क्राइमचेक प्रतिनिधि/
वीरगंज/ जिल्ला प्रहरी कार्यालय पर्साको काम कारवाही केहि दिन देखि सुस्त गतिमा प्रवाहित हुन थालेको देखेर नारायणी अंचल प्रहरी कार्यालय भने आफैं तातेको समाचारहरूले पुष्टी गर्न थालेको छ ।
पुसको बढ्दो जाडो कठ्याँथ्रिदो शितलहरसँगै पर्सा प्रहरी सुस्ताउन थालेपछि जिल्लामा विभिन्न प्रकृतिका अपराधीहरू सल्बलाउँदै जानु, अवैध कारोबारीहरूले कानुन विपरितका काममा तदारुकता पूर्वक लागेको घटनाहरू बढ्दै जानु, चोरी, हिंसा, फोन धम्की, चन्दा आतंक लगायतका कृयाकलाप बढ्दै गएको देखेर नारायणी अंचल प्रहरी कार्यालयले कानुन विपरितका
कृयाकलाप नियन्त्रकालागि आफैं जुट्न थालेको हो ।
यसै क्रममा नारायणी अंचल प्रहरी कार्यालयले बुधवार ९५ हजार अवैध भारतीय जालीनोट सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
नारायणी अंचल प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक अरुण कुशवाहाको नेतृत्त्वमा गएको प्रहरी टोलीले वीरगंजको नयाँ बसपार्क नजिकैको बाइपास सडक खण्डबाट भारतीय नागरिक धिरेन्द्र यादवलाई पक्राउ गरेको वरिष्ठ प्रहरी उपरीक्षक मनोज न्यौपानेले पत्रकार सम्मेलन गरी जानकारी गराउनु भयो ।
वरिष्ठ प्रहरी उपरीक्षक न्यौपानेका अनुसार भारत उत्तरप्रदेश जिल्ला ईटाह, ग्राम पञ्चायत दत्तपुर कुन्जपुर गाउँ नगला कायस्थान बस्ने २२ वर्षी धिरेन्द्र यादव टेम्पोमा सवार भइ रक्सौल तर्फ गइरहेको भन्ने विशेष सुचनाको आएपछि प्रनानि कुशवाहा नेतृत्त्वको टोलीले निजलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट कालो प्लाष्टिकले बेरिएको झोलामा भारतीय रु.१०००।– (एक हजार) दरको ९५ थान अर्थात ९५ हजार नक्कली नोट फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीकालागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाउने तयारी भइरहेको छ ।
पक्राउ गरिएका यादवले पत्रकारहरू सामु दिएको बयान अनुसार उनले यस अघि पनि नेपालमा दुई चोटी भारतीय नक्कली नोट साटासाटको काम गरिसकेका छन् । तेश्रो पल्ट भने समातिन पुगे । आफूले भा रु ६५०/– का दरले ती ९५ वटा एक हजार दरका नोट खरिद गरि ल्याएको यादवले जनाएका छन् ।
जिल्ला क्षेत्रमा यस्ताखाले अवैध र कानुन विपरितका कामहरू व्यापक रुपमै भइरहेको यो प्रकरणले पुष्टी गरेको छ तर प्रहरी सुस्तताका कारण खासै उपलब्धीपूर्ण कामहरू भएको देखिंदैन ।
प्रकाशित मितिः२०७१ पुस १७ गते बिहीवार
यो पनि पढ्नुहोस..
पर्सा प्रहरी दिउँसै निदाएपछि.....
स्याबास चोर, थुक्क प्रहरी
एस.पी. लोहनीको कार्यदक्षतामाथि प्रश्न चिन्ह