नेपाल प्रहरी कि जनपद प्रहरी ?
क्राइमचेक प्रतिनिधि/
वीरगंज/अधिकांश सञ्चार माध्यम एवं पत्रकारहरुले जनपद प्रहरी भनि सम्बोधन गरी समाचार सम्प्रेषण गर्ने गरेकोमा प्रहरी प्रधान कार्यालयले आपत्ति जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले आपत्ती जनाएको दोश्रो दिनमा नै गृहमन्त्रालयले प्रहरी नियमावली २०७१ (संशोधनसहित)को परिच्छेद ४ नियम २७ को उपनियम (४)को प्रयोजन बमोजिम जनपद प्रहरी भनि उल्लेख गरी बढुवाको सिफारिश गरेको सार्वजनिक गर्नुले जनमानसमा नेपाल प्रहरी वा जनपद प्रहरी के भनि संवोधन गर्ने ? भनि भ्रम सिर्जना गरेको छ ।
गत पुस २१ गते प्रहरी प्रधान कार्यालयका प्रवक्त प्रहरी नायब महानिरीक्षक माधव जोशीले हस्ताक्षर गरि सार्वजनिक गरेको प्रेस विज्ञप्तीमा संचारमाध्यमले नेपाल प्रहरीको सट्टा जनपद प्रहरी भनि समाचारमूलक सामग्री संप्रेषण गरेपछि जनमानसमा भ्रम पर्ने भएकोले अब उप्रान्त नेपाल प्रहरी संगठन सम्बन्धि समाचारहरु सम्प्रेषण गर्दा “जनपद प्रहरी” को सट्टा “नेपाल प्रहरी” भनी समाचार सम्प्रेषण गर्न अनुरोध गरेको छ । तर त्यसको ठीक दुई दिनपछि अर्थात पुस २३ गते गृह मन्त्रालयले प्रहरी उपरीक्षकबाट वरिष्ठ प्रहरी उपरीक्षकमा बढुवा भएका २३ जनाको सूचना प्रकाशित गर्दा मन्त्रालयको आधिकारिक पत्रमा “जनपद प्रहरी” भनि उल्लेख गरिएको छ ।
यता गृह मन्त्रालयको मातहतमा रहने प्रहरी प्रधान कार्यालयले जनपद नभएर नेपाल प्रहरी भन्न सञ्चार माध्यमलाई अनुरोध गर्दछ । उता गृह मन्त्रालय स्वयम यसै वर्ष संशोधन गरिएको प्रहरी नियमावलीमा पनि कुनै हेरफेर नगरेर जनपद प्रहरी नै भनेर उल्लेख गर्दछ । अब प्रश्न उठ्दछ सञ्चार माध्यमहरुलाई नेपाल प्रहरी भन्न अनुरोध गर्ने प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालय पत्र लेखेर अबदेखि जनपद हैन नेपाल प्रहरी भन्नकालागि अनुरोध गरेन वा जानकारी दिएन । के गृह मन्त्रालयलाई प्रहरी प्रधान कार्यलयले गरेको अनुरोध वा जानकारी थाहा न पाएरै जनपद प्रहरी भनेको हो त ?
हैन भने मन्त्रालयले जनपद प्रहरी भनेर आफ्नो आधिकारिक पत्रमा उल्लेख गर्ने उता प्रहरी प्रधान कार्यालयले प्रेस विज्ञप्ति निकालेर नेपाल प्रहरी भन्न अनुरोध गर्नुलाई के भन्ने ? गृह मन्त्रालयको मातहतमा रहेको प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्ती आधिकारीक हो वा होइन ? भन्ने प्रश्न आफैंमा भ्रमपूर्ण रहेको छ । यसर्थ यस स्थितिमा दोष कसलाई दिने ? सर्वसाधारणलाई दोष दिने कि पत्रकारलाई ?
प्रहरी प्रधान कार्यालयको भ्रमपूर्ण विज्ञप्तीबारे सर्वसाधारणमा पर्न गएको भ्रम निवारणकालागि स्वयं प्रहरी प्रधान कार्यालयले समयमा नै सच्याउने हो कि ?
यो पनि पढौं
स्याबास चोर थुक्क प्रहरी !
नियमको धज्जी उडाउँदै आइजीपी अर्याल
प्रहरी प्रशासनद्वारा पिडितका अभिभावकलाई मिलापत्र गराउने दवाव
जिल्ला सुस्ताएपछि अंचल तात्यो, जालीनोट सहित एक पक्राउ
पर्सा प्रहरी दिउँसै निदाएपछी....
एस.पी. लोहनीको कार्य दक्षतामाथि प्रश्नचिन्ह
सिआइबको छापा, जिल्ला प्रहरीको अलमस्ती