर्न सक्लान त ? कदापी यी नेतृत्वबाट जनता खुशी हुने वा मुलकले निकास नपाउने देखेरै होला, राजसंस्थाको पक्षमा ठूलो जमात तयार भएर बसेको । तर नेतृत्वको खडेरी भएर नै होला, यसभित्र पनि कहिले बेबी किंगको बहस कहिले राजावादी, राजतन्त्रवादी तथा राजसंस्थावादी भनि स्पष्ट तीन धार उत्पादित भई कहिले निचोडमा नपुग्ने बहस सृजना भएको ।

तसर्थ यो देशमा राजसंस्था स्थापित हुन जरुरी छ र राजसंस्थाको अभिभावकत्व तथा नेतृत्वमा राष्ट्र अगाडि बढ्न सक्छ, समृद्धिमा लम्कन सक्छ र राष्ट्र स्थिर रहन सक्छ भन्ने पक्ष जनतालाई जागरण गराउन जरुरी छ ।

युवराज गौतम दाईले गुनगुनाईरहनु हुने चेतन कार्कीदवारा रचित गीत फेवातालको कत्ले माछा हर्पन खोला धाउछ, बुढो पोईको ओछयान लाउदा जागर मरी आउँछले एउटा मार्मिक दृष्य चित्रण गर्छ । बृद्धाअवस्था लागेका राजाबाट के आशा गर्न सकिन्छ भन्ने शंका कतिपयमा उत्पन्न हुन पनि सक्छ । राजा ज्ञानेन्द्र यसपाली असार २३, २०७३ साल ७० बर्ष पुगे । जनतालाई राजाको उमेरले गर्दा जोश जागर नलागेको भन्दा नेतृत्वको बिश्वासको खडेरीले गर्दा जागँर नलागेको स्पष्ट हुन्छ । नत्र भए राजाको झापा भ्रमणमा किन भान्छा नै उल्टेर राजाको दर्शनको लागी भगवानको रुपनै मानी ह्वारह्वार्ती रानोलाई मौरीको बथानले छोपेझैं छोप्न पुगे त । राजालाई बिष्णु भगवानरुपी नमानेनी बरिष्ठ तथा प्रख्यात निबन्धकार तथा चित्रकार ८० बर्षे मनुजबाबु मिश्र भगवान मान्दैनन् तर उनको लागी राष्ट्रवादी राजा महेन्द्र नै भगवानरुपी हुन भने झै नेपाली जनताले पनि राष्ट्रको लागि राजन ज्ञानेन्द्रलाई भगवान राम रुपी नै मानी आएको प्रमाणीत हुदै गएको छ ।

अन्तमा, राष्ट्रियताको जगेर्ना, राष्ट्रको भलो, नेपाली दाजुभाई तथा दिदी बहिनी बिदेशीनबाट रोक्ने, देशको बिकास गर्न, अर्थतन्त्रमा अभिबृद्धी ल्याउनलाई स्थिर संस्थाको आवश्यकता छ भन्ने बहसको अत्यन्त जरुरी छ । यी सबै पक्षका लागि देशमा राजसंस्थाको आवश्यकता छ भने राजसंस्थालाई उचित सम्बोधन गर्ने सही नेतृत्वको खाँचो छ । कथंंकदाचीत सही नेतृत्व भेटिएनन् भने जनता आफै जाग्न जरुरी छ । जनता आफै सडकमा आई राजालाई ल्याई राजसंस्था स्थापित गरी देशमा राजतन्त्रात्मक शासन ल्याई यो राष्ट्र जोगाउन आवश्यक छ । तसर्थ जनता आउ, राजा ल्याउ, राष्ट्र जोगाउ ।

प्रकाशन मिति ः२०७३ साउन ०६ गते
संविधानको आफुखुशी व्याख्या प्रारम्भ

संविधानको आफुखुशी व्याख्या प्रारम्भ

-स्वयम्भनाथ कार्की

विगतमा कैयौं आलेखहरु आए, विभिन्न माध्यमहरुद्वारा भनियो । तर त्यो बेला यस्ता कुरा उठाउनेहरुलाई प्रतिगामी, प्रतिक्रियावादी, परिवर्तन विरोधी जस्ता संज्ञा दिईयो । यस्ता आवाजहरु सकेसम्म दवाईए । प्रमुख संचारगृहहरुले ती बोलीहरुलाई अछुतको जस्तो व्यवहार गरे । अनेकौ विदका संज्ञाले स्वविभूषितहरुले सामान्य मर्यादाको तह भन्दा तल खसेर गरेका गाली उल्लेख पनि गर्न नसक्ने किसिमका थिए । अहिले संविधान कार्यन्वयनको पहिलो चरणमा छ । यहि संविधानको स्वागतको निमित्त राज्यकोषबाट करोडौं खर्च गरेर दिपावली, भित्तेलेखन सबै भए । ९० प्रतिशतको समर्थन भएको एसियाको उत्कृष्ट भनिएको संविधानमा शुरुमै मीनमेख निकाल्न शुरु भएको छ ।

त्यसवेला प्रतिगामी आरोपितहरुले उठाएका विन्दूहरु अहिले स्वघोषित अग्रगामीहरुले उठाउँदैछन । उतिखेर अछुत मानेको विषयमा छलफल चलाउन प्रमुख संचारगृहहरु अधिकतम समय, स्थान दिदैछन् । संविधान जादुको पुस्तक हैन, जनतालाई यस्तो भ्रम नदिईयोस् भनेको कुरा त्यसवेला प्रतिगामी भएको थियो भने अहिले यही कुरा संविधानको पक्षमा भनिदैछ । स्पष्ट र सरल भाषा हुने पर्ने कुरा त्यसबेला नमानिदा अहिले सरकार गठन गर्ने संवैधानिक प्रावधान छ र छैन भन्ने कुरामा लामोलामो बहस हुँदैछ । कुनै पनि संविधान गतिशिल हुन्छ समयानुकुल परिवर्तन गर्दै लैजानु पर्दछ हमेशा बदल्नु हुन्न भन्ने त्यसवेला प्रतिगामी ठहराईएको तर्क अहिले अगाडी सारिदैछ ।

माघ ७, २०७४ मा स्वत: निस्प्रभावी हुने भागमा त यति अन्यौल छ भने त्यसपछि कति अन्यौल आउने हो भन्ने कुरा विचार गर्न अझै तैयार छैनन । “जता भत्क्यो त्यतै दैलो” टाँस्ने यो प्रवृतिले मुलुक अध्यारो सुरुङ भित्र पस्न लागेको महशुस जनताले गर्न थालेका छन् । सरकार परिवर्तनको संभावना अहिले अचानक आएको हैन । सुशील कोईरालाले हटन नमान्ने छेकछन्द देखेपछि पनि यो अवस्था देहरिन सक्छ भन्ने हेक्का नराख्नु कमजोरी हो । आफ्नो यो कमजोरी स्विकार गर्नुको साटो प्रश्न उठाउनेलाई गाली गरेर यो विवादलाई झन मौलाउने मौका दिनु बुद्धिमानी भन्न सकिन्न ।

संविधानलाई मुलुकको मुल कानुन भन्दा पनि अझै राजनैतिक शक्ति संतुलनको दस्तवेज भनेर भनिदैछ । यदि यो परिभाषा स्विकार गर्ने हो भने हरेक राजनैतिक शक्ति संतुलनको परिवर्तनमा त्यस अनुकुल आफै परिवर्तन हुनु पर्ने हो । अनि यस अवस्थामा भएका दलहरुका विचका हरेक सहमति, सम्झौता स्वत: संविधानको अंग बन्नु पर्ने हो । यो अभ्यास नेपालको निमित्त नौलो पनि हैन । २०६३ को अन्तरिम संविधानको वेला यसको प्रशस्त अभ्यास भई सकेको छ । व्यवस्थापिका संसदका सदस्थहरुको नाम, तात्कालिन बेलामा भएका अनेकौ सम्झौताहरु सबै संविधानको अनुसुचिमा राखिई सकेको छ । खिलराजलाई सरकार सुम्पन संविधानले स्पष्ट मनाही गरेको प्रवाधानलाई अध्यादेशले काटेको नजिर पनि छ ।

