वीरगंज, १३ भाद्र/
वीरगंज उद्योग वाणिज्य संघले नेपालका लागि अमेरिकी राजदूत महामहिम पिटर डब्लु बोडीको वीरगंज भ्रमणको क्रममा संघको सभाकक्षमा एक स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपालको आर्थिक विकास र आगामी संविधान सभाको चुनाव सफल पार्ने सम्बन्धमा अमेरिकी राजदुतावासबाट गरिने सहयोगको बारेमा छलफल गरिएको थियो ।
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक कुमार वैधको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा अध्यक्ष वैधले वीरगंज एउटा आर्थिक तथा व्यापारिक नगरिको रुपमा परिचित नेपालको पुरानो शहर तथा नेपालको मुख्य प्रवेशद्वारको रुपमा रहेको, देशकै ७० प्रतिशत औद्योगिक लगानी यस क्षेत्रमा अवस्थित रहेको कुरा बताउादै यस क्षेत्रबाट कुल राजस्वको ६० प्रतिशतभन्दा बढी राजस्व संकलन हुने कुरा महामहिम राजदुतलाई जानकारी गराउनुभयो । उहााले वीउवासंघले यस क्षेत्रको आर्थिक, औद्योगिक, व्यवसायिक विकासका साथ सामाजिक उत्तरदायित्वको भूमिका समेत निर्वाह गर्दै आएको बताउनुभयो । नेपालको विकास प्रक्रियालाई तिव्र रुपले अघि बढाउने तर्फ सामुहिक सहकार्यको आवश्यकता रहेको कुरामा जोड दिनुभयो ।
कार्यक्रममा महामहिम राजदूतले नेपालको आर्थिक, सामाजिक तथा राजनीतिक पृष्ठभूमिको बारेमा प्रकाश पार्दै नेपालमा धेरै प्रगति भएको तर गरिनुपर्ने कार्य अझै बााकी रहेको, नेपालको आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको, आर्थिक विकासमा महिला सशक्तिकरणलाई समावेश गरिनुपर्ने, शिक्षाको विकास हुनुपर्ने कुरामा जोड दिनुभयो । उहााले नेपालका लागि अमेरिकी राजदूतको हैसियतले आगामी मंसीर ४ गतेको चुनावका लागि आफ्नो पहिलो प्राथमिकता स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र समावेशी चुनाव र दोस्रो जनताले चुनेका प्रतिनिधिहरुको संविधान निर्माणको कार्यलाई टुंग्याउने गहन जिम्मेवारी हुने कुरा बताए ।
छलफलको क्रममा संघका भू.पू अध्यक्ष गणेश प्रसाद लाठ, वीउवासंघका सल्लाहकार जगदीश अग्रवाल, प्रतीक दैनिकका प्रधान सम्पादक जगदीश शर्मा, संचारकर्मी रवि दाहाल, रितु अश्वानी, विवेक सिकरिया लगायतले नेपालको आर्थिक, राजनितिक विकासका लागि अमेरिकी दुतावासको भूमिका बारेमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष प्रदीप केडियाले धन्यवाद ज्ञापन गरेका थिए । सो अवसरमा संघका पदाधिकारी लगायत, नागरिक समाजका अगुवा, उद्योगी व्यवसायी तथा स्थानीय स्तरको विभिन्न संघसंस्थाका अगुवाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण वीउवासंघका मनोज उपाध्यायले गरेका थिए ।