एमाओवादीमा समानुपातिक सहभागिताको बहस

— प्रभु साह
नेपाली समाजमा विद्यमान आर्थिक–समाजिक असमानता सहितको विविधतालाई सहि संबोधन गर्न सारिएको समानुपातिक प्रतिनिधित्वको अवधारणालाई सिंगै मुलुकले आत्मसात गरी अन्तरीम संविधानमा समेत लिपिबद्ध गरी सकेको छ । समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई राज्यको विभिन्न अंगहरुले क्रमशः लागु गर्दै गएको र अन्य राजनीतिक दलहरु समेतले समानुपातिक प्रतिनिधित्वको अनुपात थोरबहुत भएपनि आत्मसाथ गरिसकेको बर्तमान सन्दर्भमा अझ उक्त एजेण्डाको नेतृत्वकर्ता एमाओवादी किन आफ्नो पार्टी संगठनमा लागु गरी नसकेको होला ? आज यो विषय आम जिज्ञसाको विषय मात्र नभएर गम्भीर चासोको विषय भएको छ । यो एजेण्डा युद्धको बेला हो, अहिले होइन ? यो अरुलाई हो, आफूलाई होइन ? भन्ने जस्ता आरोप र अशंका नरहेको पनि होइन तर एमाओवादी पार्टीले सकरात्मक सोचबाट नै यसलाई अनुशरण नगरेको हुनु पर्दछ भन्ने जब्बर बुझाईको परिपेक्ष्यमा यसको विभिन्न पाटापक्ष बारे बह्स अगाडी बढाउन जरुरी छ । निश्चित रुपमा यो विषयको बह्सले पार्टीको ०७१ बैशाखमा हुने राष्ट्रिय सम्मेलनको प्रकृया सँगै आन्तरिक प्राथमिकता पाए पनि व्यवस्थित भएको छैन । अझ यो विषय समाजको अग्रगामी रुपान्तरणसँग अभिन्न रुपले जोडिएको र यसको लागि हजारौंको रगत बगेको पृष्ठभुमिमा आन्तरिक बह्सको विषय मात्र बनाएर
पुगदैन । सार्वजनिक बह्स मार्फत राष्ट्रिय सम्मेलनले टुंग्याउदा उपयुक्त हुन्छ ।

    कम्यूनिष्ट पार्टी भित्र समानुपाति समावेशी प्रतिनिधित्व जरुरी पर्छ की पर्दैन ? यदी पर्दैन भन्ने के कारणले पर्दैन वा पर्छ भन्ने के कारणले पर्छ ? यसको तुलनात्मक अध्ययन बिना सहि निचोडमा पुग्न सक्दिैन । यस सन्दर्भमा पहिलो तर्क हो, कम्यूनिष्ट पार्टी सर्वहारा वर्गको पार्टी भएको हुनाले राज्यमा जस्तै समानुपातिक सहभागिता पार्टी भित्र हुदैन अर्थात राज्य समग्र देशकै नेतृत्व गर्ने शासनको थलो भएको नाताले त्यसलाई समानुपातिक सहभागिता हुने भए पनि कम्यूनिष्ट पार्टीमा हुदैन । किनकि कम्यूनिष्ट पार्टी सर्वहारा वर्गको पार्टी हो । अब प्रश्न उठछ, सर्वहारा वर्ग भनेको के हो ? के सर्वहारा वर्ग समाज भन्दा अलग बस्तु हो ? यदि समाज विभिन्न जाति÷क्षेत्रमा विभाजित हुन्छ भन्ने के सर्वहारा वर्ग विभाजित हुदैन ? यदि हुन्छ भन्ने यसलाई कसरी बुझ्ने ? मजदुर वर्गलाई मुख्यतः सर्वहारा वर्ग भन्दछौं भन्ने के उत्पीडक समुदायको मजदुरले उत्पीडित समुदायको मजदुरलाई घृणा गर्दैन ? उत्पीडक समुदायको मजदुर र उत्पीडित समुदायको मजदुर समान पेशमा भए पनि के दुवैको आर्थिक अवस्था समान छ ? वा राजनीतिक÷समाजिक स्थिती के दुवै समुदायको मजदुर बिच समान छ ? यदि असमान छ भन्ने यसको सम्बोधन र सामाधानको विधि के हो ? निश्चित रुपमा यी तमाम प्रश्नहरु माथि विचार गर्दा एउटा निष्कर्ष निकाल्न सकिन्छ की सर्वहारा वर्ग कुनै एउटा वा सिमित जातिय समुदायको मात्र पेवा होइन । यो सबै जाति ÷ क्षेत्रिय समुदाय भित्र स्वभाविक पैदा हुने विषय हो । कम्यूनिष्ट पार्टी पनि समाज भन्दा अलग अमुर्त बस्तु नभएर समाज मैै विकाश हुने र वर्ग संघर्षको जिवन्त नेतृत्व गर्ने साझा केन्द्र भएको नाताले यसलाई सबैको सहभागितामा निर्माण गर्न जरुरी हुन्छ । अर्थात समानुपातिक सहभागिता मार्फत पार्टी संगठन निर्माणको विधि नै सहि विधि हो ।