संविधान जहिले पनि र जहाँ पनि मुलुकको मुल कानुन नै हुन्छ । त्यसैले यस संग बाझिने अरु कुनै कुरा गैर संवैधानिक हुन्छ । संविधानको खाका कोर्ने वेलामा त्यसमा पर्नुपर्ने र पर्नु नपर्ने कुराको निमित्त तात्कालिन शक्तिहरु विच कायम संतुलनले भुमिका खेले पनि लागु भैसके पछि सबै त्यो संविधानको अन्तरगत हुन्छन् । यो कुरा अस्विकार गर्ने हो भने खिलराज नियुक्तिताका जस्तै सरकारको सिफारिसमा राष्ट्रपतिले बाधा अड्काउ फुकाउन जे पनि गर्न सक्छन् । रुपान्तरित संसद विगठन गरेर बाँकी संक्रमणकालको निमित्त त्यसै ढाँचामा निर्वाचन घोषणा गरियो भने पछिल्लो नजिरले त्यसलाई मान्नै पर्ने हुन्छ ।

बाधा अडकाउ फुकाउने अधिकार धारा ३०५ केवल संक्रमणकालिन व्यवस्थावाला भागमा छ । अनि “यो संविधान बमोजिम संघीय संसदको निर्वाचन भई त्यसको पहिलो अधिवेशन प्रारम्भ नभएसम्म यो संविधानको कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा” भनेर संक्रमणकाल पछि निरस्त हुने कुरा उल्लेख छ ।

संक्रमणकाल पछि देखाईमा सरल शंसोधन भए पनि व्यवहारमा त्यो असंभव हुने छ । २०४७को संविधान दुई तिहाईले शंसोधन गर्न मिल्ने भए पनि हुन सकेन भने यो पल्ट त शंसोधनको प्रावधान त्यो भन्दा कठिन छ ।
भारतमा भाजपाको लोकसभामा प्रचण्ड बहुमतभए पनि राज्यसभामा अहिलेसम्म कमजोर स्थिति छ । त्यस्तै नेपालमा नयाँ संविधान अनुसार एकै सदनमा दुई तिहाई पुर्‍याउन त असंभव प्राय छ भने दुवै सदनमा त “आकाशको फल आँखा तरी मर” हुनेछ । सामान्य कुरामा बाहेक अरुमा संविधान संसोधन “भ्यागुताको धार्नी” नपुग्ने नेपाली समाजमा असंभव हो । आज यो कुरालाई हाँसोमा उडाए पनि केही समय पछि यही कुरामा लामाामा परिणाम विहिन बहसहरुका श्रृखला शुरु हुनेछन । बरु संविधान संक्रमणकालमा भएकै बखत आगामी अन्यौल हटाउने प्रयत्न हुनु पर्दछ नत्र यो संविधानको भविष्य मै प्रश्नचिन्ह लाग्न बेर छैन ।

विराटनगर १


प्रकाशन मितिः २०७३ साउन ०६ गते विहीबार
नवौं वर्षको प्रण

नवौं वर्षको प्रण

प्रकाशकीय
क्राइमचेक साप्ताहिक छापा माध्यमले राजनीतिक निरंकुशता, विद्यमान विसंगति, भ्रष्टाचार, कुशासन, तुच्छ व्यक्तिगत स्वार्थ, पार्टीगत विकृति, गुटगत स्वार्थ, विरुद्ध खबरदारी गर्दै राजनीतिक अधिकार तथा नागरिक स्वतन्त्रताको अधिकार प्राप्तिकालागि भूमिका निर्वाह गर्दै आएको छ । देशका सम्पूर्ण नागरिकलाई एकताको सूत्रमा बाँधेर शान्त, समृद्ध र आत्मनिर्भर नेपालको परिकल्पना गर्दै कलम संघर्ष गर्दै आइरहेको क्राइम चेक साप्ताहिकको नवौं वर्ष प्रवेशलाई साप्ताहिक परिवारले मुलुकको आर्थिक विकास र समृद्धि प्राप्त गर्ने वातावरण सिर्जना गर्न सक्दो भूमिका निर्वाह गर्नेछ ।

तराइ–मधेशमा रहेर आर्थिक अभावका बीच प्रेस स्वतन्त्रतालाई मजबुत बनाउन अनेकौं समस्या र चुनौतीको सामना गर्दै आफ्नो घोषित उद्देश्य, लक्ष्य र ध्येय पूरा गर्न र पाठकहरुकालागि यस साप्ताहिकलाई उपयोगी बनाउन सक्दो प्रयास जारी छ । वर्तमानको विश्लेषण र भविष्यको मार्गदर्शक बनाउने हाम्रो चाहना हो । जहाँ इच्छा, त्यहाँ उपाय, निरन्तरताले सफलताको शिखरमा पुर्‍याउँछ भन्ने कुरामा विश्वास गर्ने प्रकाशकले आफ्नो मार्गमा अविचलित रुपले अघि बढ्ने प्रयास गर्दा गर्दै पनि अनेकौं त्रुटी, कमजोरी, देखा पर्ने नै छन् । पाठकहरुको माया र सहयोग बिना पत्रकारिता दरिलो बन्न सक्दैन । दरिलो र मजबुत क्राइम चेकको जग बनाउन सामुहिक प्रयासको प्रयत्न गर्दा गर्दै संस्थगत पत्रकारिताको भूमिका निर्वाह गर्न खोजिंदै छ । आगोको झिल्का सानो भएपनि सुकेको खरमा सल्कन पायो भने क्षण भरमा सखाप पार्न सकेजस्तै पत्रिका सानो भएपनि साँघुरो क्षेत्रमा सीमित भएपनि प्रभावशाली सूचना र सन्देश, खोजी समाचार प्रकाशन गर्न सकिएमा सानो भएर पनि शक्तिशाली बन्न सक्दछ भन्ने विश्वास गर्दछु ।

पर्सा जिल्ला, देशकै प्रमुख प्रवेशद्वार वीरगंजमा राजनीतिका कारण निकै धमिलिएको छ । आर्थिक उन्नतिको मार्ग प्रशस्त हुन सकेको छैन । बिग्रिएको वातावरण बनाउन पत्रिकाले आवश्यक जनमत सिर्जना गर्न सक्दछ । अधिकार खोस्नेहरुका विरुद्ध लड्ने सशक्त माध्यम पत्रिका हो । अधिकार खोज्नेहरुकालागि बलियो हतियार पत्रिका नै हो । पत्रकारितालाई सहयोग गरेर, सदभाव राखेर सूचना र सन्देश ग्रहण गर्न पाठकहरुले सक्नु पर्दछ ।

यस क्राइम चेकलाई सदैव लेख, रचना, समाचार उपलब्ध गराउने, विज्ञापन दिएर सहयोग गर्ने, बेलामौकामा विभिन्न रचनात्मक सुझाव र सल्लाह दिने सम्पूर्ण महानुभावहरुप्रति कृतज्ञ रहने छु । पाठकहरुको रचनात्मक र सकारात्मक सहयोगबाट कमीकमजोरीलाई सच्याउँदै अघि बढ्ने  यस क्राइमचेक सबैकोलागि सधैंकालागि साझा पत्रिकाको रुपमा रहन चाहन्छ र आवाजविहीनहरुको आवाज बनि आत्मनिर्भरता, राष्ट्रिय एकता, स्वतन्त्रता र समृद्ध नेपाल निर्माणको महाअभियानमा लागिरहने प्रण गर्दछु ।

प्रकाशन मितिः २०७३ साउन ०६ गते विहीबार
नवौं वर्षको प्रण

नवौं वर्षको प्रण

प्रकाशकीय
क्राइमचेक साप्ताहिक छापा माध्यमले राजनीतिक निरंकुशता, विद्यमान विसंगति, भ्रष्टाचार, कुशासन, तुच्छ व्यक्तिगत स्वार्थ, पार्टीगत विकृति, गुटगत स्वार्थ, विरुद्ध खबरदारी गर्दै राजनीतिक अधिकार तथा नागरिक स्वतन्त्रताको अधिकार प्राप्तिकालागि भूमिका निर्वाह गर्दै आएको छ । देशका सम्पूर्ण नागरिकलाई एकताको सूत्रमा बाँधेर शान्त, समृद्ध र आत्मनिर्भर नेपालको परिकल्पना गर्दै कलम संघर्ष गर्दै आइरहेको क्राइम चेक साप्ताहिकको नवौं वर्ष प्रवेशलाई साप्ताहिक परिवारले मुलुकको आर्थिक विकास र समृद्धि प्राप्त गर्ने वातावरण सिर्जना गर्न सक्दो भूमिका निर्वाह गर्नेछ ।

