मोटरसाइकल धनिहरु आतंकित
क्राइमचेक प्रतिनिधि/
वीरगंज/यतिखेर मुलुककै आर्थिक राजधानी वीरगंज शहरमा एकपछि अर्को गर्दै दैनिक रुपमा नयाँ नयाँ मोटरसाइकलहरू सार्वजनिक स्थलबाट नै चोरी बढ्नुले मोटरसाइकलधनीहरू आतंकित हुन थालेका छन् ।
सानो शहर तर व्यवस्थित आर्थिक राजधानीको रुपमा एक पछि अर्को फड्को मार्दै गएको वीरगंज शहरको ँशान्ति र सुरक्षा” सुव्यवस्स्था हुनुपर्ने वीरगंजवासीहरूको प्रमुख मुद्दा नै हो । त्यसैले यहाँका उद्योगपति, व्यापारी एवं सर्वसाधारण जनताहरू ँशान्ति र सुरक्षा” सुव्यवस्थित गर्ने सरकारी निकाय अर्थात प्रहरी तथा जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई आर्थिक, भौतिक एवं शारीरिक रुपमा निरन्तर सहयोग गर्न र गरिरहेका वीरगंजवासीहरू आर्थिक राजधानी वीरगंज शहर सुरक्षाको दृष्टिले मुलुककै बलियो अर्थात अब्बल दर्जामा हुनुपर्ने मान्यता राखि आएका छन् । तर यतिखेर वीरगंज शहर साँँझ पर्दा–पर्दै नयाँ नयाँ मोटरसाइकलहरू वीरगंजको मूख्य सडकबाट नै चोरी भइरहने दैनिकी कार्यले वीरगंजवासीहरू पुनस् एक पल्ट आफूलाई असुरक्षित भइरहेको बताउन थालेका छन्, भने चोरी भएका मोटरसाइकलहरू पत्तो लगाउन नसक्ने सुरक्षा निकायहरूको कार्यदक्षतामाथि नै प्रश्ननिन्ह उठ्दो छ ।
पटक–पटक निरन्तरजस्तो अवैध सुन र लागुपदार्थ चरेस तथा गाँजा बरामद र करिब ७ करोडको राजश्व चुहावटका अवैध सामान बरामद गरी वाहवाही लुटीरहेका सुरक्षा निकायका तालाचावी बोकेका एस।पी। दिवेश लोहनीले केही दिन अगाडी मिति २०७१ पुस ११ मा पल्सर मोटरसाइकल हराएको रिपोर्ट दर्ज गर्ने सवारीधनी राकेश चौरसियाको मोटरसाइकलबारे एस।पी। लोहनी नेतृत्त्वको प्रहरी प्रशासनले चित्तबुझ्दो जानकारी समेत दिन नसकेको चौरसियाको गुनासो रहिआएकोछ । भने दैनिकजसो साँझ पर्नासाथ सो–रुमबाट भर्खर नै निकालिएका ताजा ताजा मोटरसाइकलहरू छानी छानी बीच सडक र चौराहाबाट चोरी हुने तर चोरको सुईंको समेत पत्तो लगाउन नसक्ने पर्सा प्रहरीको दक्षताले अन्य अपराध मौलिन बल मिलेको स्वयं चोरी भएका सवारीधनिहरूले बताउन थालेका छन् भने अवैध सुन भनि पक्राउ पर्ने र अवैध लागु औषधमा पक्राउ परेकाहरू एस।पी। लोहनीको षड्यन्त्रमा फसेको भन्ने पीडित तस्करका परिवारहरुको भनाई आफैंमा अर्थपूर्ण रहन पुगेको छ । व्यापार गरेवापत मनंग्य भेटी नचढाउँदा पक्राउ गरिएको तस्करको आरोप र यतिका दिनसम्म बीच सडकबाट नै दैनिक रुपमा मोटरसाइकल चोरी भइरहने तर चोरको पत्तो लगाउन नसक्ने ताजा घटनाले शान्ति सुरक्षाको तालाचावी बोकेका एस।पी। लोहनीको कार्य दक्षतामाथि वीरगंजवासीले प्रश्नचिन्ह उठाउन थालेका छन् ।
हुन त केही वर्ष अघि तत्कालिन एस।पी। रमेश खरेलको समयमा चोरी, डकैती, अपहरण र राजश्वमारा तस्करी कार्य समेत ठप्प भई वीरगंजवासीहरू सुरक्षित ठान्दथे भनि स्वयं वीरगंजवासीहरू बताउँछन् । एस।पी। खरेल वीरगंजबाट सरुवा भएपछि लोहनीमार्फ आर्थिक चलखेल गरेको आरोप नलागेको भने होइन झ् तर यतिखेर बिगतका डि।एस।पी। अर्थात हालका एस।पी। लोहनीको कार्य दक्षतामाथि प्रश्नचिन्ह उठेकै छ ।
अन्त्यमा यावत आशंका तथा आरोपहरू एस।पी। लोहनीले कसरी निराकरण गर्ने हो भन्ने बारे स्वयं एस।पी। लोहनीको कुशल दक्षता छ वा छैन यावत सत्य तथ्य प्रष्टिन केही दिन प्रतिक्षा गरे स्वयं उजागर हुने नै छ ।
प्रकाशित मितिः २०७१ पुस १७ गते बिहीवार