गत बिहीवार, अर्थात् नयाँ वर्ष इ.सं. २०१५ को पहिलो दिन । वीरगंज र आसपासका बासिन्दाहरू पनि नयाँ वर्ष मनाउने तर्खरमा व्यस्त । तर आफू एकाविहानै बाहिर निस्कें । घण्टाघरमा रहेको पत्रिका पसलमा एउटा पत्रिकाको व्यापक चर्चा भइरहेको सुनें, उक्त पत्रिकाले पर्सा प्रहरीका कृयाकलापबारे निकै टिप्पणी तर सत्य समाचारहरू बिश्लेषण गरेर लेखेको रहेछ ।
क्राइम चेक साप्ताहिक नामक उक्त पत्रिकाको पहिलो पृष्ठमा प्रथम समाचार बनाएर छापेको थियो, “पर्सा प्रहरी दिउँसै निदाएपछि...”, पत्रिकाको एंकर न्यूजमा थियो, “एस.पी. लोहनीको कार्यदक्षता माथि प्रश्नचिन्ह १” त्यस्तै पत्रिकाको दोश्रो पृष्ठमा “स्याबास चोर, थुक्क प्रहरी” यी सबै समाचार सामग्रीलाई ध्यान दिएर पढें र पर्सा प्रहरीको कार्यशैलीबारे मैले मूल्यांकन गरेझैं क्राइम चेकले प्रकाशन गरेको रहेछ भन्ने बुझियो ।
त्यसपछि दैनिक र नित्य कर्म गरी खाना खाएर दैनिकी कार्य अर्थात समाचार संकलन र सम्प्रेषणकालागि बाहिर निस्किनै लाग्दा मोबाइलमा फोन आयो, “छिट्टै पानमण्डीमा आउनुस्, पर्साका एस.पी. स्वयं आएर यहाँ छापामारी गरेर ठूलै अपराधीलाई समातेको रहेछ भन्ने खबर सुनिंदैछ ।” म पनि फोनलाई फौलो गर्दै तुरुन्त सो स्थानमा पुगें, त्यतिबेलासम्म सो स्थानमा केही दर्जन प्रहरीका अलावा केही स्थानीय बासिन्दाको जमघट भइसकेको रहेछ तर पत्रकारहरू दुई तीन जना मात्र पुगेका थिए । प्रहरीले छापामारी गरेको भनिएको घर दुई तल्ले रहेछ, म पनि माथि पुगें । माथि पुग्नासाथ एस.पी. दिवेश लोहनीले “प्लीज तपाईंहरु तलै बस्नुस, हामी अनुसन्धान गर्दैछौं त्यसपश्चात सबै पत्रकारहरूलाई जानकारी गराऔंला ।” एस.पी. लोहनीले यसरी आग्रह गरेपछि यिनले पक्कै पनि ठूलै र कुख्यात अपराधीलाई समातेको हुनुपर्छ भन्ने लागेर म तल ओर्लिएर एस.पी. साहेबबाट विस्तृत जानकारीकोलागि प्रतिक्षा गर्न थालें । एकैछिनपछि प्रहरी उपरीक्षक लोहनी माथिबाट ओर्लिएर त्यहाँबाट जिल्ला तिर लागे । तर पर्सा प्रहरीका अन्य अधिकृत र जवानहरु त्यहीं तैनाथ नै थिए ।
त्यतिकैमा हाम्रा विभिन्न सूत्रबाट जानकारी आउन थाल्यो, “राष्ट्रिय अनुसन्धान विभाग” अर्थात् सिआइबीको विशेष टोली वीरगंज आएर फलानो घरबाट कल बाइपासको काम भइरहेको छ भनि पर्सा प्रहरीलाई जानकारी गराएपछि ती टोलीको सहयोगार्थ मात्र पर्सा प्रहरी प्रमुखसहितको दलबलको टोली त्यहाँ पुगेको रहेछ ।