तराइ–मधेशमा रहेर आर्थिक अभावका बीच प्रेस स्वतन्त्रतालाई मजबुत बनाउन अनेकौं समस्या र चुनौतीको सामना गर्दै आफ्नो घोषित उद्देश्य, लक्ष्य र ध्येय पूरा गर्न र पाठकहरुकालागि यस साप्ताहिकलाई उपयोगी बनाउन सक्दो प्रयास जारी छ । वर्तमानको विश्लेषण र भविष्यको मार्गदर्शक बनाउने हाम्रो चाहना हो । जहाँ इच्छा, त्यहाँ उपाय, निरन्तरताले सफलताको शिखरमा पुर्‍याउँछ भन्ने कुरामा विश्वास गर्ने प्रकाशकले आफ्नो मार्गमा अविचलित रुपले अघि बढ्ने प्रयास गर्दा गर्दै पनि अनेकौं त्रुटी, कमजोरी, देखा पर्ने नै छन् । पाठकहरुको माया र सहयोग बिना पत्रकारिता दरिलो बन्न सक्दैन । दरिलो र मजबुत क्राइम चेकको जग बनाउन सामुहिक प्रयासको प्रयत्न गर्दा गर्दै संस्थगत पत्रकारिताको भूमिका निर्वाह गर्न खोजिंदै छ । आगोको झिल्का सानो भएपनि सुकेको खरमा सल्कन पायो भने क्षण भरमा सखाप पार्न सकेजस्तै पत्रिका सानो भएपनि साँघुरो क्षेत्रमा सीमित भएपनि प्रभावशाली सूचना र सन्देश, खोजी समाचार प्रकाशन गर्न सकिएमा सानो भएर पनि शक्तिशाली बन्न सक्दछ भन्ने विश्वास गर्दछु ।

पर्सा जिल्ला, देशकै प्रमुख प्रवेशद्वार वीरगंजमा राजनीतिका कारण निकै धमिलिएको छ । आर्थिक उन्नतिको मार्ग प्रशस्त हुन सकेको छैन । बिग्रिएको वातावरण बनाउन पत्रिकाले आवश्यक जनमत सिर्जना गर्न सक्दछ । अधिकार खोस्नेहरुका विरुद्ध लड्ने सशक्त माध्यम पत्रिका हो । अधिकार खोज्नेहरुकालागि बलियो हतियार पत्रिका नै हो । पत्रकारितालाई सहयोग गरेर, सदभाव राखेर सूचना र सन्देश ग्रहण गर्न पाठकहरुले सक्नु पर्दछ ।

यस क्राइम चेकलाई सदैव लेख, रचना, समाचार उपलब्ध गराउने, विज्ञापन दिएर सहयोग गर्ने, बेलामौकामा विभिन्न रचनात्मक सुझाव र सल्लाह दिने सम्पूर्ण महानुभावहरुप्रति कृतज्ञ रहने छु । पाठकहरुको रचनात्मक र सकारात्मक सहयोगबाट कमीकमजोरीलाई सच्याउँदै अघि बढ्ने  यस क्राइमचेक सबैकोलागि सधैंकालागि साझा पत्रिकाको रुपमा रहन चाहन्छ र आवाजविहीनहरुको आवाज बनि आत्मनिर्भरता, राष्ट्रिय एकता, स्वतन्त्रता र समृद्ध नेपाल निर्माणको महाअभियानमा लागिरहने प्रण गर्दछु ।

प्रकाशन मितिः २०७३ साउन ०६ गते विहीबार
जनताले के पायो बहुदलबाट ?

जनताले के पायो बहुदलबाट ?

-स्वयम्भुनाथ कार्की

पञ्चायतको २६ चैत्र २०४६ मा विगठनसँगै पछि नेपालको आश्वासनको युगमा प्रवेश भयो । नेपाल उन्नती र विकाशको चरणमा प्रवेश गरेको उद्घोष संगै विभिन्न लोभलाग्दा सपनाहरु बाँडिए । मेलम्चीको पानीले काठमाण्डौका सडक पखाल्नेदेखि मुलुकलाई सिंगापुर जस्तै बनाउने सपनाहरुमा कुनै शंका पनि गरिएन र सपना बाँड्नेको खिल्ली पनि उडाईएन । द्रुत विकास देखेका जनता अब त्यो भन्दा पनि द्रुत गतिमा विकास हुने भरोसामा थिए । तर विडम्वना नै भन्नु पर्छ मुलुक अर्को चरणको हिंसात्मक आन्दोलनमा फस्यो । २०५२ साल फागुन १ गतेबाट माओवादी सशस्त्र विद्रोहको रुपमा ।

सन्तुष्ट जनताको बीचबाट कुनै पनि अन्दोलन जन्मन संभव हुँदैन । भर्खर एक व्यवस्था फालेको जनता अर्को व्यवस्थाबाट छिटै निराश हतपत हुँदैन । त्यही पनि निराश भएको देखियो, यो दलहरुको अकर्मण्यता नै हो । दलहरुले जनतालाई यति छिटै निराश बनाए । करिव १० बर्षको यो त्रासदीमा नेपालले जे जे भोग्नु पर्‍यो र जुन मोल चुकाउनु पर्‍यो त्यसको लेखाजोखा इतिहासले गर्ला नै । तै पनि शान्ति प्रक्रिया, शान्ति सम्झौता आदि शान्तिका अनेकौ प्रयत्न भए पनि नेपालले शान्ति भने अनुभव गर्न पाएन ।

संसारभर शान्ति सेना पठाएर शान्ति कायम गर्न सघाउने मुलुक नेपालले आफैलाई शान्ति कायम गर्न संयुक्त राष्ट्रसंघ नगुहारी धरै पाएन । नेपालले कमाउको अन्तर्राष्ट्रिय साख सम्पूर्ण जस्तो गुम्यो । अहिले नेपाल अन्तर्राष्ट्रिय शक्ति संघर्षको युद्ध मैदान भएको छ भनेर अरुले भन्नै पर्दैन । नेपालका ठूला नेता देखि मुर्धन्य विद्वानहरु निसंकोच कुरा भन्दछन् । यो विडम्वना हैन भने केलाई विडम्वना भनिन्छ ? भन्ने प्रश्न आम नेपालीको मनमा गडेको छ ।

दल तथा नेताहरुले जे जेलाई बाधा भने जनताले त्यसलाई हटाईदिए । निर्दलीय व्यवस्थाले बाधा दिएको भने जनताले त्यो विना शर्त हटाइदिए । त्यो बेलाको मुल्यांकन गर्ने प्रयत्न पनि गरेनन् । त्यस व्यबस्थाका खम्बा मानिएकाहरुले पनि विना कुनै प्रतिरोध त्यो आरोप स्विकार गरे । राजाको सकृयतालाई बाधक भनियो राजाले आफ्नो भुमिका संवैधानिकको नाममा आलंकारिकमा खुम्च्याए । त्यतिले मात्र पुगेन राजाले वेलावेलामा वाधा दिए भनेर राजसंस्था नै कुनामा पुर्‍याईयो । धर्मले बाधा गर्‍यो भनेर मुलुक धर्म निरपेक्ष गरियो । एकिकृत राज्य व्यवस्थाले अन्याय गर्‍यो भनेर भनियो मुलुकलाई संघीयतामा लगियो । वर्ग हैन जाती थिचोमिचोको कारण भनियो, थिचिएका भनिएका जातजातीलाई आरक्षण दिईयो ।

यी सबै परिवर्तन अगाडी वा पछाडी नेपाली जनताले पुरा समर्पणको साथ दल तथा नेताको कुरा माने । एक पटक पनि परिवर्तन पहिलेको र पछिको अवस्था दाँजेर हेर्ने प्रयत्न पनि गरेनन् । यो भन्दा अगाध आस्था अरु के हुन सक्छ र ? तर मागेको कुरा सबै पुर्‍याई दिंदा पनि, उनीहरुले काममा बाधा भनेको सबै कुरा हटाइदिंदा पनि नेपालीले भोग्नु परेको कष्ट र पीडा घट्नुको साटो झन बढेको छ । यो कुरामा सबै जसो एकमत नै छन् । करिव तीन दशकदेखि बाँडिएका हरेक सपना, देखाईएका हरेक आशा पुरा हुन्छन् भनेर विश्वास गरेर बसेको नेपाली जनता अब थप आश्वासन र सपना हैन केही भए पनि अत्यावश्यक र आधारभूत सहजताको निर्माण भएको हेर्न चाहान्छ ।

