सिमरा, २० पुस ।
जाडो छल्न भन्दै करिब दुई साता अघि तराई भ्रमणमा निस्केका पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाह आइतवार दिउँसो सिमरा आइपुगेका छन् ।
राजा ज्ञानेन्द्रको स्वागतार्थ विभिन्न राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ताहरुको पनि उपस्थिति देखिएको थियो । राष्ट्रिय समाजवादी पार्टी (शरदसिंह भण्डारी समुह) का नेता एवं जिविस पर्साका पूर्व सभापति शम्भु चौरसियाको नेतृत्वमा पनि करिब ३ दर्जनभन्दा बढी कार्यकर्ताहरु पर्साबाट त्यहाँ गएका थिए भने अन्य मधेशवादी दलका नेता कार्यकर्ताहरुको पनि बाक्लै उपस्थिति थियो ।

चितवनको सौराहाबाट स्थल मार्ग बाट, हेटौैडा, अमलेखगंज, पथलैया हुँदै आइतवार दिउँसो करिब ३ बजे पूर्वराजा शाह सिमरा आइपुगेका हुन् ।
पूर्वराजा शाहको सवारीबारे कुनै प्रचार प्रसार नगरिए पनि सिमरास्थित प्रभु निवासमा हजारौंको संख्यामा उपस्थित जनसमुदायले पूर्वराजाको भव्य स्वागत गरेका थिए ।
बारा, पर्सा, रौतहट लगायतका क्षेत्रबाट राजाको स्वागतार्थ आइपुगेका जनताहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा क
सको जनताको, जनता आउ राजा ल्याउ देश बचाउ लगायतका गगनभेदी नारा लगाएर राजा ज्ञानेन्द्रमाथि पुष्प वर्षाउँदै स्वागत गरेका थिए ।
सको जनताको, जनता आउ राजा ल्याउ देश बचाउ लगायतका गगनभेदी नारा लगाएर राजा ज्ञानेन्द्रमाथि पुष्प वर्षाउँदै स्वागत गरेका थिए ।
चितवनदेखि नै आफैं गाडी चलाउँदै सिमरा आइपुगेका राजा शाह करिब ३०० मिटर पैदल हिंडेर उपस्थित जनताहरुको स्वागत र पुष्पगुच्छा लगायतका अभिनन्दन ग्रहण गरेका थिए ।

पर्साबाट विभिन्न राष्ट्रवादी समुहहरु छुट्टा छुट्टै समुहमा आफ्ना समर्थकहरु लिएर पूर्वराजाको स्वागतकालागि सिमरा पुगेका थिए ।
नेपाल विद्वत परिषदका केन्द्रिय सदस्य नरेशराज गिरी र पर्सा जिल्ला अध्यक्ष रामनारायण कुर्मीको नेतृत्वमा पनि सर्वसाधारणहरु त्यहाँ पुगेका थिए । नेपाल राष्ट्रवाद संघ पर्साका अध्यक्ष जनकलाल साहको नेतृत्वमा पनि निकै जनताहरु बाजागाजासहित राजाको स्वागतार्थ पुगेका थिए । त्यस्तै पशुपति रौनियार, पशुपतिबिक्रम शाह, श्रीमित उषा शाह लगायतका हजारौंको उपस्थिति रहेको थियो ।
पूर्वराजाको सिमरा सवारी हुनु भन्दा केही बेर अघि पर्साको वीरगंजबाट नेपाल राष्ट्रवाद संघ पर्साका अध्यक्ष जनकलाल शाहको नेतृत्वमा गएका राष्ट्रवादीहरु नागरिकहरुले बाजागाजासहित राजा आउ देश बचाउको नारा लगाउँदै सिमरा नगर परिक्रमा गरेका थिए ।
यो पनि पढौं..