खडेरीका कारण धानबाली सुक्न थालेपछि मध्यतराइका कृषक चिन्तित


भदौ महिना सुरुहुनासाथ पानी नपरेर खडेरी परेपछि मध्यतराईको बारा,पर्सा,रौतहटमा रोपीएको धानखेती सुकेर मर्न लागेपछि किसानहरु चिन्तित भएका छन् ।

गर्मि र खडेरी संगै बिगत दश दिन यता पानी नपरेको कारण रोपीएको धानखेत पानीको अभावमा चिरा चिरा परेको र धानको बोट पहेलो भई सुक्न लागेपछि किसानहरु प्रभाबीत भएको बारा सपहीका कृषक रामप्रसाद खनालले बताउनुभयो ।
सिंचाईको अभावमा पर्सा जिल्लामा लगाईएको धानबालीमा रोग र किराको प्रकोप देखिएको जिल्ला कृषी बिकास कार्यालय पर्साका प्राबिधीक साहायक सुरेश प्रसाद चौरसीयाले बताउनुभयो ।
मध्यतराईका बारा,पर्सा,रौतहट जिल्लाको झण्डै ५० प्रतिशत भुभागमा सिंचाईकालागी नहर र कुलोको ब्यबस्था नभएको र आकाशे पानीको भरमा धानखेती गर्दै आएका कृषकहरु चर्काे खडेरीका कारण धानको बोट मर्न लागेपछि चिन्तित भएको कृषी प्राबिधीक चौरसीयाले बताउनुभयो । 

SHARE THIS

Author:

Facebook Comment