६२ साल ताका भएको हप्ताको छ घण्टाको लोडसेडिङ पनि कष्टकर ठान्ने जनता दिन मै १४ घण्टाको घोषित लोडसेडिङमा केही समय भए पनि कमी चाहान्छ । वर्ष दिनमा लोडसेडिङ मुक्त हुने उधारो आश्वासन भन्दा आजैदेखि एक घण्टा भए पनि लोडसेडिङ कम भएको भोग्न चाहान्छ । इन्धनको चरम अभावमा बन्द भएको चुल्होमा वर्षदिनमा सिलिन्डर नै राख्न नपर्ने सपना भन्दा पुरा नभए पनि दिनमा एकछाक पकाउन भए पनि ग्यास सिलिण्डर प्राप्त होस भन्ने चाहान्छ । पेट्रोल डिजलको अभावमा ठप्प प्राय भएको आवागमन, ढुवानी आदि कार्यकलापहरु आजैदेखि सैकडा दशबीस भए पनि बढोस भन्ने चाहान्छ । तर विडम्वना यो पाउनुको साटो वर्ष दिन पछि एक सहज जीवनको आश्वासन पाई रहेको छ ।

अब थप मौकाको रुपमा गर्न सक्ने न कुनै नयाँ किसिमको गठबन्धन बाँकी छ न नयाँ कार्य योजना नै । अब उप्रान्त जेकुरा हुन्छ ते पहिले भई सकेका कुराको पुनरावृत्ति मात्र हुन्छ । त्यसैले अव कुनै निकास, कुनै विकल्प वा अभ्यास बाँकी छ भने त्यो केवल जनतासंग मात्र बाँकी छ । यो विडम्वनै विडम्वनाले भरिएको नयाँ नेपालमा एक पटक सबैले पालो पाई सकेका छन्, अर्थात एक चक्र पुरा भईसकेको छ । जनताले दलको शासनबाट शासना मात्र पाएको अवस्थामा आफ्नो अधिकार आफ्नै हालमा लिनुको विकल्प अब छैन । अब नेपाललाई आफ्नै माटो र परम्परामा हुर्केको शासन प्रणाली चाहिएको छ ।

विराटनगर–१

प्रकाशन मितिः २०७३ असार २३ गते विहीबार
“ग” बाट गणेश नै सिकौ र भनौं “गधा” होइन

“ग” बाट गणेश नै सिकौ र भनौं “गधा” होइन

हामी गोटी हौं कसैले चलाइदिनुपर्ने, फगत गोटी हौं शतरञ्जको – भूपी शेरचन

- डिपी अधिकारी

गीतामा भनिएको छ कि कर्मका शुभ अशुभ फललाई अवश्य भोग्नु पर्दछ, त्यसबाट छुटकारा मिल्दैन । साधारण बोलचालको भाषामा कर्मको अर्थ हुन्छ “क्रिया” । व्याकरणमा क्रिया भन्नाले निष्पाद्यमान फलको आश्रयलाई कर्म भन्छन् । जे पनि मनुष्यले गर्छ जसबाट कुनै फल उत्पन्न हुन्छ । यो फल शुभ, अशुभ अथवा दुवैभन्दा भिन्न हुन्छ । फलको यो रूप क्रियाद्वारा स्थिर हुन्छ । दान शुभ कर्म हो र हिंसा अशुभ कर्म हो ।

जीवन प्राण हो, अर्को अर्थमा जीवको जन्मदेखि मृत्युसम्म जिउने कालखण्ड हो जीवन । जीवन दु:ख पनि हो, सुख पनि हो । जीवन हार पनि हो, जित पनि हो । जीवन रोदन पनि हो, हाँसो पनि हो । जीवन जुझ्नु पनि हो, भाग्नु पनि हो । जीवन देखाइ, भोगाइ, गराइ सबै थोक हो । के होइन जीवन ? मान्छेद्वारा गर्ने गराइने सबै खाले कार्य वा क्रियाकलापको समष्टि नाम हो जीवन ।

नेपाललाई सृष्टिको बिहानी र ज्ञानको मुहान पनि मानिन्छ, यहाको जस्तो भौगोलिक विविधता र सामाजिक सामाञ्जस्यता विश्वमा कहिँ छैन । जसलाई स्व.पृथ्वी नारायण शाहले स्थापित गरेका हुन् । नेपाल, तापमानको तराई र चिसोको हिमाल पर्वतले मिलेर बनेको सुन्दर भूभाग हो । वीरता, निष्ठा र कर्तव्यपरायण जातिका रूपमा रहेको हाम्रो पहिचान नियतिको निष्ठुर उपहास भनौं अथवा कर्मको विडम्बना, आज हाम्रो अवस्था कुनै साध्वी महिलाले जीवनयापन गर्न मूल सडकमा पसल थापेर दु:खजीलो गरेको अवस्थालाई “बाटोकी पसलनी सबैकी भाउजू” जस्तो भएको छ ।

बाइसे चौबिसे राज्यहरुलाई एकीकरण गरेर पृथ्वी नारायण शाहले एकीकृत नेपाल अधिराज्यको जग बसाले ¤ त्यही एकीकृत नेपाल अधिराज्यको परिचय नै हाम्रो आजको बर्तमानको परिचय हो, हामि नेपाली ¤
आज ३५ लाख भन्दा बढी नेपालीहरु रोजगार, व्यापार व्यवसाय र अध्ययन गर्दै बिदेशी भूमिमा निलो पसिना बगाइरहेका छन् ।  भने तिनै नेपालीहरुको मृत्यु शरीर प्रत्येकदिन ड्रयाइमिट जस्तै काठको बाकसमा प्याक भएर आइरहेको छ ¤ यो मृत्युको भोगाइ आखिर कसको कारणले त् ? किन बर्तमानका हिजडाहरुले बोल्न सक्दैनन् ?

एक जना गाउँले ठिटो फाटेको मैलो कट्टु कमिज लाएर, हातखुटृा फालेर तालसुर बिना सडकमा नाचिरहेको हुन्छ, उपस्थित मानिसहरू कराएर, ताली बजाएर उसलाई उडाइरहेका हुन्छन् । तर, ऊ झन् झन् जोस्सिँदै, धुनमुनाउँदै, फनफनती घुम्दै सबैलाई हँसाइरहेको हुन्छ । त्यतिकैमा उक्त भिडबाट आवाज आउछ "त्यो मोरो भाउते चोर, जहिले पनि त्यस्तै हो । कसले जाँड ख्वाउँदो र”छ कुन्नि, दिनभर त्यस्तै हो, बुझ्नुभो बाउ ¤ हुने मात्र भए यो साइँदुवा भाउतेलाई पागलखानामा लगेर जाक्नु हुन्थ्यो...पागलहरू सब सखाप परेर पो नत्र...! हाम्रो अहिलेको अधिकार प्राप्त प्रगतिशील र चेतनशील भनिएको समाजको प्रगति हो यो !

बि.सं. २०४६ मा प्रजातन्त्रको नाममा मौलिक पंचायती पद्धतिको अन्त्य । संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको स्थापना । बि.सं. २०४८ को प्रथम आमनिर्वाचन र बि. सं.२०५० सालको तत्कालिन एमाले महासचिब मदन भण्डारी तथा जीवराज आश्रितको रहस्यमय दुर्घटना । बि.सं. २०५१ को मध्यावधि निर्वाचन र बि.स. २०५२ देखिको आतंककारी माओबादिको ज्यानमारा अभियानको शुरुवात । बि.सं. २०५६ को आमनिर्वाचन र वि.सं. २०५८ जेष्ठ १९ को दरबार हत्याकाण्ड । वि.स २०५९ को संसद भंग र शाही घोषणा । बि.स.२०६२/६३ को आन्दोलन । बि.सं. २०६४ को संविधानसभा निर्वाचन, कथित गणतन्त्रको स्थापना, एकतामा रमाइरहेका नेपालीहरुबीच जातीय र क्षेत्रीय बिजारोपण । भारतीय, अमेरिकी र छिमेकी मुलुक चीनले समेत अहिले हाकाहाकी नेपालमाथि हस्तक्षेप गरिरेहेको छ ।

नेपाली राजनीतिक संस्कारमा ६० बर्ष पुगेको, मानशिक, शारीरिक, बौद्धिक रुपमा स्खलित र बोदो भैसकेका कमजोर बुढाहरुले नेत्रित्व लिने नेपाली राजनितिको अधिकार हो । ती सम्भव भएसम्म जीवनभर राजनीति गरेर सत्ता र भत्तामा रमाउन चाहन्छन् । मृत्युको अन्तिम घडीसम्म पनि पद ओगटेर राष्ट्रिय सम्मानको साथ राष्ट्रिय झन्डा ओडेर आर्यघाट पुर्‍याउन् भन्ने चाहन्छन ।