त्यस्तै अर्को मत हा,े कम्यूनिष्ट पार्टी अग्रदस्ताको पार्टी हो । अग्रदस्तामा समानुपातिक सहभागिता गराउनु अग्रदस्ताको मर्म विपरीत हुन्छ । अर्थात अग्रदस्ताको मान्यतामा गठीत संगठनमा समानुपातिक सहभागिता हुनै सक्दैन । अब प्रश्न उठछ, अग्रदस्ता भनेको के हो ? अग्रदस्ता छनौटको घेरा के लाई बनाउने ? सबभन्दा सचेत वर्गको रुपमा रहेको सर्वहारा वर्ग जो अन्तराष्ट्रिय वर्ग हो, यदि यसलाई सहि मान्दछौं भन्ने हामी अन्तराष्ट्रिय स्तरबाट अग्रदस्ता छान्नु पर्ने हुन्छ र त्यसको लागि नेपाल कम्यूनिष्ट पार्टी हैन, सिधै विश्व पार्टी भन्नु पर्ने हुन्छ । यदि यो होइन, हामी नेपालकै सापेक्षतामा अग्रदस्ता छनौट गछौं भन्ने नेपाल भित्र रहेका असमान स्तरको चेतनाको सापेक्षतालाई कसरी बुझ्ने ? यसको सहि जवाफ दिन जरुरी छ । तपाई हामी सबैलाई थाहा छ, नेपाल भौगोलिक, भाषिक, सांस्कृतिक, समाजिक मुख्यत आर्थिक विविधताले भरिएका अलग–अगल राजनीतिक इतिहास बोकेका असमान समुदायहरुको साँझा समाज हो । चेतनाको स्रोत यदि उत्पादनको निम्ति संघर्ष, वर्गसंघर्ष र बैज्ञानिक प्रयोगको बिचबाट हुने कुरा मान्दछौं भन्ने नेपालमा रहेको सबै जातिय÷क्षेत्रिय समुदायको आर्थिक जीवनको बिचमा रहेका असमान अर्थात आर्थिक उत्पादनको निम्ति हुने संघर्षमा देखिएका विविधता, विभिन्न जाति ÷क्षेत्रमा हुने वर्गसंघर्षको स्वरुप र चरित्रमा फरक र त्यसको संचालन वा नेतृत्व सोही सापेक्षित सचेत भुमिका मार्फत हुने अवस्थालाई कसरी बुझ्ने ? यो विशेष विचारणीय विषय हो । यस प्रकार विभिन्न समुदायको आफ्नै मौलिकतामा विकास भइरहेको नयाँ विचार सहितको अग्रदस्ताका अस्तित्वलाई स्वीकार्ने र सोही अनुरुप अग्रदस्ताको मापण विधि बनाउने विषय नै आजको महत्वपूर्ण विषय हो । तसर्थ अग्रदस्ताको विषय अमुर्त रट लगाउने विषय मात्र नभएर समाज सापेक्ष बस्तुगत धरातलमा विकास हुने विषय हो । जसको लागि विभिन्न समुदायमा विद्यमान अग्रदस्ताको मापण गरि देशको साँझा अग्रदस्ता निर्माण गर्नु हो । अर्थात वर्गीय निष्ठा र अग्रदस्ताको मान्यता भित्र रहि विभिन्न असमान समुदायको बिच बाट सोही अनुपातमा अग्रज प्रतिनिधिको छनौट सहित संगठन निर्माण गर्नु आजको सहि निचोड हो ।
    अग्रगामी आन्दोलनको नेतृत्व कर्ता पार्टी संगठनलाई मान्दछौं भन्ने अग्रगामी चेतनाको भुमिकाले मात्र पुग्दैन । त्यसमा अरुको  सहभागिता अर्थात सबैको अपनत्व पनि त्यतिकै जरुरी हुन्छ । कुनैपनि समाजको अग्रगामी आन्दोलनको सफलता सबैको सक्रिय सहभागिता बिना संम्भव छैन । सक्रियताको सम्बन्ध समानता सँग पनि जोडिएको हुन्छ अर्थात समानताको अनुभुति बिना सक्रियता सम्भव छैन । यसर्थ संगठनमा जुन स्तरको समानता र सहभागिता सुनिश्चित हुन्छ, त्यही स्तरको एकता