वीरगंज, ४ साउन ।
जिल्ला प्रहरी कार्यालय पर्साले प्राज्ञापन पत्र भन्दा बढी सामान भित्र्याइएको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट अपराध नियन्त्रण ,फरार अभियुक्त पक्राउ तथा भन्सार चोरी निकासी पैठारी नियन्त्रणको लागि जारी गरिएको अभियान अन्तर्गत विशेष सुचनाको आधारमा मंगलवार राती खटिएको विशेष प्रहरी टोलीले रातको अं.२०:२५ वजेको समयमा बीरगंज भन्सार कार्यालयबाट भन्सार गरी भन्सार प्रज्ञापनपत्र भन्दा बढी समान लोड रहेको ना.२ ख ७१०९ नं. को ट्रक जि. पर्सा बीरगंज उ.म.न.पा वडा नं.१९ स्थित बाईपास सडकमा फेला परेकोले नियन्त्रणमा लिई उक्त समान सहितको ट्रक जस्ता तस्तै आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग मध्यमान्चल क्षेत्रिय कार्यालय पथलैया बारामा पठाइएको पर्सा प्रहरीले जनाएको छ ।