गिद्धहरु धेरै दिन देखि भोकले तड्पी रहेका थिए ¤ कहिल्यै कुनै दिन पनि टाढा टाढा सम्म सिनो खोज्न गिद्धले लास नपाए पछि सिनोको आस मेटियो ! यसरी धेरै दिनदेखि सारा गिद्धहरुले लास नपाएपछी तुरुन्तै इमर्जेन्सी मिटिङि डाकी सभा गोष्टी सुरु गरे । “यदी यसरी नै वेवारीसे लासको आस हरायो भने त हामी सबै गिद्धहरु भोकले तडपी तडपी मर्ने छौ ।”

त्यत्तिकैमा एउटा गिद्धले भन्छ “म एउटा आदेश दिन्छु पालन गर्नु होला ¤ आज राती हाम्रा सबै गिद्ध साथीहरु मानव बस्तीमा  गएर आफ्ना वलवान नगरा र बलवान मुखका चुच्चाले मानब वस्तिका मन्दिर, मस्जित र गुम्बामा पसी भत्काइ दिने !” सबै गिद्धहरु खुशी हुँदै त्यही गरे ¤ नभन्दै सारा मानव वस्तीहरु उजाडिए धार्मिक दंगा, जातीय दंगा र राजनैतिक दंगा भए, मानव बस्ती लाशहरुले भरिए, लाश उठाउने मानिस पनि भएन गिद्धहरु खुशी भए र रमाउँदै भोज खान थाले । अब हामी पनि भनौ “गिद्ध महाशय जिन्दावाद ! गिद्ध नेता जिन्दावाद !! जिन्दावाद !! जिन्दावाद !!
लाग्छ, आदर्श र नैतिकता अब खरानी भएको छ हामी नागरिकमा र लुट मच्चाउनेहरूका लागि नेपाल अन्त्यन्तै स्वर्णकाल बनेको छ । राजनीतिलाई ब्यापार र व्यापारलाई राजनीति बनाएपछि राजनीति खोज्न ब्यापार गर्नु पर्ने र ब्यापार खोज्न राजनीति गर्नु पर्ने, यो नै हामी नेपालीको लागि नयाँ राजनीति, नया व्यापार र नया नेपाल को सुबर्ण अवसर हो ।

महाभारतमा दु:शासनद्वारा द्रौपदीको वस्त्र हरण गरे जस्तै स्वाभिमानी नेपालीहरुको आत्म चिरहरण गरिएको छ, यहाँका आधुनिक र प्रगतिशील ठेकेदारहरुबाट !

सानो छँदा लाग्थ्यो कि पैसा जाबो ठुलो भएपछि मनग्य कमाएर यसो गर्छु, उसो गर्छु भन्ने भावना जागृत हुने गर्थियो ! पैसा मनग्य कमाउनको लागि आफ्नो आदर्श, स्वाभिमान सबै त्याग गर्न सक्नु पर्ने रहेछ ! आफु जति स्वाभिमानी भएपनि अचेलको क्रान्तिकारी र परिवर्तनका चेतनशील समाजले पत्याउदो रहेनछ !

भगवान श्रीकृष्णले इन्द्रको आदेशमा मेघनाथले भारि वर्षा गरेपछि, त्यहाँका ग्वालाहरुलाई हिमालय पर्वतको मुनि लगेर एक औलाले हिमालय पर्वत उठाएर सबैको सुरक्षा गरेका थिए ! त्यस्तै, धार्मिक पुस्तकहरुमा उल्लेख गरीए अनुसार महा प्रलयकालमा मनुको डुंगा बग्दै जाँदा यस ब्रमाण्डको उच्च ठाउँ सगरमाथामा ठोक्किदा ब्रम्हाजीले तक्तालिन समयमा मानसि श्रीष्टि मानसरोबरमा बसेर योग साधना गरेको थलो यस मातृभूमि नेपाल हो ! लोमश, श्रिंगी, पराशर, बेद्ब्यास जस्ता ऋषिमुनिहरूको जन्मभुमि मात्र नभएर चारै बेदका मन्त्रश्रष्टा ऋषिमुनिहरू पनि यहि पवित्र मातृभूमि नेपाल नै हो ¤ यतिमात्र नभएर महाभारत युद्दमा भागलिने किराँती राजा यलम्बर हाङ्ग पनि नेपालकै थिए ।

हिजो र आजको यस पवित्र मातृभूमि पिंडाले छटपटाई रहेको बेला नेपालीको आत्मा रोएको बेला आफ्नै जन्मभूमि नेपाल आमाको कोखलाई छेदन गर्न किन तल्लिन भएका छन् ? जुन मातृभुमिले परिचय, स्वाभिमान, धर्म, संस्कृति, एकता लगाएतका आत्म–अभिमान गर्न सिकाएकी छिन्, उसैलाई मृत्युदण्डको आदेश किन दिन्छौ ?

प्राचिन समयमा राजा चन्द्र गुप्तलाई त्यतिबेला महान कुटनीतिज्ञ एवम अर्थशास्त्री कौटिल्यले सम्झाउदै भनेका थिए “जुन देशमा अनैतिक शासक, संसयात्मक निर्णय, भयरहित अपराधी र आँखा भानेर पनि पट्टि बाध्ने नागरिक हुन्छन, त्यो देशको अस्तित्व नै संकटमय हुन्छ !”

भनिन्छ र बुझिन्छ कि, कुनै सपना देख्नु परेमा निन्द्राको महासागर भित्र गएर पौडी खेल्नु पर्छ, अनि मात्र सपना देखिन्छ ! तर, यहाँ दिउसै अनिन्द्रामा सपना देखाइन्छ, लाग्छ कुनै सिनेमा देखाइएको हो ¤ त्यसैले निन्द्रामा देखिएको सपना र अनिन्द्रामा देखिएको सिनेमा एकै हुन्, ब्युझिएपछि र सिनेमा हलबाट बाहिर आए पछि सकियो ! आज बिगत २५/२६ बर्ष देखि देखिएको यहिनै हो ¤ त्यसैले अन्तमा “ग” बाट गणेश नै सिकौ र भनौ “गधा” होइन ।

प्रकाशन मितिः २०७३ असार २३ गते विहीबार
किन जाग्दैछन् तराईका जनताहरु ?

किन जाग्दैछन् तराईका जनताहरु ?

– जनकमान डंगोल 

पंक्तिकारले राजतन्त्रको विषयमा लेख्ने गरेको लेखहरुमा सम्बोधनको अगाडी निलम्बित राजा भनेर लेख्ने गरेको छ । नेपालका महान विद्वान लेखक तथा पत्रकार महोदयहरुले पूर्व राजा भनेर सम्बोधन गर्छन् । किन त्यस्तो लेखे लेख्नेहरु नै जानुन ।

नेपालमा गणतन्त्रको स्थापना नेपाली जनताहरुको चाहनाले ल्याईएको हैन । विदेशीहरुको ईशारामा केहि राष्ट्रघाती नेताहरुले देश र जनता प्रति गद्दारी गरेको नतिजास्वरूप जबर्जस्ती लादिएको यो गणतन्त्र ठिक कि बेठिक भनेर देशमा दुई पटक संबिधानसभाको नाममा निर्वाचन समेत भईसक्यो । निर्वाचनको माध्यमबाट चुनिएको जनप्रतिनिधिहरुले आजका मितिसम्ममा गणतन्त्रलाई संस्थागतरुपमा स्थापना गर्न सकेका छैनन् । गणतन्त्र संस्थागतरुपमा स्थापना देखि लागु गर्न संविधान पूर्ण रुपमा बनेर लागु हुनु पर्दछ । जबसम्म संविधान पूर्णरुपमा लागु हुन्न तबसम्म चेपुवामा पारेर गद्दी छोडन बाध्य बनाईएका अर्थात पद निलम्बनमा पारिएका ज्ञानेन्द्र शाहको अगाडी लेखिने पद भनेकै निलम्बित राजा हो भन्ने यो पंक्तिकारको बुझाई हो ।

गद्दी छाडन बाध्य बनाइएका निलम्बित राजा ज्ञानेन्द्रले समय समयमा नेपाल अधिराज्यको विभिन्न धार्मिक मठ मन्दिरमा धार्मिक पुजापाठ गर्न भन्दै जाने गर्नु हुन्छ । जहाँ–जहाँ पनि राजाको भ्रमण हुन्छ, त्यहाँका नागरिकहरुको भीड हेर्दा नेपालमा अझै पनि राजतन्त्र प्रति जनताको माया तथा मानसम्मानमा कुनै कमि आएको छैन भन्ने भान हुन्छ ।

