स्याबास चोर, थुक्क प्रहरी !


प्रहरीले प्रदान गर्दै आएको जनसेवा, काम कारवाही, ढिलासुस्ती, कार्यशैली र राष्ट्र हितका काम बारे जनताले कुन रुपमा लिएको छ भन्ने बुझेर अझ उत्कृष्ट प्रहरी सेवा प्रदान गर्ने उद्देश्यले नेपाल प्रहरीको प्रधान कार्यालयले देशभरिका ७५ वटै जिल्लामा नागरिकसँग प्रत्यक्ष रुपमा सार्वजनिक सुनुवाई गर्नु भनि निर्देशन जारी गरेपछि पर्सा प्रहरीले पनि आइतवार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्‍यो ।
सो सार्वजनिक सुनुवाई कार्यक्रममा पर्सा जिल्लाका विभिन्न गाउँका स्थानीयबासी देखि लिएर उप–महानगरक्षेत्र वीरगंज र आसपासबाट पनि करिब तीन सय जनाले सहभागिता जनाए । कार्यक्रममा नारायणी अंचल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक मनोज न्यौपानेलाई प्रमुख अतिथि बनाएर कार्यक्रमको शुरुवात गरियो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक वीरवहादुर ओलीले सार्वजनिक सुनुवाईमा जनताबाट आएको प्रश्नहरू अर्थात जन गुनासाहरूको जवाफ अंचल प्रहरी प्रमुख एस.एस.पी. न्यौपाने र पर्सा जिल्ला प्रहरी प्रमुख दिवेश लोहनीले जवाफ दिनुहुने भनि जानकारी गराएपछि उपस्थित सर्वसाधारण नागरिकले खुल्ला रुपमा प्रहरीको कार्यशैलीबारे मिश्रित प्रतिकृया र टिका टिप्पणी गरे ।
आÇनो भोट बैंक बढाउन चाहने, प्रहरी अधिकृतहरूको नाम भजाएर तल्लो दर्जाका प्रहरीहरूलाई सरुवा/बढुवा र कारवाही गराईदिने जस्ता कृयाकलापमा संलग्न, अवैध कारोवारीहरूलाई सघाउने व्यक्तिलगायतले पर्सा प्रहरीको खुल्ला र मुक्त कण्ठले प्रशंसा गरे । तर प्रहरीको कार्यशैली र फितलो प्रहरी उपस्थिति अर्थात् काम कारवाहीमा लापरवाही लगायतबाट स्वयम् पीडित भएका व्यक्तिहरू खुलेर प्रहरीको आलोचना गरे ।
उपस्थित जनसमुदाय मध्ये केहीले प्रहरीको उपस्थिति हुँदाहुँदै पनि कसैले धर्मको नाममा जथाभावी बाजा बजाएर वातावरणमा ध्वनी प्रदूषण गरिरहेको गुनासो गरे भने कसैले चेकजाँचको नाममा प्रहरीले अनावश्यक दु:ख गरेको गुनासो गरे त्यस्तै कसैले बजारको हरेक क्षेत्र, गल्ली, चौबाटो र टोल टोलमा प्रहरी परिचालन गरिंदा पनि दिनहुँ जसो मोटरसाइकल चोरीको गुनासा राखे भने कसैले मुस्कान सहितको प्रहरी सेवा व्यवहारमा लागु नभएको गुनासो गरे । त्यस्तै ग्रामिण भेगका बासिन्दाले प्रहरीले ठूला बडा र सोर्सेबल अर्थात पहुँचवालाको कुरा मात्र सुन्ने गरेको गुनासा राखे भने कतिपय गाउँलेले प्रहरीले शान्ति सुरक्षा कायम गर्नुको साटो आपसी विवाद बल्झाएको गुनासो पनि राखे । कसैले १ लाखको मोबाइल खरिद गरि ल्याउँदा प्रहरीले भन्सार शुल्क तिर्न नलगाउने तर ४० हजारको भैंसी किनेर ल्याउँदा किसानलाई नियम कानुनको पाठ सिकाउने गरेको गुनासा राखे । त्यसैगरी कतिपयले साना किसानले १ बोरा मल खाद ल्याउँदा प्रहरीले ठूलै अपराधीलाई समातेको झैं गरेर दुव्र्यवहार गर्ने गरेको भनि गुनासा राखे भने कतिपयले कतिपयले ट्राफिक प्रहरीले चेकजाँचको नाममा बजारमा अनावश्यक जाम लगाउने गरेको गुनासा पोखे भने करिब आधा दर्जन भन्दा बढीले टाइगर मोबाइल गस्तीको कार्यशैली र जनतासँग गर्ने व्यवहारको बारेमा तीव्र आलोचना गरे ।
