वीरगन्ज,२८ भदौ
वीरगन्जका सिर्जनशील यूवाको समूह संस्कृतीले शुक्रबार भिस्वा टोलमा अवस्थित प्राथमिक विद्यालयका छात्रछात्रा पाठय सामाग्री वितरण गरेको छ । नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भिस्वामा अध्ययनरत पचासजना छात्रछात्रालाई संस्कृतीको संयोजनमा जनही ३१ वटा कपी, २४ वटा पेन्सिल का साथै इरेजर र सार्पनर वितरण गरिएको हो । वीरगन्ज पब्लिक कलेजका कार्यकारी निर्देशक डा। दीपक शाक्य, कादम्बरी एकेडेमीका सहप्रधानाध्यापक राकेश मिश्र, संस्कृतीका संयोजक मनिष पौडेल, भिस्वा प्रहरी चौकीका इन्चार्ज असई इन्ऽजीत राई, पत्रकार रवि दाहालले वितरण गरे ।
त्यस्तै भिस्वा यूवा क्लबका कोषाध्यक्ष उदयनारायण कुशवाहा, विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद सिंहका साथै संस्कृतीका सदस्यले छात्रछात्रालाई पाठयसामाग्री वितरण गरेका संस्कृतीका सदस्य सुरज खनालले बताए । नेपालको प्रसिद्ध सांस्कृतिक समूह कुटुम्बको सहयोमा वीरगन्जको कादम्बरी एकेडेमी र काठमाण्डौंका केही विद्यालयहरुबाट संकलन गरिएको कपी, पेन्सिलहरु भिस्वाका विद्यार्थीहरुलाई वितरण गरिएको संस्कृतीका संयोजक मनिष पौडेलले जानकारी दिए । यसैबीच नेराप्रावि भिस्वाको विद्यालय भवन पक्की भएपनि पंखा नहुादा चर्को गर्मीमा बालबालिकालाई अध्ययन गर्न ज्यादै कठिन भएपछि सहयोग स्वरुप दशवटा पंखा उपलब्ध गराइने भएको छ ।संस्कृतीको संयोजनमा आयोजित पाठयसामाग्री वितरण कार्यक्रममा कादम्बरी एकेडेमीका सहप्रधानाध्यापक राकेश मिश्र र वीरगन्ज पब्लिक कलेजका कार्यकारी निर्देशक डा। दीपक शाक्यले पााच पााचवटा पंखा उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन ।
२०४६ सालदेखि भिस्वा टोलका बालबालिकालाई समेटेर भिस्वा परिसरको खुल्ला आकाशमूनी अध्यापन गराउादै आएको यो विद्यालयको भवन २०५४ सालमा वीरगन्ज उपमहानगरपालिका कार्यालयले निर्माण गरि दिएको हो । विद्यालय भवन निर्माणका लागी उपमहानगरपालिका कार्यालयकै कर्मचारी सुमन श्रेष्ठले समेत केही जग्गा नि:शुल्करुपमा उपलब्ध गराएको प्रधानाध्यापक कृष्णप्रसाद सिंहले जानकारी दिएका छन् ।