दिवाकर मैनाली हेटौडा, मकवानपुर ! |
परापुर्व
काल देखीनै नेपाल मा चली आएको आ-आफ्नो जात जाती सम्बन्धी हक र अधीकार को नाममा अचेल मुलुकभरी निक्कै ठुलो चर्चा परिचर्चा हुने गरेको
छ । चोक, टोलमा गाँउ समाज देखी लीएर राज्य को अभिन्न
निकायमा समेत
यसले निक्कै ठुलो स्थान पाएको छ ।
जात जाती सम्बन्धी जति नै वकालत र बहस
गरीए पनि अन्त त ठुला र पुँजीबादी हरुको कमाइखाने भाँडोको रुपमा नया ब्यापार साबित भएको छ । जात जाती र धर्म
सँस्कार जोगाउनु भन्दा पनि आफ्नो असली जातीत्व छुपाएर डलरको खेति गर्न पल्केका हरुका
कारण राज्यमा बिचलन र बिकृतीले अनी अराजकता ले दिन प्रतिदीन जरा
गाड्दै गइरहेको अवस्था छ ।
जनजाती भनेको के हो र दलीत वा गैर दलीत
भनेको के हो भन्ने वास्तबीक पिडक हरु लाइ जानकार नै छैन । को हो त जनजाती ? जन भनेको जनता र जाती भने को जात । जनताको जात अर्थात जनता जनार्दन
नै जनजाती हुन ।
नेपाल
को तराइ पहाड
र
हिमालको पुर्व मेची देखी पश्चीम महाकाली सम्म जतिपनि छरिएर बसोबास गरेका नेपाली हरु छन , ति सबै जनजाती हुन् । श्री ५ पृथ्वीनारायण शाह ले चारजात छत्तीस बर्ण को साझा फुलबारी
को उपनाम दिनु भयको हो । नेपाल भित्र जति जाती बसे पनि सबैको समान हक अधिकार छ
भनेर उहाँको दिब्योपदेश मानै उल्लेखीत छ । फरक यति मात्र हो बिभिन्न
काम र कर्तब्य अनुसारनै नेपाली हरु आ-आफ्नो जात को पहिचान कायम गरि बसेका हुन, तर हाल नेपालमा पुँजि पति बर्गले ठाँउ पाउनाले धमीलो पानीमा
माछा मार्ने मौका पाएका हुन ।
हीजो का शोसक सामन्ती हरुले समय अनुसार रँग
बदलीएर गरीव र निमुखा हरुलाइ उक्साएर आफ्नो क्षेत्र बलीयो बनाउन सफल भैरहेका छन् ।
यस्ता सामन्तीहरु बाट भएका जात जाती र धर्म सम्बन्धी बिभेद र छुवाछुत को
कथित ब्यबहार हरु कै कारण तिनै जनताहरु बिभिन्न जात जाती को रुपमा
बर्गिकरण भयका हुन् । पुँजीपति को हुक्के चिलीमे र तिनीहरु सँग नजिकिएका हरु ठुला
जाती र बाहिरि काम जस्तै कुटो कोदालो खेति पाती गर्ने जति साना जाती भए ।
ति
सामन्तबादि हरुको असली ब्यबहारको समयमै सहि पहिचान गर्न नसक्दा आज
नेपाल भित्र छुवा छुत र जात जाती बीच ठुलो भ्रम खडा गरिदीएको छ । अझै पनि
ठाँउ ठाँउ बाट तिनै सामन्ती हरुले जात जाती को लगाम आफुले नियन्त्रणमा राखी
डलर को खेती गर्न सफल भैरहेका छन् । हामि सर्वसाधाण ले यो कहिल्यै
पनि बुझ्न सकेनौ र त्यस्ता ब्यक्ती को हामि सधैनै दासी मात्र बनिरह्यौँ । माओबादीको कथित दश बर्षे जनयुद्ध को
बखत त्यस भित्र रहेका अवसरबादी हरुले गरीब जनाता हरुमा पु:न जात र धर्मको बिज रोपि
सत्ता हाँसील गर्ने खेल को श्रृजना गरे ।
गरिब
, शोषीत पिडीतको उनमुक्तीको भ्रम फैलाएर
आफ्नो सत्ता सम्म पुख्ने साँघु तयार गर्न तिनै शोषक र
सामन्ती हरु नै सफल भय । राजा ज्ञानेन्द्र र राजनितीक दल बिच चिसीयको सम्बन्ध
को मौका छोपि कथीत माओबादी हरु र अरु राजनीतीक दल ले सम्युक्त आन्दोलन 62/63 को घोषणा गरे । बिभिन्न प्रलोभन देखाइ जालमा फसाएका गरीब जनता
