आर.सी.एनबाट
वीरगंज २० गते श्रावण । नेपाल नेत्र ज्योति संघ पर्साको १४ औं जिल्ला सभा कार्यक्रम संघका केन्द्रिय अध्यक्ष प्रा.डा.तिर्थ प्रसाद मिश्रको प्रमुख आतिथ्यमा स्थानिय होटल सुरजमा सभा कार्यक्रम आज सम्पन्न भएको छ ।
सो जिल्ला सभा कार्यक्रमको अतिथीहरुमा संघका महासचिव श्याम कुमार पोख्रेल, केद्रिय कोषाध्यक्ष वामदेव खनाल, केन्द्रिय सदस्य द्रोण गुरागाई, केडिया ऑखा अस्पताल वीरगंजका अध्यक्ष एवं वरिष्ठ समाजसेवी हिरालाल केडिया, वरिष्ठ उद्योगपति एवम समाज सेवी बाबुलाल चाचान, भरतपुर ऑखा अस्पातालका मेडिकल डाईरेक्टर डा.कमल खड्का र प्रशासक तुलसी प्रसाद पराजुली, केडिया ऑखा अस्पताल वीरगंजका मेडिकल डाईरेक्टर डा. पदमराज विष्ठ र प्रशासक प्रकाश
वर्मा लगायतले कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
भने कार्यक्रममा संघका केन्द्रिय प्रोग्राम डाइरेक्टर शैलेस कुमार मिश्रले संघका विभिन्न कार्यक्रमहरुको प्रगति विवरण एवम कार्यक्रमका योजनाहरु बारे कार्यक्रममा जानकारी गराउनु भयो ।
त्यसैगरी पर्सा शाखाका सह कोषाध्यक्ष मदन प्रसाद गुप्ताले संघको कार्यपत्र कार्यक्रममा प्रस्तुत समेत गर्नु भएको थियो ।
उक्त संघको नयाा आजीवन सदस्यता लिने सदस्य महानुभावहरुलाई कार्यक्रममा प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
कार्यक्रमको सभापति नेपाल नेत्र ज्योति संघ पर्साका जिल्ला सभापति चिरंजिवी लाल सरावगीको सभापतित्वमा जिल्ला सभा कार्यक्रम सम्पन्न भयो । भने कार्यक्रमलाई सफल बनाउन केडिया ऑखा अस्पताल वीरगंजका कर्मचारी मनोज कुमार उपाध्याय, श्रीकान्त कानु र उतम कुमार कर्णले बिशेष सहयोग गर्नु भएको थियो ।