यसै साल जेष्ठ महिनाको दोश्रो साता नि.राजा ज्ञानेन्द्र शाहबाट पूर्वाञ्चल विकास क्षेत्रको धार्मिक मठ मन्दिरहरुमा पुजा आजा गर्न जाने क्रममा पूर्वका जनताहरुको भिडले नि.राजाको जयजकार गरेको देख्दा नेपालमा राजतन्त्रको अवसान अझै भएको छैन । अहिलेको शासन व्यवस्था मात्र छलावा रैछ भन्न कर लाग्छ । गद्दी छाड्न विवश बनाईएको नि.राजाको समर्थनमा जनता दिन प्रतिदिन जुट्नु भनेको अहिलेको शासन व्यवस्था र पार्टीका नेताहरुको लागी शुभ संकेत भने पक्कै पनि होइन ।

यहि २०७३ साल आषाढ महिनाको दोश्रो साता नेपाल विद्वत परिषद्को अगुवाईमा नेपालको मुख्य प्रवेशद्वार पर्सा जिल्लाको वीरगंजमा तराईको जनताहरुले हातहातमा राष्ट्रिय झण्डा बोकेर “राजा आउ देश बचाउ” को गगनभेदी नारा लगाए । यस्तो देख्दा तराइमा केहि दिन अगाडी सम्म मधेसी जनताको हकहितका लागि लडेका हौं भन्ने विभिन्न मधेसवादी पार्टीका नेता तथा तिनका आसेपासेहरुले मुटु कमाउंदै आश्चर्यको साथ पक्कै पनि जिब्रो टोकेका होलान् ।

केहि दिन अगाडी सम्म मधेस भनेको हाम्रो हो र मधेशलाई छुट्टै राज्य बनाउनु पर्छ भन्ने सोच पालेका नेताहरुको विचारलाई लात हान्दै तराईका देशभक्त जनताहरूले यति छोटो समयमै हातमा राष्ट्रिय झण्डा बोकेर “राजा आउ, देस बचाउ” भन्ने नारा किन लगाए ?

केहि महिना अगाडी सम्म नेपाल भारतको दसगजा सिमा महिनौ महिना सम्म थुनेर सारा नेपाली जनताहरुलाई दु:ख दिनेहरु अरु कोहि नभएर मधेस र मधेसीको लागी लडेका हौ भन्ने केहि उग्रबादी सोच पालेका तराईबासी नेताहरु थिए । वर्तमान ओली सरकारले तिनीहरुको मागलाई बेवास्ता गरेपछि हाल राजधानीमा थुप्रिएर रिले अनसनको नौटंकी देखाएर बसेका छन् ।

सिमाना मध्येका केहि स्थानमा सदियौं देखि बसोबास गर्दै आएका नेपाली जनताहरुको जमीनलाई रातारात भारतीय भूमिमा जुन दिन गाभियो त्यस सम्बन्धमा मधेस र मधेसी लागि लडेका हौ भन्ने कुनै पार्टीका नेताहरुको मुखबाट एक शब्द पनि निस्किएन । देश र जनताको लागी लडेका हौं भन्ने कांग्रेस देखि कम्युनिष्ट लगायत अन्य पार्टीहरु समेत यस्ता बिषयमा मौन बसेको देख्दा तराईका जनताहरु आक्रोशित हुनु स्वभाविकै थियो ।

तराईमा बसोबास गर्ने हाम्रा नेपालीहरुलाई अहिलेका पार्टीका नेता देखि तिनका आसेपासेहरुले समेत जुन घटिया व्यवहार देखाएका छन त्यसलाई तराईका जनताहरुले राम्रैसँग मुल्यांकन गरेका छन् । मधेशीहरु नेपाली हैनन भनेर घटिया सोच राख्ने पनि प्रजातन्त्र देखि गणतन्त्रका नेता देखि तिनका आसेपासेहरु हुन भने यसैलाई आधार मानेर मधेशका मसिहा हौं भन्नेहरुले हिंश्रक आन्दोलन समेत चलाए तर तराइका नेपाली जनताहरुले के पाए ?

राष्ट्रवादको मामिलामा अन्य क्षेत्रमा बसोबास गर्ने नेपालीहरु जति चिन्तित छन् त्यो भन्दा बढी चिन्तित तराईका नेपाली जनताहरु छन भन्ने उदाहरण अस्ति नेपाल विद्वत परिषद वीरगंज, पर्साले निकालेको र्‍यालीबाट पुष्टि हुन्छ । नेपालका अहिलेका राजनीतिक पार्टीका नेताहरु देश र जनता प्रति उत्तरदायी छैनन् । यिनीहरु देश र जनताको लागी नभएर विदेशीहरुको हकहितमा काम कार्यहरु गर्छन् भन्ने कुरा यिनीहरुले देखाएको छुद्र तथा घटिया व्यवहार समय समयमा गरेका र बिभिन्न नामका सन्धिसमर्पणहरुले पुष्टि भई सकेको छ ।

जब राजनैतिक पार्टीका नेता तथा तिनका जिम्मेवार कार्यकर्ताहरु देश र जनता प्रति बफादार हुन्नन् र देश र जनता भन्दा भन्दा बढी विदेशीको ईसारामा नाच्छन् भने अहिलेको कथित धर्म निरपेक्ष नामको गणतन्त्रको पछि किन लाग्ने ?

नेपालका सबै पार्टीका नेताहरु जनताको आक्रोशलाई आँखा चिम्लेर “कुनै जमानाका निरो सम्राटले जस्तरी बाँसुरी बजाउंदै  बसेका छन् । देश र जनताको जलेको ह्दयमा मल्हमपट्टी लगाउनुको साटो आँखा चिम्लेर बाँसुरी बजाउदै बस्छन् भने नेपालका जनताहरुले गणतन्त्र मुर्दावाद मात्र हैन देशमा फेरी हाम्रा बाजेको पालाको २०१७ साल पौष १ गतेको पंचायती ब्यबस्थालाई फेरी फर्काउनु पर्छ भनेर भन्न बेर छैन ।

आन्दोलनको माध्यमबाट व्यवस्था बदलिन सकिन्छ भनेर सिकाउने अहिलेका पार्टीका नेताहरुलाई अब हुने आन्दोलनले विस्थापित गरि दियो भने त्यो दिन नेपालका अहिलेका नेताहरुको स्थिति घरको न घाटको नहोला भन्न सकिंदैन । त्यसैले समयमै चेत खुलोस् भन्ने कामना भन्दा अरु के नै गर्न सकिन्छ र ?

प्रकाशन मितिः २०७३ असार २३ गते विहीबार
यहाँ सद्बुद्धिले बाहुन हुनेहरुको कमी अब कदापी छैन

यहाँ सद्बुद्धिले बाहुन हुनेहरुको कमी अब कदापी छैन

- प्रशान्त महासागर

जातजाति तथा पहिचान र अधिकारको चर्को बहस चलेको अवस्था एक मधेशी जो हिजो बाहुनको विरुद्धमा थियो, आज थारु लगायत लगभग सबै आदीबासीहरु सोको विरुद्धमा संविधान जारी पूर्व देखि हालसम्म पनि छन् । कारण हकको भन्दै अवसरको पकवानहरु पनि पकाउने प्रयासमा देखिएको कुरालाई अर्कै भन्न मिल्दैन पनि । र मागेरै सम्पन्न बन्छु भन्ने सोचहरु पनि मिश्रित भएको हल्ला पनि बजारमा छन् । तर सही गलतको अवस्थामा सर्वप्रथम त आफुलाई नै ऐनामा उतार्नु जरुरत छ । यो कुरा म किन भन्दैछु भन्दाखेरि हामी जहिले पनि आफ्नो कुरालाई सधैं सर्वोपरि मान्छौं र त्यही अनुसार सही गलतको व्याख्यालाई अगाडि सार्छौ । सम्भवत: आफु जित्न साम, दाम, दण्ड, भेदका उपायहरु पनि अपनाएर हेर्छौ भने कति ठाउँ जित्छौं पनि तर हारिएको सम्बन्धमा पनि जितकै निीम्त कुनै प्रणालीलाई झुठो ठहर गराउन झुठोकै प्रमाणहरु, कुराहरु अगाडि सार्छौ । आखिर किन....प्रश्न हुँदा नि त्यसको उचित विश्लेषण नहुनु भनेकै कुनै जातसँग अर्को जातको असन्तुष्टि रहनु हो भने बादले त्यसमा मलजल गर्ने मौका पाउनु हो जस्को कारण यहाँ जातिय हिंसाले रंगहरु पाउदै गएको साथ गाढा रुप धारण गर्दै गएको हो । यो कुरामा हामीले सोच्ने प्रविधि परिवर्तन गर्नुपर्छ नै ।

