बारा जिल्लाको कुडवा गाबिस वाडा नम्बर ८ निवासी भुवाली साहकी ७२ बर्षिया श्रीमती अनारवा साहले आज बिहान बिष सेवनगरी आत्महत्या गरेकी छन् ।
मानसिक सन्तुलन ठिक नभएकी तथा बिगत लामो समयदेखी बिरामी साहले आज बिहान तरकारीमा प्रयोग गरीने किटनाशक बिषादी मेटासीट सेवनगरी आत्महत्या गरेको परिवारका सदस्यहरुले जनाएका छन् । मृतक बृद्धाको शव पोष्टमार्टमकालागी कलैया अस्पतालमा पठाईएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्ष्ँक किशोर कुमार उपाध्यायले बताउनुभयो ।