शाखा अधिकृत र सहप्रजिअका सुरक्षागार्डका हत्यारा पक्राउ

वीरगंज,
    सिमाक्षेत्रमा आतंकका परियाय बनेका नेपाल प्रहरीको मोस्टवाण्टेड सुचिमा रहेका सशस्त्र भूमिगत संगठन संयुक्त तराई जनतान्त्रिक आजाद समुहका सुटर बारा सुखिपथरा–१ निवासी छोटु भनिने रुपेश गिरीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगन्जको सिमावर्ती भारतीय सहर रक्सौलबाट नेपाल प्रवेश गर्नेक्रममा शनिबार राती सुटर गिरीलाई विषेश सूचनाको आधारमा प्रहरीले वीरगन्ज उपमहानगरपालिकाको वडा नम्बर १९ छपकैयाबाट पक्राउ गरेको हो ।
    जिल्ला प्रशासन कार्यालय पर्साका शाखा अधिकृत मोहन मैनाली र सहायक प्रजिअ बलबहादुर मल्लका सुरक्षागार्ड प्रहरी जवान अनन्तराज खड्कालाई गोली प्रहार गरी हत्या विगत ७ वर्ष देखि फरार रहेका गिरी वीरगन्जतर्फ आउँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट टोली परिचालन गरी पक्राउ गरिएको प्रहरी उपरिक्षक धिरज प्रताप सिंहले जानकारी दिनुभयो ।  
    संयुक्त तराईजनतान्त्रिक आजाद समुहका सुटर र स्पेशल टास्क फोर्सका सदस्य समेत रहेका गिरीलाई पक्राउ गर्दा शरीरमा लुकाई छिपाई राखिएको अवस्थामा एकथान सिक्सर
पेस्तोल र सोमा प्रयोग हुने दुई थान गोली समेत बरामद गरिएको उपरिक्षक सिंहले बताउनु भयो । पक्राउ परेका गिरीलाई आइतबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ ।
    प्रहरी नियन्त्रणमा रहेका गिरीले २०६५ साल असोज ३ गते शाखा अधिकृत मैनाली र सहायक प्रजिअका सुरक्षागार्ड प्रज खड्का माथि गोली प्रहार गरी हत्या गरेको बयानका क्रममा कबुल गरेको उपरिक्षक सिंहले पत्रकार सम्मेलनमा सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
    संयुक्त तराई जनतान्त्रिक आजाद समुह र नेपाल सरकार बीच भएको शान्ति वार्ता भंग भएपछि शाखा अधिकृत मैलालीको आफुले गोली प्रहार गरी हत्या गरेको गिरीले बयानमा कबोल गरेको उपरिक्षक सिंहले संचारकर्मीलाई बताउनु भयो । वार्ता भंग एकै निहुँमै सहायक प्रजिअ मल्ललाई हत्या गर्न प्रहार गरेको गोलीबाट उनका सुरक्षागार्डको मृत्यु भएको गिरीले प्रहरीलाई जानकारी दिएको उपरिक्षक सिंहले पत्रकार सम्मेलनमा बताउनुभयो ।
    त्यसै बयानका क्रममा गिरीले २०६७ साल जेष्ठ ५ गते वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव गोपाल केडिया माथि समेत गोली प्रहार गरी गम्भिर घाइते बनाएको स्विकार गरेको उपरिक्षक सिंहले जानकारी दिनुभयो । पक्राउ परेका गिरी बारा, पर्सा र रौतहटमा भएका विभिन्न अपराधिक घटनामा संलग्न भएको प्रारम्भिक अनुसंधानबाट पत्ता लागेको उपरिक्षक सिंहले जानकारी दिनुभयो । गिरीलाई हाल जिल्ला प्रहरी कार्यालय पर्सामै राखी अन्य जिल्लामा भएका अपराधिक क्रियाकलामा संलग्न रहेको बारे अनुसंधान अगाडी बढाइएको परिक्षक सिंहले बताउनुभयो ।
    विगत ७ वर्ष देखि फरार रहेका गिरी नेपालको सिमावर्ती भारतीय सहरमा रही सिमाक्षेत्रका उद्योगपति व्यापारी, कर्मचारीलाई फोन गरी धाकधम्की दिने र रकम असुली गर्दा आएको अनुसंधानबाट देखिएको प्रहरीले जनाएको छ ।
    अदालतबाट कैद समय तोकिएका वा विभिन्न अपराधमा संलग्न भई फरार रह्दै आएका जघन्य अपराध लगायत मुद्दाका फरार अभियुक्तहरुलाई पक्राउ गर्न पर्सा प्रहरीले जिल्लामा विषेश अभियान सञ्चालन गरेको छ । सञ्चालन गरिएको अभियनका क्रममा चालु आर्थिक वर्षको नौं महिनामा ५८ जना फरार अभियुक्तहरुलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

१४ वैशाख/

SHARE THIS

Author:

Facebook Comment