जातका खाडलहरु भर्नुपर्छ नै । र त्यसको लागि आपसि असमानता के के कारणले किन भए त्यो बुझ्नु नितान्त आवश्यक छ । साथसाथै इतिहासबाट हाललाई नियाल्नु पर्छ पनि भन्नुको अर्थ राजपाठको जिम्मा शुरु देखि नै बाहुनहरु थियो भने शासन भारको जिम्मा क्षेत्रीयले सम्हाल्ने गरेको कुरा सबैलाई थाहा भएकै कुरा हो भने शासनभारलाई सहन गर्ने जिम्मा परापूर्वक काल देखि नै आदीबासीको थियो भन्ने कुरालाई मान्नुपर्छ पनि ।
त्यस्तै त्यो भन्दा पहिलेको सवालमा पनि बाठाहरुले सबै समूहमा राज्य चलाएकै कुरालाई दुईमतले हेर्नु हुन्न र सृष्टिकाल देखि नै किसानको इतिहासमा, कोही किसान राजा बनेको छैन भने परिवर्तनको शिलशिलामा शासक बन्छु भन्ने जति अधिकारको कुरा एक मुद्दा जहाँ हक भन्दै अवसरका कुराहरु पनि छन् त्यो सबै जात र वर्गमा पनि छन् । भन्नुको अर्थ आफुलाई चिन्नु अति आवश्यक छ मात्र सोचेको हुँ । र अर्को शब्दमा योग्य बन्नु आवश्यक छ जस्को मूल आशय बुझेर बाहुन जस्ले पूजापाठलाई आफ्नो धर्म र कर्मसँग जोडेर बाँचि रहेको कुरालाई आफ्नो क्षमताद्वारा शासनको जिम्मा खोजे तर त्यो जिम्मामा स्वार्थ लोभले नै धेरै चलखेल गरेको कुरालाई स्वयम् द्रोनाचार्यले सिद्ध गरे आफ्नै साथी दुरुपत राज्यको माग गरेर भने अन्तत त्यो मागलाई एक क्षेत्रीय पुत्र अर्जुनले खोसेर गुरु दक्षिणा स्वरुप दिए र गुरु द्रोनाचार्य लिए । त्यति बेला नै गुरु शुक्राचार्यले त्यसको विरोध पनि गरेको थियो कि बाहुन भएर राजपाठ चलाउनु हुन्न, लोभ जाँग्छ, स्वार्थले बिगार्छ भन्ने अनेक कुराको चर्चा परिचर्चा हुँदा पनि आफ्नो तर्क संगतले जितेका थिए । अन्तमा आफु र आफ्नो छोराको नाश पनि त्यहीबाट भए ।

यो कुरा कलिकै हो जस्को प्रतिफल भनेकै जुन हतियार छुन हुँदैन भन्ने मान्यता थियो त्यो नै छुनु पर्ने प्रावधानहरु हामीसामु शेष रहँदै गए । अर्को परिवर्तन वा परावर्तन व्यवहारमा कहिल्यै अरु जातले चाहेन जबसम्म त्यो बाहुन बनेनन् भन्नुको अर्थ जुन पाठ वा विद्याबाट जबसम्म हामी बाहुन हौं भन्ने मनमा गाडेनन् तबसम्म हामी जाँड रक्सी साथसाथै जात अनुसारको कार्यकै दासत्वमा रमी रह्यौं, यो दोष हाम्रो हो । र त्यही दोषले आफुहरुलाई बाहुन बनाउँदै लगेको कुरालाई स्विकार्न नसकेर आफुहरु आदीबासि पिडित,जनजातिका कुराहरु अगाडि उम्लिए जुन हिजो कहाँ थिए ? जुन बेला कुनै बाहुनले राज्यभार सम्हाल्नु हुन्न भन्ने विरोध भएको थियो त्यो बेला त्यो जनजातिहरु, त्यो आदीवासिहरु विरोधको आवाजमा समर्थनको आवाज किन राख्न सकेनन् ? कि त्यो बेला आदीवासि, जनजाति, उत्पीडित भन्ने नै थिएन र ? यदि त्यो हो भने अहिले कहाँबाट जन्मिए ? जवाफ सहजै छ अहिलेको परिवेशमा मानिसहरु सबै बाहुन बन्दै गएका छन् भन्नुको अर्थ शिक्षित बनिरहेको अवस्था ।

यस्तो परिस्थितिमा आफुहरुलाई अगल तुल्याउन चाहनु मलाई उचित लाग्दैन । अहिलेको हाम्रो अवस्था भनेको समग्रमा देशको उन्नतिलाई विश्व माझ देखाएर जीवन जन्मलाई नेपालमा सुलभ छ देखाउनु नै हो । को कस्ले राज्य चलाईयो भनेर हेर्नु भन्दा नि कतिको शुद्ध र सुशासनयुक्त चलाईयो र त्यसमा हाम्रो दायित्व के त किनभने हामी पनि बाहुन बनि सकेको अवस्था अहिलेको हो नै । यो कुरालाई हामीले कहिल्यै बिर्सिनु हुन्न पनि । र जीवनको इतिहासमा सबैलाई थाहा भएकै कुरा हो कि जन्मले केही हुँदैन कर्मले मात्र आफुलाई प्रतिस्थित तुल्याउँछ ।

हो, हामी जन्मिदा हिजो कोही बाहुन भए होला, आदीवासी बने हो, उत्पीडित जनजातिमा परे होला तर त्यसलाई ठूलो मुद्दा मानेर जातगत कुरालाई समूहगत रुपले लाने हो भने एक एकल एकल भिड्ने आज समूह समूहगतमा भिड्नु पर्ने प्रावधान उत्पन्न हुन्छ । त्यसैले समय हुँदा हुँदै पनि एकचोटी रातको सामना गर्ने कुराहरु नै वास्तविक बाहुनबाद हो भन्ने म आफुमा अनुशरण गर्छु ।

हुन त मानव जीवनमा, कस्लाई के ले कहाँ निर पुगेको अवस्था यहाँ छ र ? जतिखेर पनि, जहिले पनि अभाव र असन्तुष्टि जस्ता आन्तरिक असोचहरुले घेरा पारि राखेकै छन् जस्लाई तोड्नु नै वास्तविक आदीवासि जीवनलाई अनुशरण गर्नु हो । उत्पीडित जीवनको सवालमा, मुख्य दोष आफ्नै हुन्छ त्यहाँ जीवन खर्चलाई अनि त्यो मुताविक चल्ने कुराहरु नै मुख्य गल्तिका श्रोतहरु मान्न हामीले बिर्सेका हुन्छौं । यस्ले गर्दा जीवनमा त्यो खाडल यथावत रहिरह्यो जस्मा आफुहरु खसि रह्यो पनि भन्नुको अर्थ आफ्नो बाटोको अवरोध हटाउन पनि हामीले व्यवस्थाकै मुखकै र्‍यालसँग आफुलाई आबद्ध तुल्याई रह्यौ जस्को कारण पचाउनु पर्ने कुनै केही तत्वहरुलाई पचाउन नसक्ने बनी दिर्घरोगी बन्दै गयौं । यसमा दोष कति प्रणलीसँग आबद्ध भए भने कति त्यसलाई बढावा दिने हामीभित्रकै स्वार्थले चलखेल गरि रहे तर बुझ्ने अवस्थामा हामी बाहुन हुन सकेनन् ।

त्यति बेला हामी आदीवासि किन बन्यौ जुन बेला बाहुन बन्नु पर्ने थियो ।  यो कुरालाई सबै जातले बुझ्नु आवश्यक छ । र मानव जीवनमा जातको कुरा गर्ने हो भने यहाँ महिला र पुरुष मात्र छन् अरु त सबै स्वार्थको त्यो सिढिं हो जस्ले मानव बन्न रोकावट प्रकट गर्छ । र त्यही प्रकटपनले जन्माएका अनेक प्रजातिलाई नामाङ्कन गरि आफुहरुलाई तुच्छ बनाउने काम जुन इतिहासमा एउटा दूर्भाग्यवश दूर्घटना थिए जस्लाई बढावा दिनु नै हामी मध्ये कोही आदीवासि जनजाति तथा उत्पीडित साथसाथै बाहुन क्षेत्री आदी अरु के के हुन् जस्लाई कुरा जान्नेहरुले जन्माउने छन् नै । तर दिने सोच कदापि मानव जातको हुने छैन पनि । त्यस्तो प्रजाति न बाहुनमा पर्छ न त कुनै आदीवासिमा, न कुनै जनजाति हुन् न त कोही भोको निमुखा जनता नै कहिलिने छ । त्यसैले कर्मलाई सर्वोपरि मानेर गल्लि गर्ने प्रावधान उत्पादन गर्ने सोच विरुद्धको कुरा अहिले आवश्यकता हो भन्दै सिद्धान्तलाई परित्याग गरेर व्यवहारलाई लागू गर्दै जाने कुराहरुमा आफु आदीवासि बन्दै जाऔं । यो मेरो आह्वान हो कसैप्रति विरोध वा समर्थनको कुरा होईन पनि । र मेरो सोचमा, जस्ले राम्रो सोच्छ त्यो बाहुन हो जस्ले नराम्रो सोच्छ त्यो दलित हो । खराबमा पानी चल्दैनन् भने राम्रो हिजो पनि चल्छ भन्ने कुरालाई कमलको फूलले हामीलाई सिकाए भने हामी त्यो कुरा कहिलेसम्म आफ्नो स्वार्थका कारण नसिक्ने...?