त्यसैगरी सामान्य सोधपुछकालागि समातिएर ल्याइएका व्यक्तिमाथि सार्वजनिक अपराधका मुद्दा लादिने तर काशी तिवारी हत्याकाण्डका ठूला अपराधी र अन्य मुद्दामा फरार भनिएका अपराधीहरू खुल्लेयाम घुमिरहँदा पनि प्रहरीले केही गर्न नसकेको भन्ने खालका टिप्पणीहरू पनि उक्त सार्वजनिक सुनुवाईमा सुनियो । त्यस्तै स्कूल/कलेजका छात्राहरूको सुरक्षाको सवालमा विशेष चिन्ता पनि व्यक्त गरियो । नगरभरि प्रहरी हुँदा हुँदै पनि स्कूल कलेज छुट्टी हुने बेलामा चुल्ठे, मुन्द्रे, स्माइकर लगायतले चेलीबेटीलाई जिस्क्याउने गरेको प्रति गम्भीर चिन्ता पनि व्यक्त गरियो ।
सबैले आ–आÇना गुनासा र प्रहरीको कार्यशैलीबारे सार्वजनिक रुपमा वरिष्ठ प्रहरी उपरीक्षक मनोज न्यौपाने, प्रहरी उपरीक्षक दिवेश लोहनी र नागरिक समाजका अध्यक्ष डा. दीपक शाक्य सामु राखेपछि अब पक्कै पनि आफूहरूको गुनासा र सवालको संवोधन गरी प्रहरी वरिष्ठ अधिकृतबाट सम्बोधन र समाधानलागि बचनवद्धताको अपेक्षा गरी कठ्यांग्रिदो जाडो र शीतलहरमा खुल्ला आकाश मुनि बसेका सर्वसाधारणहरू त्यति बेला निराश हुन पुगे जतिबेला पर्सा प्रहरी प्रमुख दिवेश लोहनीले समय अभावको कारण “सबै प्रश्नको जवाफ दिन नसकिने” जनाए । प्रहरी उपरीक्षक लोहनीले कार्यक्रमको शुरुवातमै आÇनो चारमहिने कार्यकालमा भएको प्रगतिविवरण पेश गरेका थिए भने कार्यक्रमको उतराद्र्धतिर उनले सार्वजनिक सुनुवाई क्रममा नागरिकबाट आएको प्रश्न र गुनासाको जवाफ अबको तीन महिना पछिको सार्वजनिक सुनुवाईका क्रममा जनता स्वयंले दिने अर्थात पर्सा प्रहरीले आजकै मितिबाट आÇना कार्यशैली र जनहितकालागि अझ उत्कृष्ट रुपमा प्रस्तुत हुने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै वरिष्ठ प्रहरी उपरीक्ष मनोज न्यौपानेले प्रहरीको कार्यशैली बारे गुनासाहरू आएकोप्रति आफू गम्भीर भएको र आगामी दिनमा मुस्कान सहितको प्रहरी सेवालाई व्यवहारमा लागु गर्न आफूहरू नागरिक समाजसँग सहकार्य गरेर अघि बढ्न प्रतिवद्ध रहेको बताए ।
नागरिक समाजका अध्यक्ष एवं शिक्षाविद् डा. दीपक शाक्यको सभापतित्त्वमा सम्पन्न सो कार्यक्रममा पर्सा प्रहरीका प्रमुख अर्थात प्रहरी उपरीक्षक दिवेश लोहनीले केही दिन यता बढ्दै गएको मोटरसाइकल चोरीको घटनाबाट आफू लज्जित भएको र त्यस्ता गिरोहको पत्ता लगाउन प्रहरी लागि परेको दाबी गरेका थिए । तर यता उनले दाबी गरेको चार घण्टा पनि बित्न नपाउँदै जिल्ला प्रहरी कार्यालय नजिकै रहेका भारतीय महावाणिज्य दूतावास पछाडीबाट एउटा मोटरसाइकल चोरी भयो र त्यो चोरीको क्रम यो लेख तयार पार्दासम्म अर्थात मंगलवार रातीसम्म गरी प्रत्येक दिन एउटा मोटरसाइकल चोरी भइरहेको घटना सार्वजनिक हुन थालेको देख्दा पर्सा प्रहरीलाई चुनौति दिंदै प्रत्येक दिन एउटा गाडी चोरी गर्ने चोरको साहस र आँटलाई धन्यवाद र स्वावासी दिनै पर्छ भने हरेक चोक, गल्ली, दोबाटो चौबाटो, टाइगर मोबाइल, घुमुवा, क्राइम टोली, सामुदायिक क्षेत्र, वडा क्षेत्र, सीमा क्षेत्र, जिल्ला र अंचल प्रहरी कार्यालयको कार्यशैली र नालायकीपनलाई एकचोटी भन्नै भर्छ, “यस्तो पनि ड्यूटी ? थुक्क प्रहरी ” !

 प्रकाशित मितिः२०७१पुस१७ गते बिहिवार

SHARE THIS

Author:

Facebook Comment