सिमाक्षेत्रमा अबैधरुपमा सन्चालीत भट्टिमा छापा ठुलो परिमाणमा कच्चापदार्थ सहित मदिरा बरामद


      आपराधिक गतिबिधीलाई निस्तेज गर्ने उदेश्यकासाथ प्रहरीले नेपाल भारत सिमाक्षेत्रमा अबैध रुपमा सन्चालीत सिम्रौनगढ क्षेत्रका घरेलु मदिरा उत्पादन गर्ने भट्टि मा छापा मारेको छ । ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराले आज अमृतगन्ज,श्रीनगर बैरिया तथा उचिडीहा गाबिसमा अबैधरुपमा सन्चालीत ६ वटा घरेलु मदिरा उत्पादन गर्ने भट्टिमा छापामारी ठुलो परीमाणमा रहेको कच्चापदार्थ तथा तयारी मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक किशोर कुमार उपाध्यायको नेतृत्वमा खटिएको प्रहरीटोलीले सिम्रौनगढ बजार,खजानीटोल र श्रीनगरमा रहेका ६ वटा अबैध मदिरा भट्टिबाट १५ सय लिटर रक्सि उत्पादनगर्ने कच्चापदार्थ तथा २ सय ५० लिटर तयारी रक्सि नियन्त्रणमा लिएर नष्ट गरेको छ । प्रहरीले घटनास्थलबाट घरेलु रक्सि उत्पादन गर्ने भाडाबर्तन नियन्त्रणमा लिनुको साथै रक्सिभट्टि तोडफोड गरेको प्रहरी निरीक्षक उपाध्यायले बताउनुभयो ।
प्रहरी घटनास्थलमा पुग्दा सम्बन्धित भट्टि पसलका सन्चालनकहरुभने फरार भएको जनाईएको छ । 

SHARE THIS

Author:

Facebook Comment