क्राइमचेक प्रतिनिधि/
वीरगंज/जाडो छल्ने भनि तराई भ्रमणमा रहनु भएका पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाह बुधवार झापा प्रस्थान गरेका छन् ।
पुसको पहिलो साताबाट शुरु भएको पूर्व राजाको तराई भ्रमण करिब दुई हप्ताको चितवन बसाईबाट गत आइतवार सिमरामा पुगेको थियो । तीन दिनको सिमरा बसाइपछि बुधवार पूर्वराजा शाह झापातर्फ सवारी भएका हुन् ।
झापातर्फ जान लाग्दा रौतहटको चन्द्रनगरपालिकाको चन्द्रनिगाहपुरमा स्थानीयबासीले पूर्वराजाको भव्य स्वागत गरेका छन् ।
राजा आउ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा जनता एक हौं लगायतका नारालगाउँदै पुष्प गुच्छा र अविरमाला लगाउँदै सर्वसाधारण नागरिकहरूले पूर्वराजा शाहलाई स्वागत गरेका थिए ।
पूर्वराजा शाह गाडीबाट ओर्लिएर सर्वसाधारण नागरिकसँग कुराकानी गरेका थिए ।
यसअघि चितवनबाट सिमरा आएका पूर्वराजा शाहलाई सिमरामा पनि आइतवार भव्य स्वागत गरिएको थियो ।
प्रकाशित मितिः२०७१ पुस २४ गते बिहीवार
समाचार हेर्न थिच्नुहोस
पूर्वराजा सिमरामा, स्वागतमा मधेशवादी दलका नेता पनि !