को घोडा चढी अन्त: त राजतन्त्र ब्यबस्थाको अन्त गरियो । जुनै जोगी आएपनि कानै चिरिएको भने झैँ
गरिब जनता गरिब को गरिबै र बाठा टाठा हरु फेरि पनि उम्कन सफल भए । राजनितीक
अस्थिरताको मौका छोपी बिदेशी शक्तीको आडमा पु:न जातियताको र धर्मबिरुद्धको
बिज रोप्ने फेरि सुरु भयो । पहाडी क्षेत्र, हिमाली क्षेत्र र तराइ क्षेत्र का गरिव र
पिडितहरुलाइ
लक्षीत
बनाइ मनग्य सम्पत्ती आर्जन गर्ने सपना देखेका कथित राजनितीक दलका स्वार्थी हरुले पटक पटक एक अर्का
बिरुद्ध असमान र भेदभाव को भावना पैदा गरिदीए । महाकाली, हुम्ला जुम्ला का गरिब जनताको फोटो , भिडियो तयार गरेर उनिहरुको नाम मा बिदेशी साम्भ्रान्त
हरुसामु भिख मागेर बिलासी ता को जीबन बिताइरहेका सामन्त हरुको जालमा पटक पटक जनता
परिरहे ।
कतै
दलीत , कतै जनजाती त कतै बादि र हलीयाको नाम दिएर पटक पटक तिनै सामन्तिहरु नै बलीया बनिरहेका छन् । दलीत भनेको को हो त ? कुनै पनि क्षेत्र र बर्ग बाट पिडीत वा दलीएका
हरुनै वास्तबीक दलीत हरु हुन् । यसमा न कुनै
जात छ न कुनै धर्म । यो त एक सामन्तिहरुबाट गरिएको भेदभाव मात्र हो ।
गरिबीको कारण दैनिक ज्याला मजदुरी गरेर फुर्सद नहुँदा आफ्नो स्वास्थ र जीबनशैलीमा
समेत ध्यान दिन नसकेर गरीब धुला मैला भएका हुन् । यस्ता धुला मैला लागेका
गरीब जनताहरुलाइ धनी र पुँजीपती हरुले अन्त:त छुवाछुत को नाम दीएका
हुन् । उनिहरुलाइ शिक्षाको र चेतना को कमि थियो । उनिहरुलाइ शिक्षा र चेतना
दिनुको साटो भेदभाव को दृष्टिकोणले हेरिन थाल्यो र "दलित"
को नाम बाट राज्यमा चिनारी गरियो ।
वास्तबमा
छुवाछुत त त्यसलाइ गर्नु पर्छ जो गरिबको रगत चुसेर मोटाएका छन् र गरिबलाईनै छुवाछुत को नजरले देख्दछन ।
आज पनि धनि बर्ग जो हिजोको शोषक हरुनै जात जाती र छुवाछुत सम्बन्धी ओकालत राज्य
मा गरिरहेका छन् । तिनीहरुलाइ
के थाहा कि छुवाछुत को भेदभाबका कारण गरीबले कति पिडा भोग्नु परेको छ । तिनीहरुबाट गरिब जनताले
उन्मुक्ती कुनै हालतमा पनि पाउन सक्दैनन् ।
गरिबी
र छुवाछुत को अन्त तब हुन्छ जब वास्तबिक पिडक नै शसक्त भयर आफ्नो हक अधिकार को खोजी गर्न बुलन्द हुने छ ।
फेरि पनि तिनै धनि र पुँजीपती को पुच्छर समातेर आफ्नो हक अधीकार खोज्ने हो भने , न पिडकले न्याय पाउँछ न त राज्यमा शान्तिनै कायम हुन सक्दछ ।
यस्ता किसिमका हक अधिकारको शुनिश्चीत गर्नको लागी गरिब र निमुखाहरुमा मुल:त शीक्षा र चेतना को
बृद्धी गर्न
जरुरी
छ ।
यो
बारेमा राज्य ले कुनैपनी हालतमा सहयोग गर्ने छैन । किनकी यतिखेरको राज्य तिनै शोषक सामन्तीको
हातमा छ । यो कुरा पनि हामीले बुझ्न जरुरी छ की जात जाति र धर्म कुनैपनी हक अधीकार
सम्बन्धी बाधक हुन सक्दैन् । तसर्थ हामी ले आफ्नो जात र धर्मका कारण अधिकार
बाट बन्देज भयका हौँ भन्ने मानशीकता जसले बनाउछ यथार्थमा उ एकदमै कमजोर
ठहरिन्छ । त्यसैले अरुको बहकाउमा र प्रलोभनमा परी धर्म र जात परिवर्तन
नगरौँ आफ्नो पहिचान राज्य सँग हैन आफै भित्र खोजौँ ।