युनिसन इन्टर—सोलास्टिक अन्तर्गत पॉचौ दिन पनि बिधा सदन मा.बि. अग्रस्थानमा

वीरगंज २८ गते भदौं ।

           
    युनिसन इन्टर—सोलास्टिक अन्तर्गत आज पाचौ दिन मैस्कट मा.वि.को प्राङगणमा एक मिनेट हास्य प्रतियोगिता सम्पन्न भयो ।
सो प्रतियोगिता कार्यक्रम सनराइज मा. वि. को संयोजकत्वमा संचालन भएको उक्त प्रतियोगितामा समूह ए तर्फ विद्या सदन मा. वि. का पारस यादव, आमिर अन्सारी तथा कृण्ण प्रसाद गोठले क्रमश: प्रथम, दोस्रो तथा तेस्रो हुन सफल भएका छन । भने मैस्कट मा. वि. को सुजित चौरसियाले पनि संयुक्त रुपमा तेस्रो हुन सफल भएका थिए ।
त्यसै गरी समूह बी तर्फ माउण्ट हर्मन मा. वि. का सुनिता कुमारी साह प्रथम, विद्या सदन मा. वि. को साबाना खातुन दोस्रो र मनकामना मा. वि. को अर्निमा चौरसिया तेस्रो हुन सफल भएकी छिन ।
आज सम्मको नतिजामा विद्या सदन मा. वि. ले ३७ अंक सहित अग्रस्थानमा उक्लिन सफल भएको छ । भने मनकामना मा. वि. ले २९ अंकको साथमा दोस्रो स्थानमा, २१ अंकको साथमा मुनलाईट मा. वि. तेस्रो स्थानमा, १४ अंक सहित मैस्कट मा. वि. चौथो स्थानमा, ९ अंक सहित माउण्ट हर्मन मा. वि.  पाँचौ स्थानमा र ६ अंक सहित सनराइज मा. वि. छैटो स्थानमा रहेको छ ।
उक्त प्रतियोगितामा विभिन्न ६ वटा विद्यालयबाट चुनिएर आएका उत्कृष्ठ ४८ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । भने कार्यक्रमको प्रमुख अतिथि विद्या सदन मा. वि. का. प्रिन्सिपल लाल बहादुर गुरुङ हुनुहुन्थ्यो ।
 सो कार्यक्रमको सभापति मैस्कट मा. वि. का डाइरेक्टर सुश्री कविता मुखियाको सभापतित्वमा सम्पन्न भएको थियो । भने सप्ताहव्यापी कार्यक्रमको भोली अन्तिम दिन हाजिरि जवाफ प्रतियोगिता तथा लोक नृत्य प्रतियोगिता हुने कार्यक्रम रहेको छ ।
उक्त दुबै प्रतियोगिता अन्तर्गत जम्मा १२ अंकको लागि कडा प्रतिस्पर्धा विहान ११:०० बजेबाट जैन भवन आदर्शनगरमा हुनेछ । दुबै कार्यक्रमको लगतै पुरस्कार वितरण कार्यक्रम गरी यस वर्षको युनिसन इन्टर सोलास्टिक २०७० को कार्यक्रम सम्पन्न गरिने कुरा कार्यक्रम संयोजकले सञ्चारकर्मी लाई जानकारी गरउनु भयो  ।


SHARE THIS

Author:

Facebook Comment