वीरगंज उद्योग वाणिज्य संघ एवं फाउण्ड्री एशोसिएसन बंगलादेशका पदाधिकारी बीच द्विपक्षीय व्यापार बिस्तार बारे भेटघाट

वीरगंज, १४ भाद्र/
वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी एवं फाउण्ड्री एशोसिएसन, बंगलादेशका पदाधिकारी बीच द्विपक्षीय व्यापार बिस्तार बारे एक भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
फाउण्ड्री एशोसिएसन, बंगलादेशका अध्यक्ष ऐनुल हक सोहेलले नेपाल—बगंलादेश बीच रहेका विद्यमान व्यापार सम्बन्धलाई विस्तार तथा द्विराष्ट्रिय व्यापार आभिबृद्धिलाई सहज तुल्याउन आर्थिक एवं औद्योगिक गतिविधिको बारे जानकारी प्राप्त गर्नु भ्रमणको उद्देश्य रहेको कुरा मन्तव्य मार्फत् व्यक्त गर्नुभएको थियो ।
उक्त भेटघाट कार्यक्रममा अध्यक्ष वैधले विगतमा संघबाट गएको व्यापारिक भ्रमण टोलीलाई बंगलादेशका व्यापारिक संघसंस्थाहरुबाट बंगलादेशका आर्थिक तथा औद्योगिक गतिविधिहरुको बारे दिएका जानकारी तथा वहााहरुबाट गरिएका सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । उहााले नेपाल र बंगलादेश बीचका विद्यमान आर्थिक सम्भावना तथा अवसरलाई व्यापक रुपमा विस्तार गर्न द्विपक्षीय सहकार्य हुनुपर्ने विचार व्यक्त गर्नुहुादै, पर्सा/बारा क्षेत्रका आर्थिक, औद्योगिक गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो । अध्यक्ष वैधले वीउवासंघले उद्योग, व्यापारको विकास तथा निजी क्षेत्रको क्षमता अभिवृद्धिका दिशा लगायत देशको आर्थिक विकासको लागि निर्वाह गर्दै आई रहेको कार्यहरु बारे एशोसिएसनका अध्यक्षलाई जानकारी गराउनुभएको थियो ।
छलफलको अवसरमा संघका भू.पू अध्यक्ष गणेश प्रसाद लाठ, नि.अध्यक्ष अशोक कुमार टेमानी, सचिव अनिल पटवारी लगायतले बंगलादेश—नेपाल बीचको व्यापारिक सम्बन्धबारे जिज्ञासा प्रकट गरेका थिए । कार्यक्रममा फाउण्ड्री एशोसिएसन, बंगलादेशका उपाध्यक्ष अब्दुल मलेक, महासचिव ए.के.एम. यकुब सत्तार चौधरी, पर्यवेक्षक सवकत आलम, कन्सल्टेन्ट रतन कुमार सेन, संचारकर्मी ए.एच.एम. अख्तरुज्जमनको उपस्थिति रहेको थियो भने वीउवासंघको तर्फबाट संघका पदाधिकारी एवं कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।
संघका महासचिव गोपाल केडियाले संचालन गर्नुभएको कार्यक्रममा धन्यवाद ज्ञापन संघका उपाध्यक्ष सुबोध गुप्ताले गरेका थिए ।


SHARE THIS

Author:

Facebook Comment