काठमाडौं, १७ भदौ ।
मकवानपुरको गतआर्थिक बर्ष २०६९/७० को जिल्लास्तरीय बार्षिक समिक्षा गोष्ठी आजदेखि शुरु भएको छ । भोलीसम्म हुने गोष्ठीको आज चार बिषयगत समितिमध्ये तीनका ३० मध्ये २० निकायले प्रतिबेदन प्रस्तुत गरेका थिए । जसमध्ये आर्थिक बिकास समितिका १६ मध्ये छ, भौतिक पूर्बाधार बिकास समितिका आठमध्ये चार निकायले प्रतिबेदन नै बुझाएनन् ।
आर्थिक बिकासका क्षेत्रीय बिऊ बिजन प्रयोगशाला, बाख्रा बिकास फारम, राष्ट्रिय बिऊ बिजन कम्पनी, सितोष्ण बागवानी केन्द्र, बहुउद्देश्यीय प्राबिधिक शिक्षालय र मकवानपुर उद्योग बाणिज्य संघका प्रतिनिधि अनुपस्थित थिए ।
त्यस्तै, भौतिक पूर्बाधार बिकासका नेपाल बिद्युत प्राधिकरणको हेटौाडा बितरण केन्द्र र पालुङ्ग शाखा, डिभिजन सडक कार्यालय, भबन प्रबिधि, अनुसन्धान तथा तालिम केन्द्रका प्रतिनिधि अनुपस्थित भएका हुन् । तर, बन बातावरण समितिका भने सबै छ कार्यालयले प्रतिबेदन प्रस्तुत गरेका थिए ।
सामाजिक बिकास समितिका ४ सरकारी, ३४ गैरसरकारी निकाय तथा जिल्ला बिकास समितिको भने भोली प्रस्तुती रहेको जिबिसले जनाएको छ । उद्घाटन कार्यक्रम मध्यमाञ्चल क्षेत्रीय प्रशासक श्रीरञ्जन लाकौलको प्रमुख आतिथ्य तथा मकवानपुरका स्थानिय बिकास अधिकारी गोकर्णप्रसाद शर्माको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा मध्यमाञ्चल क्षेत्रीय प्रशासक लाकौलले सरकारी, गैरसरकारी निकायबिच समन्वय र सहकार्यलाई बृद्धि गर्दै परिणाममुखी काम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले अनुपस्थित भएका कार्यालयलाई लिखित स्पष्टिकरण सोध्न स्थानिय बिकास अधिकारीलाई निर्देशन दिनुभयो । सरकारी, गैरसरकारी निकाय जनताप्रति जवाफदेही हुनुपर्ने भन्दै उहााले जनताले सेवा खोज्दै कार्यालय धाउने कार्यको अन्त्य गर्दै सेवाले जनता खोज्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमहरु उपलब्धीमूलक भन्दापनि प्रभाबकारी परिणाममुखी बनाउानुपर्ने भन्दै उहााले बिकासको नेतृत्व सरकारी कार्यालयले गर्ने भएकोले सहयोग गर्न गैरसरकारी निकायलाई आग्रह गर्नुभयो । मकवानपुरको बिकट क्षेत्रका गााजा प्रभाबित क्षेत्रमा सक्दो धेरै आयमूलक कार्यक्रमपनि उहााले सरकारी, गैरसरकारी निकायलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा जिबिसका सामाजिक बिकास अधिकृत रामकृष्ण थापाले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा राजनितिक दलका तर्फबाट राप्रपा ३ नम्बर क्षेत्रीय अध्यक्ष सिताराम बर्तौलालगाएतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।