अन्तमा, बलियो बन्नुलाई क्षेत्रीय, चलाख सद्बुद्धि ज्ञानी हुनुलाई बाहुन, सहनशील बन्नुलाई बैश्य तथा बोली व्यवहार नभएकालाई शुद्र भनी वर्गीकृत गरिएको कुरालाई हामीले नै भाषा र शब्द प्रयोगका कुराहरु मिलाएर आफुहरुलाई फरक बनाउँदै लग्ने कुरा इतिहासमा भएको एउटा ठूलो अपराध हो जस्ले कर्मबाट जीवन अलग छ भन्ने सोच्नेतिर धकेले । यसले व्याख्या विश्लेषणका कुराहरु पनि फेरे भने नौलो स्वादको रुपमा पहिचानलाई अगाडि सारे । र पहिचानको सवालमा संस्कार, सँस्कृति भन्ने कुराहरु पनि उठे जब कि सबैको मौलिक नै छन् । कसैको हस्तक्षेप छैन् पनि । तर विवाद त्यही रहि रहे जुन कुनै दिन त्यो क्यान्सर नबनोस् किनभने अहिले तिमी आफैं पनि एक बाहुन हौ भने तिम्रो छोरा क्षेत्रीय बन्दैछ भने बैश्यको कुरामा शायद धेरै ठाउँमा तिमी आफै पनि बन्यौ होला त्यस्तै शुद्रको सवालमा क्रोधले, अपशब्दले अव्यवहारले तिमी, म अझ हामी धेरै ठाउँमा बन्यौं नै तर सम्झिंदा लाजको कुराहरु अगाडि देखापर्छन् । यो भनेकै हक, अधिकारको सवालमा चाहिएको प्रजातिपन जात हो जुन नितान्त रुपमा खारेज हुनुपर्छ तर कागजमा मात्र होईन आफुहरुले आफुलाई गरिने व्यवहारबाट पनि त्यो जात, त्यो प्रजाति हट्नु पर्छ अनि मात्र सबै समुदाय एक हुन्छ । समग्रमा मैले मेरो देशभित्र नेपाली देख्ने छु । र म मासुको एक डल्ला कहलिन छोडेर मनुष्य बन्ने छु । त्यति बेला शायद यहाँ कुनै आदीवासि वा जनजाति वा उत्पीडित प्रजातिहरुलाई कोही बाहुन प्रजातिले सताएको हुनेछैन कि... या भनौ त्यो चार जात नै रहने थिएन कि...। सोचौं अनि बुझौं र मेरो सोचमा वास्तविक अधिकार पनि त्यही हो जस्तो लाग्छ भने पहिचान आफैले सशक्तिकरण गर्दै लाने नै हो भन्ने मलाई लाग्दा अरुलाई अर्कै लाग्न सक्छ किनभने सद्बुद्धि बाहुन हुनेहरुको भीड यहाँ कम छैन पनि ।
‘प्रेसर लो’ छ ? यी खानेकुराले बनाउनुहोस् सामान्य

‘प्रेसर लो’ छ ? यी खानेकुराले बनाउनुहोस् सामान्य

रक्तचाप रोगीहरुले विभिन्न कुराहरुको ध्यान राख्नु त पर्छ नै, त्यसमाथि पनि उनीहरुले आफ्नो खानेकुरामा विशेष ध्यान दिन अत्यावश्यक छ । थुप्रै रोगहरुलाई तपाईंले आफ्नो उचित खानपानद्वारा सामान्य बनाउन सक्नुहुन्छ । यस्तैमा प्रोसर लो भएका बिरामीहरुले पनि खानपानमार्फत नै यसलाई सामान्य बनाउन सक्नुहुन्छ ।
सामान्तयाः यदि कसैको लो ब्लड प्रेसर छ भने त्यस्ता व्यक्तिले इन्सुलिन बढाउनका लागि त्यस्ता व्यक्तिहरुले गुलियो खानेकुराहरु खाने गर्दछन् । आज हामी तपाईंलाई लो ब्लड प्रेसरका बिरामी कस्तो प्रकारको खानेकुरा खानुपर्छ भन्ने विषयको जानकारी दिँदैछौँ । आउनुहोस् थाहा पाऔँः
१. पात भएको सागसब्जीः
पात भएको सागसब्जीमा आइरन हुने गर्दछ जुन मानव शरिरको लागि अत्यावश्यक खनिज पदार्थ हो । ब्लड प्रेसरलाई कम गरेर त्यसलाई सामान्य बनाउनका लागि यो निकै महत्वपूर्ण हुने गर्दछ ।
2 darkchocolate२. डार्क चक्लेटः
डार्क चक्लेटले मुटुको रोगी र कम ब्लड प्रेसर भएका बिरामीहरुका लागि राम्रो मानिन्छ ।
3 nuts३. बदामः
बदामले तपाईंको उर्जा र प्रतिरोध क्षमतालाई बृद्धि गर्ने गर्दछ । यसका साथै यसले रक्तचापलाई नियमित गर्ने गर्दछ त्यसकारण यसलाई दैनिक आहारमा समावेश गर्नुहोस् ।
4 meat४. बिना बोसोको मासुः
यस्तो मासुको सेवन गर्नुहोस् जसमा बोसोको मात्रा कम हुन्छ । जो व्यक्तिको कम रक्तचापको समस्या छ उनीहरुका लागि टर्की, चिकन र माछाजस्ता पदार्थको सेवन गर्न उचित हुन्छ । यो कम रक्तचापका लागि सर्वोत्तम आहार हो ।
5 vegetables५. सागसब्जीः
सागसब्जीमा प्रोटिन र भिटामिन हुने गर्दछ । ब्लडप्रेसरलाई सामान्य बनाइराख्नका लागि प्रत्येक दिन सागसब्जी खाने गर्नुहोस् ।
6 fruits६. फलफूलः
यस्तो फलफूलको सेवन गर्नुहोस् जसमा प्रोटिनको मात्रा बढि हुन्छ । यो यस्तो फल हो जसले रक्तचापका बिरामीका लागि निकै राम्रो हुने गर्दछ ।
7dates७. कालो खाद्य पदार्थः
कालो अंगुर, कालो छोगडा आदि खाद्य पदार्थमा आइरनको मात्रा अत्यधिक हुने गर्दछ  । यी सबै पदार्थ कम रक्तचापलाई सामान्य बनाउनका लागि निकै उपयोगी हुने गर्दछ । यसलाई आहारमा समावेश गर्दा रक्तचापका साथै मुटुलाई पनि स्वस्थ राख्ने गर्दछ ।
8 orangejuice८. अमिलो खाद्य पदार्थः
गर्मीमा अमिलो खाद्य पदार्थ जस्तो सुन्तला आदि स्वास्थ्यका लागि निकै राम्रो हुने गर्दछ किनभने यसमा पानी र एसिड दुबै पाइने हुनाले कम रक्तचाप भएका बिरामीहरुको शरिरमा उर्जा निर्माण गर्न सहयोग गर्ने गर्दछ  ।
9wholegrains९. गहुँः
मैदाको तुलनामा गहुँ निकै राम्रो मानिन्छ । कम रक्तचापलाई सामान्य बनाउनका लागि यसको प्रयोग गर्नु लाभदायक हुने गर्दछ भने स्वास्थ्यको दृष्टिकोणले पनि उत्कृष्ट साबित हुन्छ ।
10garlic१०. लसुनः
लसुनलाई आफ्नो आहारमा समावेश गर्ने मानिसहरुको रक्तचाप सामान्य हुने गर्दछ । आफ्नो खानामा लसुनलाई काटेर राख्नुहोस्, यसले कम रक्तचापका बिरामीलाई फाइदा पुर्याउने गर्दछ ।