सामाजिक संजाल मार्फत किताव संकलन अभियान

पवन वली ।
पुष,२२ सल्यान
 सल्यानमा क्रियाशिल युवा हरुले विद्यालयमा पुस्तकालय स्थापनार्थ एक व्यक्ति एक वुक अभियान सुरु गरेका छन ।

सल्यानको उत्तर पश्चिम गााउ जिमाली स्थित महेन्द्र उच्च मा.वि. मा पुस्तकालय स्थापनार्थ यो अभियान सुरु गरीएको हो । जिल्ला सदरमुकाम भन्दा नौ कोष टाढा यस विद्यालय जिल्ला स्तरी नतिजा तथा हरेक वर्ष हुने एस.एल.सि. नतिजाहरुमा जिल्लाका सुगम र सम्पन्न विद्यालयहरु लाई समेत उछिन्दै आई रहेको छ । सदरमुका तथा सरकारी पहुच कमै भए पनी त्यही स्कुलमा अध्यन गरेका पुर्व विद्यार्थिहरुको समुह ले यो अभियान लाई सुरु गरेका हुन ।

 यस अभियानले दुर्गम गााउको विद्यालयमा सजिलै पुस्तकालय स्थापना हुन सक्ने र गााउका विद्यार्थिले शहरका शिक्षा प्रति सकारात्मक सोच भएका व्यक्ति हरुको किताव सहयोगले विद्यालयको पठन पाठन तथा विद्यार्थिको अन्य विधामा समेत क्षमता अविवृदि गर्न सकिने यस अभियान लाई संयोजन गरीरहेका टेक राज शाही को धारणा रहेको  छ ।

अभियानलाई व्यवस्थित गर्न सामाजिक संजाल फेसवुकमा पेज तथा देशका विभिन्न ठाउमा सम्पर्क व्यक्ति हरु समेत तोकिएको छ । अभियान सुरु गरेको दुई दिनमै देश भरी वाट अभियान निकै सकारात्मक भएको र सहयोग गर्न ईच्छुक भएको खवर हरु प्राप्त भई रहेका छन । अधिकांस यस्ता अभियानहरु राजधानीमै संचालन गरीने भए पनी मोफसल वाट सुरु गरीएको यो अभियान सफल हुने कुरामा जिल्लाका सवै सरोकार वाला व्यक्तित्व हरु आसा वादी रहेका छन ।

SHARE THIS

Author:

Facebook Comment