खबर अनुसार पर्साको मुडली गाविस निवासी मकबुल मियाँको वीरगंज पानमण्डी स्थित घरमा बंगलादेशी नागरिकले चारवटा कोठाको Çल्याट भाडामा लिएर त्यहाँबाट कल बाइपासको काम गर्दै आइरहेका थिए । सो सम्बन्धमा केन्द्रिय अनुसन्धान ब्यूरोलाई जानकारी भएपछि छापामारी गर्नकालागि वीरगंज आएको हो । पर्सा प्रहरीको सहयोगमा सिआइबीले सो घरबाट ३३ वर्षीय बंगलादेशी नागरिक म. सोहिल कबिरका साथबाट ६४ पोर्टको ख्इक्ष्ए न्भत धबथ थान –२, ३२ पोर्टको भ्गचय त्बप न्क्: न्भत धबथ थान –१, ८ पोर्टको न्क्: न्भत धबथ थान –२, नेपाल टेलिकम र एनसेलका सिमकार्डहरु थान –१०२ थान, ीबउतयउ थान–३, न्क्: एनटिना थान –२२ लगायतका विभिन्न प्रकारका अबैध कल बाईपास (क्ष्ििभनब िख्इक्ष्ए) मा प्रयोग भएका उपकरणहरुका साथ पक्राउ गरि आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको सिआइबीले जनाएको छ ।
ती सबै सामान र पक्राउ परेका बंगलादेशी नागरिकलाई तत्काल जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रणमा राखिएको सिआईबीले जनाएको छ ।
यता कति न ठूलो र कुख्यात अपराधीलाई समातेर आफूले ठूलै सफलता हात पारेको झैं गरेर प्रहरी उपरीक्षकले पत्रकारहरुलाई सो स्थानमा प्रवेश गर्न नदिइनु र करिब ४ घण्टालाई तल कुर्न लगाएर आÇनो नियत स्पष्ट पारे भनेर तीव्र आलोचना गरियो ।
ठूलै र कुख्यात अपराधी समातिएको र क्राइम चेकमा छापिएको समाचारको गतिलो जवाफ एस.पी.बाट आउने भयो भनि प्रतिक्षामा बसेका पत्रकारहरूले जब थाहा पाए कल बाइपासमा संलग्न व्यक्ति समातिनु पर्सा प्रहरीको सुराकीले नभई काठमाण्डौबाट आएको सिआइबीको उत्कृष्ट कार्यशैलीबाट हो तब प्रहरी उपरीक्षक लोहनीको फुर्ती हात्ती आयो, हात्ती आयो फुस्सा भनेझैं भयो ।
पर्सा प्रहरीको कार्यदक्षताकै कुरा गर्ने हो भने दिनहुा चोरीको घट्ना बढ्दै जानु, फोनबाट रकम असुलीको धम्की आउने क्रमको शुरुवात हुनु र वीरगंज नगर क्षेत्रमा भइरहेको खबर र सुराकी काठमाण्डौका सिबिआईसम्म पुग्नु तर दर्जनौं क्राइम टोली, घुमुवा, टाइगर गस्ती लगायत परिचालन गरिंदा समेत एउटा पनि अपराधी समात्न नसक्नु पर्सा प्रहरीकोलागि लाजमर्दो बिषय बनेको छ ।
ऋक्ष्द्य ले हालसम्म देशका बिभिन्न ७५ स्थानहरुमा अबैध ख्इक्ष्ए बिरुद्ध अप्रेशन संचालन गरी स्वदेशी ९८ जना र विदेशी ३१ जना गरी १२९ जनालाई पक्राउ गरी कारवाहीको लागि सम्बन्धित निकायमा पठाएको छ भने उनिहरुले अबैध ख्इक्ष्ए संचालन गरिरहेको स्थानहरुबाट ठूलो परिमाणमा अबैध ख्इक्ष्ए मा प्रयोग हुने अत्याधुनिक उपकरणहरु सहित २०,३४९ थान बिभिन्न दुर संचार कंपनिहरुका सिमकार्ड समेत बरामद भएको छ । पक्राउ परेका ३१ बिदेशी नागरिकहरु मध्ये २१ जना बंगलादेशी नागरिक छन् । पक्राउ अभियुक्तहरु बिरुद्ध रु १०,८१,८९,६२,७९१।७५ को बिगो मागदावी लिई मुद्दा दायर गरिसकेको छ ।
– २०७१ पुस १७ गते बिहीवार
प्रकाशित मितिः२०७१ पुस २४ गते बिहीवार
यो पनि पढ्नुस..
पर्सा प्रहरी दिउँसै निदाएपछि..
स्यावास चोर, थुक्क प्रहरी
एस. पी. लोहनीको कार्यदक्षतामाथि प्रश्नचिन्ह
जिल्ला सुस्ताएपछि अंचल तात्यो–भारतीय जालीनोट सहित एक पक्राउ