र केन्द्रियता निर्माण हुने कुरा पक्का छ । त्यसैले सहभागिताको नाउँमा सिर्फ कार्यक्रममा सामेल गर्ने वा पार्टी नेतृत्व चयनमा मतदाताको भूमिकामा मात्र सिमित गर्ने तरिकाले होइन, बिचार, संगठन, योजना र मुख्यतः नेतृत्व तहमै समान सहभागिता सुनिश्चित गर्ने विधि तय गर्न जरुरी छ । हामी हेरी राखेकाछौ, जब हामी राज्यमा समानुपातिक प्रतिनिधित्वका कुरा ग¥यौ । आर्दशवादीहरुले यसमा आपति प्रकट गर्दै भन्यो, “राज्यको नेतृत्व सबै भन्दा सक्षम र योग्य व्यक्तिले पाउनु पर्छ र यसको लागि समानुपातिक सेन्डीकेट होइन समान अर्थात खुल्ला प्रतिस्पर्धाको छनौट प्रणाली जरुरी छ अनि मात्र देशको तिब्र विकास सम्भव छ”। अर्का तिर हामी एतिहासिक भौतिकवादी भन्यौ, “हिजो विभिन्न कारणले थिचिएका वा पछाडिपारिएका समुदायलाई समान हैसियतमा एकताबद्ध गर्दै त्यस भित्रका योग्य र सक्षम नेतृत्व छनौट गर्ने प्रणाली अर्थात समानुपातिक प्रणाली मार्फत देशलाई अझ एकताबद्ध पार्दै सबैको सक्रिय सहभागिता मार्फत तीब्र विकास गर्ने कुरा ग¥यो”। यसरी अग्रगामी सक्रिय सहभागिताको प्रश्नलाई पार्टी संगठनसँग जोडेर बुझ्न जरुरी छ । यदि समानुपातिक प्रतिनिधित्वको सुत्रले समाजमा रहेका विभेदलाई घटाउन र अग्रगामी विकाश गर्न मदत पु¥याउदछ भन्ने सोही समाजको जीवनत नेतृत्व गर्ने पार्टीमा यो सुत्रले फरक नपार्ने हुदैन । निश्चित रुपमा नयाँ समाज निर्माणको लागि नयाँ विचार सहितको नयाँ पार्टीको  आवश्यक्ता पर्दछ । तसर्थ समानुपातिक प्रतिनिधित्वको विधिलाई पार्टीमा तुरुन्त लागु गर्न जरुरी छ ।
         समानुपातिक सहभागितालाई एमाओवादीले पार्टी भित्र अस्वीकार गरे पनि विशेष व्यवस्थाको नाउँमा महिलाको २५ प्रतिशत प्रतिनिधित्वको व्यवस्था गरेको छ । यसलाई कसरी बुझ्ने ? पार्टी भित्र महिलाको अधिकार सुनिश्चित गर्नु सराहनीय हो तर यसको सैद्धान्तिक पुष्टि गर्न जरुरी छ । यदि हालको विशेष व्यवस्थालाई सहि मान्दछौ भन्ने के नेपाली समाजको सबै महिलाहरु समान छन ? यदि सबै महिला समान होइन अर्थात लौङ्गिक रुपमा सबै महिला उत्पीडित हुदा हुदै यसमा कोही महिला उत्पीडक जातिका र कोही उत्पीडित जातिका हुन भन्ने त्यस भित्रको प्रतिस्पर्धाले के परिणाम ल्याउँछ । महिलाको नाउँमा उही सिमित समुदायका महिलाहरु त आउने होइन भन्ने अशंकालाई कसरी कुझ्ने ? साथै महिला जस्तै चरम उत्पीडनका सिकार भएका अन्य समुदायलाई पार्टीमा कसरी जोड्ने भन्ने विषयको सहि जवाफ बिना जारी देशको अग्रगामी रुपान्तरणको प्रकृयालाई पार्टीले सहि नेतृत्व दिन सक्दैन । तसर्थ अगामी राष्ट्रिय सम्मेलनमा यस विषयमा गहिरो विचार विमर्श होस र एउटा सही निचोड निकाल्न सफल बनौ ।   धन्यवाद !




SHARE THIS

Author:

Facebook Comment