पिडितद्वारा न्यायको लागि पुनरावेदन अदालतमा मुदा दर्ता
आर.सि.एनबाट
वीरगंज १ गते माघ । पर्सा जिल्ला झौवागुठी गा.वि.स. वडा नं. ६ मा बस्ने पिडित मन्जु देवीका छोरा रविन्द्र साहले न्यायको लागि गत पुष २० गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गर्न जाँदा दर्ता नगरे पश्चात गत पुष २८ गते न्यायको माँग गर्दै पुनरावेदन अदालत हेटौडामा बाध्य भएर मुदा दर्ता पिडितका छोरा साहले गरेका थिए ।
सो मुदाको बिरोधमा विपक्षी सोनारहरुको तर्फबाट उक्त गा.बि.स. अन्र्तगत रहेको अमरपटि प्रहरी चौकीका प्रहरीहरु दिनहु पिडित मञ्जु देवीको घरमा धाउने र पिडितका अभिभावकहरुलाई सो मुदामा मिलापत्र गर्न धाक, धम्की र डर त्रास देखाउने गरेको कुरा आज रिपोर्ट क्लब नेपाल पर्साको बिशेष साक्षात्कार कार्यक्रममा पिडित मञ्जु देवीको ससुरो रिखी साह, श्रीमान राम नारायण प्रसाद साह र छोरा रबिन्द्र साहले संचारकर्मीलाई बताए ।
उक्त घटना पर्सा जिल्ला झौवागुठी गा.बि.स. वडा नं. ६ मा बस्ने राम नारयाण प्रसाद साहको घरमा पुष १९ गते बेलुकी ५ बजेको समयमा छिमेकी धु्रव साह सोनारको नावालक छोरा बिरामी भएकोमा निज साहको घरमा रहेकी श्रीमति मञ्जु देवीलाई बोक्सीको आरोप लगाउदै ध्रुव साह सोनार, प्रभु साह सोनार, कृष्णा साह सोनार र भरत साह सोनार साहको एक्कासी घर भित्र प्रवेश गरी साहको श्रीमति मञ्जु देवीको कपाल समाती भुइमा लछार पछार गर्दै लाठी, हात र मुक्का प्रहार गर्ने क्रममा मञ्जु देवीले रोई कराएको आवज सुनेर छोरा शशी भुषण साह र छोरी ममता कुमारी दौडेर हेर्न जाँदा निजहरुलाई समेत बिपक्षी सोनारहरुले कुटपिट गरी सख्त घाईते बनाएका थिए ।
त्यस पश्चात निज घाईतेहरुलाई स्थानिय एम्बुलेन्सबाट वीरगंज स्थित नारायाणी उप क्षेत्रिय अस्पतालको आकस्मिक कक्षमा उपचार पश्चात अस्पतालको बेड खाली नभएका कारण नेशनल मेडिकल कलेजमा उपचार गर्न पुगेका थिए । तर झन बिरामी चिन्ताजनक अवस्थामा पुग्न थालेपछि सो बिरामीलाई हाल भारतको पटना अस्पतालमा उपचार भईरहेको कुरा साक्षात्कार कार्यक्रममा घाइते देवीको श्रीमान साहले बताएका छन् ।
सो बिशेष साक्षात्कार कार्यक्रम रिपोर्टस क्लब नेपाल मधेश क्षेत्रिय संयोजक कन्हैया गुप्ताको सभापतित्वमा सम्पन्न भएको थियो ।